बराहक्षेत्र । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, वराहक्षेत्र चक्रघट्टी शाखाद्वारा आयोजित कर्पोरेट संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत बिहीबार  बराहक्षेत्र नगरपालिका–८ दोभानस्थित सुनसरी रामधुनी आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका–८ का वडा अध्यक्ष रोशन खड्का रहनुभएको थियो । कार्यक्रममा शाखा प्रमुख प्रकाश गिरि, बैंकका प्रतिनिधि तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूलाई माला लगाएर स्वागत गरिएको थियो ।

शाखा प्रमुख गिरिका अनुसार, समुदायप्रतिको सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो सुइटर र टोपी वितरण गरेको हो । उनले बैंकले आगामी दिनमा पनि सामाजिक क्षेत्रका यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।