समाज

    Showing ४,५२१-४,५३० of ९,३९० items.
  • ताप्लेजुङमा पहिलो पटक १७ जना वेभ डेभ्लपर दीक्षित

    इटहरी। ताप्लेजुङमा पहिलो पटक १७ जना वेभ डेभ्लपर दीक्षित भएका छन् । आइटी एकेडेमीले शुक्रबार दीक्षान्त समारोहको आयोजना गरी डेभ्लोपरलाई प्रमाणपत्र वितरण गरेको हो । दीक्षान्त समारोहमा तालिम अवधिमा विद्यार्थीले निर्माण गरेको चारवटा वेबसाइट सार्वजनिक गरिएको छ । जिल्लामा रहेको व्यवसायी तथा सङ्घ संस्थाको कम्पनीको प्रोजेक्ट लिएर सफलतापूर्वक निर्माण गरी वेबसाइट सार्वजनिक गरिएको आइटी एकेडेमीका हेड अफ एकेडेमी बसन्त लिम्बुले बनाउनुभयो । उहाँका अनुसार सन् २०२५ को जनवरीबाट सुरु गरिएको ६ महिने कोर्षबाट १७ जना विद्यार्थीलाई फुल स्ट्याक डेभ्लोपर बनाइएको छ । एकेडेमीले गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउन्डेसन

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • २११ पटक पढिएको
  • इटहरीमा सम्पन्न भयो अल अरोमाको प्रोफेशनल ब्यूटी एण्ड हेयर मास्टर क्लास — तीन नयाँ उत्पादन सार्वजनिक

    इटहरी | सौन्दर्य व्यवसायमा नवीनता, दक्षता र व्यावसायिक क्षमताको विकासलाई लक्ष्य बनाई अल अरोमाले इटहरीस्थित त्रियुगा होटलमा एक भव्य प्रोफेशनल ब्यूटी एण्ड हेयर मास्टर क्लास आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन अल अरोमा नेपालका नेशनल सेल्स म्यानेजर श्री जगन्नाथ चिमरियाको अध्यक्षतामा सम्पन्न भएको थियो।उक्त कार्यक्रम कोशी प्रदेशभरिका विभिन्न क्षेत्रबाट सहभागी भएका ३०० भन्दा बढी ब्युटिसियन महिलाहरूको उपस्थितिमा अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भयो। मास्टर क्लासको मुख्य आकर्षण रहिन् — भारत, कोलकाताबाट आउनुभएकी अनुभवी हेयर टेक्निसियन मोनालिसा रोय बेनर्जी, जसले सहभागीहरूलाई हेयर केयर, स्टाइलिङ र आधु

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ९१९ पटक पढिएको
  • नेपाल तामाङ संघ कोशी प्रदेश प्रथम अधिवेशनबाट सुबास मोक्तान निर्वाचित

    इटहरी | नेपाल तामाङ संघ कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा सुबास मोक्तान सहित निर्वाचित २८ जनाको नयाँ कार्यसमिति  सर्वसम्मतिले चयन भएको छ ।नेपाल तामाङ संघ कोशी प्रदेश संयोजक सुबास तामाङ मोक्तानको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका  महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियोे । स्वागत मन्तव्य नेपाल तामाङ संघ सुनसरी जिल्ला सभापति मनोज तामाङले राख्नु भएको थियोे ।अधिवेशन विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा सामुदायिक एकताको सन्देशका साथ सम्पन्न भयो।सांस्कृतिक कार्यक्रम अन्तर्गत तामाङ सेलो, ढोले नाच, र परम्परागत पहिरनको प्रदर्शनीले कार्यक्रममा विशेष आकर्षण थपेको थि

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ४१३ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई बाँसको बिरुवा वितरण

    इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोग्रस्त क्षेत्रमा बाँसको बिरुवा वितरण गरिएको छ । पहिरोग्रस्त क्षेत्र वडा नम्बर ३ र ४ साँघुमा गाउँपालिकाले ‘मोसो’ प्रजातिको बाँसको बिरुवा वितरण गरेको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पहिरोग्रस्त क्षेत्रमा पहिरो नियन्त्रण गर्न अर्थात भू–क्षय रोक्ने साथै पर्यावरण जोगाउने उद्देश्यले बाँसको बिरुवा वितरण गरिएको हो । बाँस रोप्दा भू–क्षय रोक्नमा सहयोग पुग्ने पाइएपछि पहिरोग्रस्त क्षेत्रका स्थानीय बासिन्दालाई बाँसको बिरुवा वितरण गरेको अध्यक्ष वनेमले बताउनुभयो । पहिरो गइरहने क्षेत्रमा मोसो प्रजातिको बाँस रोप्नाले अन्य बोट, बिरुवा वा वनस्पतिक

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • २०९ पटक पढिएको
  • धनकुटाको महालक्ष्मी नगरपालिकामा मासुको हड्डी अड्किएर वृद्धाको मृत्यु

    इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–९, स्थित मुर्तिढुङ्गामा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक वृद्धको मृत्यु भएको छ । मासु खाने क्रममा हड्डी अड्किदा ७८ वर्षीय प्रेमबहादुर लिम्बुको मृत्यु भएको हो । यही जेठ २१ गते राति घरमा मासु खाँदा हड्डी अड्किएको थियो । घाँटीमा मासुको हड्डी अड्किएपछि लिम्बुलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । शुक्रबार राति उपचारका क्रममा विराट टिचिङ अस्पतालमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । प्रहरी प्रवक्ता डीएसपी खनालका अनुसार उपचारको क्रममा शुक्रबार राति करिब&nbs

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • १७९ पटक पढिएको
  • त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालय खारेज, तर नियन्त्रणको काम यथावत् रहने

    इटहरी  । सरकारले सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको बेलका नगरपालिका–१ स्थित आमवासीमा रहेको त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालय खारेजी गरेको छ । त्रियुगा नदी नियन्त्रणको सम्पूर्ण काम सम्पन्न गर्ने गरी २०७० सालमा उक्त आयोजना कार्यालय स्थापना गरिएको थियो तर आर्थिक वर्ष २०८२र८३ देखि लागु हुने गरी केही दिनपहिले नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयले उक्त आयोजना खारेजी गरेको छ । कार्यालय खारेज भए पनि नदी नियन्त्रणको काम भने पूर्ववत् रूपमा अगाडि बढाइने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । झन्डै आठ अर्बको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भए

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • २८८ पटक पढिएको
  • सोलुखुम्बुका चार जना सगरमाथा आरोही सम्मानित

    इटहरी । सोलुखुम्बुका तर्फबाट सगरमाथा आरोहण गर्ने चार जनालाई सम्मान गरिएको छ । यस वर्षको आरोहण सिजनमा सफलतापूर्वक आरोहण गरेका पेम्बा शेर्पा, मिलन खलिङ राई, दाजाङबु शेर्पा तथा कुन्साङ छोपेल शेर्पालाई सम्मान पत्रसहित मञ्चले बधाई ज्ञापन गरिएको छ । नेकपा एमाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले आरोहीहरुलाई सम्मान गर्नुभएको हो । रक्षा मन्त्री राईले सोलुखुम्बु जिल्लाको सामान्य परिवारमा जन्मेर पनि सगरमाथा आरोहणको यात्रामा निस्कने साहसिक निर्णय लिने मनहरुप्रति उच्च सम्मान रहेको बताउनुभयो । सगरमाथा आरोहण गर्न धेरै पैसा चाहिने भए पनि मध्यम प

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • २१५ पटक पढिएको
  • अरुण गाउँपालिकामा विद्यार्थी सिकाइ मेला सम्पन्न

    भोजपुर । शिक्षालाई उज्यालो भविष्यको आधार मानेर अरुण गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको "विद्यार्थी सिकाइ मेला २०८२" वडानं. ३ स्थित शारदा मा. बिको सभालमा भव्य रूपमा सम्पन्न भएको छ। आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता र प्रतिभाको प्रस्तुतीकरणका लागि आयोजित यो कार्यक्रमले स्थानीय शिक्षा क्षेत्रमा नविन उत्साह ल्याएको छ।कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडाध्यक्ष कुमार कार्कीले गर्नु भएको थियो । प्रमुख अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष  विनिता ढकाल र प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीको उपस्थितिमा कार्यक्रम भएको  थियो।सिकाइ मेलाले विद्यार्थीहरूलाई सिर्जनात्मक

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ४५० पटक पढिएको
  • सुन्दरहरैचामा अचरा खड्की बनाउने तालिम सम्पन्न

    इटहरी । सुन्दरहरैचा नगरपालिकामा थारु महिला सभा सुन्दरहरैचाको आयोजनामा मागमा आधारित अचरा खड्की बनाउने तालिम सम्पन्न भएको छ । थारु समुदायमा प्रचलित परम्परागत पहिरन, अचरा र खड्की जस्ता संस्कृति झल्काउने सामग्रीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम ३५ दिनसम्म सञ्चालन भएको थियो । तालिमको समापन कार्यक्रममा थारु महिला सभा अध्यक्ष दुर्गा चौधरीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रुपमा नगरप्रमुख केदारप्रसाद गुरागाईं र विशिष्ट अतिथिका रुपमा नगर उपप्रमुख अकली चौधरीको उपस्थिति रहेको थियो ।  २४ जना सहभागीले प्रशिक्षण लिएको कार्यक्रममा  लक्ष्मी कुमार थारुले प्रशिक्षकक

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • ३५८ पटक पढिएको
  • इटहरी–६ मा आयोजित बाल मेला तथा प्रतिभा प्रस्फुटन कार्यक्रममा बालबालिकाको उत्साहजनक प्रस्तुति

    इटहरी । इटहरी उपमहानगरपालिका–६ मा आयोजित ‘बाल मेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम’मा विभिन्न विद्यालय र बाल क्लबमा आवद्ध बालबालिकाले विविध प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । कार्यक्रम शुक्रबार वडा कार्यालयको आयोजनामा सम्पन्न भएको हो । बालमैत्री नगर घोषणाको तयारीस्वरूप आयोजित कार्यक्रममा १० वटा विद्यालयका बालबालिकाले नृत्य, कविता, गजल र वाद्यवादन जस्ता कला प्रस्तुति गरेका थिए । प्रतिभा प्रदर्शन गर्ने बालबालिकालाई प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदान गरिएको वडा कार्यालयले जनाएकोे छ । कार्यक्रमका संयोजक तथा युवा स्रोत विकास तथा तालिम केन्द्रका निर्देशक निराजन खडकाले वडाभित्र

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • २२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]