समाज

    Showing ४,४६१-४,४७० of ९,३९० items.
  • केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगर द्वारा बजार अनुगमनलाइ तिब्रता

    सुनसरी | मोरङको केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले बजार अनुगमनलाई तीव्रता दिनुभएको छ। यसै क्रममा असार ३ गते केराबारीको मंगलबारे बजार अनुगमन गर्नु भएको हो ।गाउँपालिका क्षेत्रमा लाग्ने विभिन्न बजार, र बजार क्षेत्रमा विभिन्न स्थानबाट आउने सब्जीहरूको अवस्थाको विषयमा जानकारी लिन अनुगमनको कार्यालाइ तीव्रताका साथ अगाडि बढाइएको  छ । गाउँपालिका उपाध्यक्ष  मगरको नेतृत्वमा गाउँपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय ,व्यवसायीह रू लगाएतको उपस्थिति रहेको कार्यले पालिकावासीलाई स्वस्थ उपभोग्य सामग्री प्रयोग गर्नमा सहयोग पुग्ने स्थानीय बताउँछन्।।बजारमा विक्री वितरण हुने तरकारी त

    • प्रकाशित मितिः असार ३, २०८२
    • ४६५ पटक पढिएको
  • रामधुनीमा खेलाडी तथा खेलकर्मीहरूसँग नगर उपप्रमुख तारा थापाको अन्तरक्रिया सम्पन्न

    सुनसरी | रामधुनी नगरपालिका उपप्रमुख तारा थापाले खेलाडी तथा खेलकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएकोे छ ।  कार्यक्रम विराट टेलिभिजनर रामधुनी नगरपालिकाको सहकार्यमा भएको अन्तरक्रिया कार्यक्रममा रामधुनी क्षेत्रमा बस्ने खेल प्रशिक्षक,  खेलाडी तथा खेलकर्मीहरूसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रमको सञ्चालन विराट टेलिभिजनका प्रबन्धक निर्देशक विकल पौडेलले गर्नुभएको थियो। नेपाल कराते महासंघका अध्यक्ष भिखन धामीले नगरपालिकाले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो।अन्तरक्रिया कार्यक्रममा  उपप्रमुख तथा 

    • प्रकाशित मितिः असार ३, २०८२
    • ४४२ पटक पढिएको
  • ताप्लेजुङस्थित हिमाली तथा पर्यटकीय बस्ती घुन्सा र फलेमा सञ्चार सेवा अवरुद्ध

    इटहरी। ताप्लेजुङस्थित हिमाली तथा पर्यटकीय बस्ती घुन्सा र फलेमा विद्युत् साथै सञ्चार सेवा अवरुद्ध बनेको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको उक्त बस्तीहरुमा एक सातायता विद्युत् र सञ्चार सेवा अवरुद्ध बनेको हो । स्थानीय घुन्सा खोला लघु जलविद्युत् आयोजनामा समस्या आएपछि घुन्सा र फले बस्तीमा विद्युत् सेवा सेवा अवरुद्ध भएको हो । फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय तेन्जिङ सेराप शेर्पाका अनुसार ३५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनामा करिब एक सातादेखि समस्या आएको छ । आयोजनाको टर्वाइनमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध बनेको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतसँगै सो

    • प्रकाशित मितिः असार ३, २०८२
    • २५६ पटक पढिएको
  • रामधुनीमा क्रिकेट प्रतियोगिता जित्ने खेलाडीलाई सम्मान

    इटहरी । रामधुनी वडा नं ५ को वडा कार्यालयले रामधुनीस्तरिय अन्तर वडा क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वडाका खेलाडीहरूलाई सम्मान गरेको छ। वडा नं। १ विरुद्ध ७ विकेटले विजय प्राप्त गरेको ५ नम्बर वडाको टिमलाइ्र्र वडाअध्यक्ष लेखनाथ बास्तोलाले सम्मान गरेका हुन् । उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले वडाले सम्मान गरेको बाँस्तोलाले बताए । खेलाडीहरूमा साइमन दाहाल, अमन कटवाल, अनुभव न्यौपाने, भुवन थापा, शिसिर भट्टराई, सन्जोग मल्लिक, आभास गेलाल, सेमनमतराज रेग्मी, गौरव चौधरी, राजेश थापा, अंकित गुरागाईं, निर्जल खतिवडा, भुपाल लुइटेल, सन्दिप कार्की, कृष शाह र प्रसान्त ने

    • प्रकाशित मितिः असार ३, २०८२
    • ३५६ पटक पढिएको
  • इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रेम सापकोटा चयन

    इटहरी ।  इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको तेस्रो अधिवेशनको अध्यक्षमा प्रेम सापकोटा चयन भएको छ। उपाध्यक्षमा दिव्या भट्टराई, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल, कोषाध्यक्षमा कमला बाँस्कोटा रिजाल चयन हुन्। सदस्यहरूमा सुशिला सापकोटा, देवेन्द्र शंकर, शारदा उप्रेती पराजुली, उमेशचन्द्र महत, खेमसागर खनाल, दिनेश श्रेष्ठ, गणेश घिमिरे, तथा सिर्जना श्रेष्ठ रहेका छन्। कार्यक्रममा प्रमुख अतिथिको रूपमा केचना कञ्चनजंघा पर्यटन प्रवर्द्धन समितिका कार्यकारी प्रमुख केशव धौरालीको उपस्थिति रह्यो। प्रमुख अतिथि धौरालीले इलाम क्षेत्रको अपार पर्यटकीय सम्भावना औंल्याउँदै स्थानीय तह, सरोकारवाला निकाय र स

    • प्रकाशित मितिः असार ३, २०८२
    • २१९ पटक पढिएको
  • २१ सय किलो गाँजासहित इटहरीबाट तीन जना पक्राउ

    इटहरी । सुनसरीको इटहरीबाट ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा मङ्गलवार बिहानको राती  १ः३० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको मिनी ट्रक जाँच गर्दा दुई हजार एकसय किलो गाँजा फेला पारेको हो। ना।५ ख।६११६ नम्बरको सेतो मिनी ट्रकलाई इटहरी उपमहानगरपालिका–२० तरहराको जङ्गल नजिक कोशी लोक मार्गमा शङ्का लागेर जाँच गरिएको थियो। चेकजाँचका क्रममा ट्रकमा राखिएका ४८ बोरा बन्दाकोबी र १२ बोरा आलुको बिचमा लुकाएर राखिएको अवस्थामा ७० बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ। उक्त गाँजासहित ट्रक चालक धनकुटा सहिद भूमि गाउ

    • प्रकाशित मितिः असार ३, २०८२
    • २९९ पटक पढिएको
  • मोरङको पथरीशनिश्चरे र कानेपोखरीमा नयाँ प्रशासनिक भवन निर्माण सुरु

    इटहरी। लामो समयको प्रतिक्षापछि मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले प्रशासनिक भवन पाउने भएका छन् । दुबै पालिकाको प्रशासनिक भवन नयाँ स्थानमा बन्ने प्रक्रिया सुरु भएको हो । पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन वडा नंं १० को शिविर डाँडाका निर्माण सुरु भएको छ भने कानेपोखरी गाउँपालिका– ५ को भौंसावारीमा बनाउनका लागि सङ्घीय सरकारले स्रोत सुनिश्चित गरेको छ । हाल पथरीशनिश्चरेले वडा नंं १ को पथरी बजारबाट सेवा दिइरहेको छ भने कानेपोखरीको प्रशासनिक सेवा वडा नं।६ को रमाइलो बजारमा वडा नंं ५ को भौंसावारीस्थित साविकको वडा कार्यालयबाट सञ्चालन भइरहेको छ ।   राज्य पुनर्संरचनापछि पथरी

    • प्रकाशित मितिः असार ३, २०८२
    • २२२ पटक पढिएको
  • तीस वर्षदेखि बेपत्ता भएकाहरुको परिवार प्रतीक्षामा

    इटहरी । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएका नागरिकको अवस्था अझै थाहा नहुँदा उनीहरूका परिवार अन्योलमा परेका छन् । सङ्खुवासभा पाँचखपन नगरपालिका–३ का अमरबहादुर कटुवाल २०५८ साल चैतमा बेपत्ता हुनुभयो । यस्तै पाँचखपन नगरपालिका–७ का पदमबहादुर दर्जी २०५२ सालमा गाउँबाटै बेपत्ता हुनुभयो । उहाँको खोजीका लागि परिवारले विभिन्न निकायमा धाउँदा पनि कुनै जानकारी फेला परेको छैन । बेपत्ता दर्जीका छोरा विष्णु दर्जी अहिले २८ वर्षको भइसक्नुभयो । पाँचखपनकै अर्का अम्बरबहादुर कालिकोटे पनि करिब ३० वर्षदेखि बेपत्ता हुनुहुन्छ । घरमा केही नबताई बाहिर निस्किनुभएका अम्बरबहादुर फर्केर नआउँदा परिवार पीडामा छन् ।उहा

    • प्रकाशित मितिः असार ३, २०८२
    • २०७ पटक पढिएको
  • छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै इलामको सूर्योदय नगरपालिका

    इटहरी । इलामको सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ । नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित करफोक बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्न सोमबार छात्रवृत्ति सम्झौता गरेको हो । सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन पौडेलका अनुसार वडाबाट सिफारिस भएका ३२ जना छोरीबुहारीसँग औपचारिक सम्झौता भइसकेको छ । प्रत्येक विद्यार्थीका लागि रु ३२ हज

    • प्रकाशित मितिः असार ३, २०८२
    • ११२ पटक पढिएको
  • बाख्रा चोरी गर्दैगर्दा खुकुरी प्रहार, एकको मृत्यु

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका २ शिवनगरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । बाख्रा चोरी गर्न आएका तीन जनाको समूहमाथि रामधुनी–२ का स्थानीय सन्तोष चौधरीले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रामधुनी ४ का बाख्रा चोर राकेश चौधरी रहेको इलाका प्रहरी कार्यालय झुम्काका प्रहरी निरीक्षक सुजन मुदेलले जानकारी दिनुभयो । प्रहरी निरीक्षक मुदेलका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको विराटनरमा पोष्टमार्टम गरिएको छ भने खुकुरी प्रहार गर्ने सन्तोषलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले बताउनुभयो । 

    • प्रकाशित मितिः असार ३, २०८२
    • १७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]