सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित जनता माध्यमिक विद्यालयमा आज चक्रघट्टी जेसिजद्वारा आयोजित जेसिज सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका–११ का वडा अध्यक्ष श्री कृष्णकुमार महतो रहनु भएको थियो। कार्यक्रमको संयोजन जेसी अस्वन यादवले गर्नुभएको थियो भने अध्यक्षता चक्रघट्टी जेसिजका अध्यक्ष जेसी महेश घिमिरेले गर्नुभएको थियो।

उक्त अवसरमा विद्यालयका ५८ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। जेसिज सप्ताहअन्तर्गत सञ्चालन हुने सप्तारुपी कार्यक्रमका मूल संयोजक चक्रघट्टी जेसिजका कार्यकारी उपाध्यक्ष जेसी गोविन्द शाह रहेका छन्।