इटहरी । झापामा सुतिरहेको अवस्थामा सर्पले टोकेर १० वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको अर्जुनधारा नगरपालिका–११ चाम्लिङ डाँडामा सुतिरहेको अवस्थामा गएराति सर्पले टोकेर १० वर्षीय बालक अनिष राईको मृत्यु भएको हो । उनलाई ओछ्यानमै विषालु सर्पले डसेपछि चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्र र त्यसपछि बीएण्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


