समाज

    Showing ४,७७१-४,७८० of ९,३९७ items.
  • रामधुनीमा प्रमुख र उपप्रमुखसँग सरोकारवालाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रामधुनी | सुनसरीको रामधुनी नगरपालिकामा प्रमुख तथा उपप्रमुखसँग स्थानीय सरोकारवालाहरूको सहभागितामा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नगर विकास, सेवा प्रवाह, सांस्कृतिक सम्पदा संरक्षण र स्थानीय समस्याहरू समाधानका विषयमा केन्द्रित यो कार्यक्रम कोशी मिडिया नेटवर्क, इटहरीको आयोजनामा तथा रामधुनी नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।कार्यक्रमको मुख्य उद्देश्य नगर भित्र भइरहेका विकासका कामहरू, नागरिकको पहुँच, सेवा प्रवाहको गुणस्तर, स्थानीय तहसँग जनताको अपेक्षा, समस्या समाधानका सम्भाव्यता तथा भावी योजनाबारे गहिरो छलफल गरिएको थियोे ।कार्यक्रममा रामधुनी नगरपालिका उपप्रमुख तारा थापा प्रमुख

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ३१४ पटक पढिएको
  • धनकुटामा उभौली साकेला केलाङ साँस्कृतिक चाड

    इटहरी । धनकुटामा किराती समुदायले दोस्रो महत्वपूर्ण चाड उभौली साकेला केलाङ साँस्कृतिक उत्सव धुमधामका साथ मनाएका छन् । किराती समुदायले धनकुटाका विभिन्न ठाउँमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी उभौली साकेला केलाङ साँस्कृतिक पर्व धुमधामका साथ मनाएका हुन् । यस्तै साँगुरीगढी गाउँपालिका–१, स्थित लावरबोटे रहेको साकेला केलाङ पार्क र सहिदभूमि गाउँपालिका– १ स्थित गोपालपुरमा बिभिन्न कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रममा साकेला केलाङ नृत्य प्रतियोगिताको आयोजना समेत गरीएको थियो । जसमा छिमेकी जिल्लाबाट समेत नृत्य प्रतियोगितामा सहभागि हुन आएका थिए । साकेला बैशाख पूर्णिमा देखी एक महिना भरी मनाउने गरेको

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • २९८ पटक पढिएको
  • तेह्रथुमको आठराई गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति वितरण

    इटहरी । तेह्रथुमको आठराई गाउँपालिकाले ‘दलित विद्यार्थी उच्च शिक्षा प्रोत्साहन तथा क्षमता विकास कार्यक्रम’ अन्तर्गत उच्च शिक्षा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अनुसार पालिकाले दलित विद्यार्थीहरूको शैक्षिक उन्नयन र क्षमता अभिवृद्धिलाई लक्षित गर्दै उच्च शिक्षा छात्रवृत्ति वितरण गरेको हो । गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न तहमा अध्ययनरत दलित विद्यार्थीलाई आर्थिक अवस्था, शैक्षिक प्रगति र आवश्यकताका आधारमा छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष पाहिमले दलित समुदायको शैक्षिक सशक्तीकरण

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ३४५ पटक पढिएको
  • नेपाल महिला सङ्घ सुनसरी–१ मा क्रियाशील सदस्यता फारम संकलन सम्पन्न

    इटहरी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला सङ्घ क्षेत्र नं. १, सुनसरी अन्तर्गत रहेका सबै वडाहरूमा क्रियाशील सदस्यता फारम संकलनको कार्य सम्पन्न भएको छ । महिला सङ्घ क्षेत्र नं. १ की सभापति नेत्रकुमारी राईको समन्वयमा सम्पूर्ण वडास्तरमा कार्यरत महिला नेतृहरूको सहभागिता सुनिश्चित गरिँदै फारम संकलन गरिएको हो । फारमहरू नेपाल महिला सङ्घ जिल्ला समिति, सुनसरीमा औपचारिक रूपमा बुझाइएको छ । सो क्रममा महिला सङ्घ प्रदेश सभापति निर्मला नेपाल शर्माले महिलाहरूको सक्रियता र सहभागिता पार्टीको मेरुदण्ड हो भन्ने धारणा व्यक्त गर्दै, क्रियाशील सदस्यता वितरण कार्यले आउँदा दिनहरूमा संगठनभित्र नयाँ उर्जा भर्ने विश

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ३१२ पटक पढिएको
  • प्रगतिशील लेखक संघलाई ४५ लाख बराबरको जग्गा दान

    इटहरी । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका पूर्व प्रमुख धरणीप्रसाद गौतमले प्रगतिशील लेखक संघलाई करिब ४५ लाख रुपियाँ मूल्य पर्ने आठ आना जग्गा दाान गर्नुभएको छ । गौतमले इलाम नगरपालिका–९ फुलगाच्छीमा रहेको जग्गा दिनुुभएको हो । नेपालको राजनीतिक इतिहासमा २००७ साल देखिनै महत्वपूर्ण योगदान दिएको पुरानो संस्था प्रगतिशील लेखक संघलाई भविष्य सम्म जीवित राख्न यो जग्गा निःशुल्क दिएको गौतमले बताउनुुभयो । गौतमले संघको जिल्ला कार्यालयका लागि निःशुुल्क एउटा कोठा, सोफा सेट र दराज समेत प्रदान गर्नुभएको छ । 

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • २४३ पटक पढिएको
  • सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा विद्युत् पुग्यो

    इटहरी । हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । आज खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पुर्‍याउने तयारी भइरहेको जानकारी दिए । यसैबीच विद्युत् प्राधिकरण सङ्खुवासभाले महसुल नतिर्ने ५४२ उपभोक्ताबाट ५९ लाख रुपैयाँ बक्यौता असुल गरेको जनाएको छ । सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा महसुल नतिर्ने उपभोक्ताको विद्युत् काट्ने अभियान सञ्चालन गरेपछि १० महिनाको अवधिमा उक्त रकम सङ्कलन गर्न सफल भएको खाँदबारी वितरण केन्द्रका प्रमुख

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • २४१ पटक पढिएको
  • प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन सुरु

    इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् । बाँसजन्य सामग्री प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको मुख्य आयोजनामा गत फागुनमा तीनदिने दिक्तेल बजारमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको थियो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा गत फागुन १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय सम्मेलनमा देशभरिका बाँस उद्यमी तथा बाँससँग सम्बन्

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • २३५ पटक पढिएको
  • लैङ्गिक समानताप्रति राजनीतिक पार्टीहरू अझै कमजोर : डा. कोइराला

    इटहरी। नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले संविधानमा लैङ्गिक समानताको विषयमा स्पष्ट रूपमा उल्लेख गरेको भएपनि पार्टीहरु नै कार्यान्वयनको पक्षमा कमजोर रहेको बताउनुभएको छ । मङ्गलवार जिपि कोइराला लेवर फाउन्डेसनले विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताको प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो । मानिसमा भएको अहमताका कारण समानताको विषयले सार्थक रूप लिन नसकिरहेको उहाँले बताउनुभयो । नेता कोइरालाले लैङ्गिक समानताका सन्दर्भमा ट्रेड युनियनहरूले गरेको भूमिकाको प्रशंसा समेत गर्नुभयो । महिला र पुरुषले समान काम गरे पनि खास गरी अनौपचारिक क्षेत्रहरूमा समान पारिश्रमिक समेत नपाउने

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • २७५ पटक पढिएको
  • खुम्बु पासाङल्हामु गाउँपालिकाले उठायो १५ करोड बढी राजश्व

    इटहरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत हालसम्म १५ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पर्यटन शुल्क बापत १५ करोड १३ लाख ८० हजार रुपियाँ राजश्व सङ्कलन गरेको हो । गाउँपालिकाले गत साउनदेखि जेठ मसान्तसम्म १० महिनाको अवधिमा १४ करोड बढी राजश्व सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १ देखि हालसम्म ११ दिनमा ५२ लाख ७० हजार रुपियाँ सङ्कलन भएको छ । लुक्ला शुल्क सङ्कलन केन्द्र, जोरसल्ले शुल्क सङ्कलन केन्द्र र लुक्ला हेलिप्याड गरी तीन वटा केन्द्रबाट पर्यटकहरू खुम्बु क्

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • २९९ पटक पढिएको
  • जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गरिने

    इटहरी ।  कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । विसं २०४९ वैशाख १ गते स्थापना भएर १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न गत वैशाख १ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो । पचास शय्यामा स्तरोन्नति गर्नेगरी निर्माण सुरु गरिएको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठक

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • २६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]