इटहरी । इटहरी युथ ओपन क्र्युको आयोजनामा स्काउटका विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक तथा व्यवहारिक सीप र हस्तकला क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको “स्किल ओ रामा” कार्यक्रम इटहरी २ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रम महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदन कुमार घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेशका तालिम आयुक्त सुशील राई प्रमुख अतिथि रहनुभएको थियो । साथै इटहरी उपमहानगरपालिका–२ का वडा अध्यक्ष माधब कोइराला, धरान उपमहानगरपालिका स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरे लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमका संयोजक स्काउटर ठाकुर प्रसाद पुरी रहनुभएको थियो । कार्यक्रममा हस्तकला तथा विभिन्न कौशल प्रदर्शनहरूको मुल्यांकन इटहरीका शिक्षाविद तथा हस्तकला विज्ञ हेमन्त भट्टराई र अभिनास हस्तकला धरानका प्रोप्राइटर अभिनास श्रेष्ठले गर्नुभएको थियो । उत्कृष्ट प्रदर्शन सहित  पहिलो स्थान हासिल गर्न सफल बिनायक स्काउट ट्रुप, विराटनगर , दोस्रो बाल विकास स्काउट ट्रुप, इटहरी, तेस्रो ज.डे.ज. स्काउट ट्रुप, बराहक्षेत्र, तेस्रो बिनायक स्काउट ट्रुप, विराटनगर र सान्त्वना  जनसहयोग स्काउट ट्रुप भएको हो । कार्यक्रम सफल बनाउन विद्यालय परिवारले प्रदान गरेको स्थान तथा सहभागीहरूका लागि गरिएको खाजाको व्यवस्थापनका लागि आयोजकले महेन्द्र मा.वि. परिवार प्रति विशेष धन्यवाद व्यक्त गरेको छ । साथै, पुरस्कारका लागि सहयोग गर्ने समाजसेवी दिलकुमार राईप्रति पनि आभार व्यक्त गरिएको छ । सम्पूर्ण अतिथिहरूलाई रोभर लिडर डिल्लीराज शर्माले मायाको चिनो प्रदान गर्नुभएको थियो । सोही अवसरमा महेन्द्र स्काउट ट्रुपको दोस्रो दिक्षान्त कार्यक्रम पनि सम्पन्न भएको थियो । ब्वाइज स्काउटलाई स्काउटर आकाश तामाङ तथा गल्र्स स्काउटलाई स्काउटर रबिना बस्नेतले दिक्षा प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन फणीन्द्र प्रसाद दाहालले गनृुभएको थियो ।