इटहरी । मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कतिलाई चित्रमा उतार्नका लागि तीनदिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो । कार्यशालामा २० जना राष्ट्रिय चित्रकारको सहभागिता रहेको छ । कलाकारहरुले मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक सांस्कृति तथा किरात सस्कृतिसँग जोडिएका विभिन्न मिथक, बिम्बहरुलाई चित्रमा उतार्ने चित्रकला विभागका प्रमख सञ्जय बान्तावाले जानकारी दिनुभयो । कलाको माध्यमबाट यहाँको रैथाने संस
इटहरी । कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरिएको छ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा टावर निर्माण गरिदिन प्राधिकरण समक्ष आग्रह गरेको हो । पालिका उपाध्यक्ष डा। चित्र माबोले प्राधिकरणलाई पत्र प्रेषण गर्दै आग्रह गरेको बताउनुभएको छ । पालिकाको ८ नम्बर वडा याम्फुदिनमा अवस्थित आधार शिविरमा पर्ने नयाँझोरेनी, झण्डेडांडा, दुन्दुडाँडा, तोरोङदेन क्षेत्रमा सञ्चार सेवाको विस्तार गरी कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई सहजता
इटहरी। झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएका सामानसहित तीनवटा कन्टेनर नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका(५ मा आइतबार राति नेपाल प्रहरीले उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको हो । भारतबाट काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरका भारतीय नम्बर प्लेट भएका तीन कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, ती कन्टेनरबाट रु। ३ करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ । बरामद सामानमा ट्याक कम्बाइन हार्भेस्टरलगायत अन्य सामग्री रहेका छन् । नियन्त्र
इटहरी । पाँचथरमा महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ । फिदिम नगरपालिकाको आयोजनामा भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरूको सहकार्यमा यही जेठ ९ र १० गते पाँचथर अस्पतालमा परीक्षण शिविर सञ्चालन हुने जनाइएको छ । गत वर्ष फिदिम नगरपालिकाले सञ्चालन गरेको एचपिभी परीक्षणमा सहभागी करिब एक हजार महिलामध्ये नौ सय ८६ जनामा परिक्षण गर्दा ३७ जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण भेटिएपछि यस वर्ष थप परीक्षण तथा प्रविधिसहितको शिविर सञ्चालनको तयारी गरिएको हो । यो पटक शिविरमा भिडियो एक्स–रे, अल्ट्रासाउण्ड जस्ता सेवा पनि उपलब्ध हुने नगर प्रमुख म
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा रहेको खानेपानीको ट्युबेलको मोटरको क्वाइल जलेपछि विगत तीन दिनदेखि खानेपानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। यस समस्याका कारण इटहरीका वडा नम्बर १, १९ र २० का झण्डै ३,२०० घरधुरीमा बसोबास गर्ने १०,००० भन्दा बढी सर्वसाधारण प्रभावित भएका छन्। तरहरा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष केशर प्रधानका अनुसार खानेपानी ट्यांकीमा पानी पठाउने दुईवटा मोटरमध्ये एउटाको क्वाइल जलेपछि अर्को मोटरले पनि काम गर्न नसकेको कारण आपूर्ति ठप्प भएको हो। उनले प्राविधिकसँग समन्वय गरी क्वाइल निर्माणको काम सुरु गरिएको र चाँडै आपूर्ति पुनः सञ्चालन हुने आश्वासन दिए । उनले समस्या छि
इटहरी । प्रहरीले झापाको बिर्तामोडबाट कृषि औजार बोकेका तीनवटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार कन्टेनरमा भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको फसल काट्ने मेसिन, पराल संकलक मेसिन र तिनमा प्रयोग हुने सामान पाइएको छ । आइतबार साँझ बिर्तामोड नगरपालिकाका ५ मा चेकजाँच गर्दा भारतको नागाल्यान्डबाट काँकडभिट्टा नाका हुँदै ती सामान नेपाल ल्याइँदै गरेको पाइएको श्रेष्ठले बताए । एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनरमा तीन करोड ६१ लाख रुपैयाँबराबरको कृषि औजार भेटिएको थियो । ती कन्टेनरलाई आवश्
इटहरी । ओखलढुङ्गा जिल्ला कारागारमा क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी रहेपछि खानेपानी, वासस्थान र शौचालयको व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । २५ जनाको मात्र क्षमता रहेको कारागारमा हाल ७४ जना कैदीबन्दी रहेका छन्, जसमा ५५ जना कैदी र १९ जना थुनुवा छन् । उनीहरूमध्ये सात जना महिला कैदी रहेका छन् । जिल्ला कारागारका निमित्त जेलर लेखनाथ दाहालका अनुसार कैदीको सङ्ख्या बढेसँगै दैनिक जीवनयापनका आधारभूत आवश्यकतामा चुनौती थपिएको छ । “वासस्थान, खानेपानी र शौचालयको व्यवस्थापनमा अत्यधिक समस्या छ,” उहाँले बताउनुभयो । त्यससँगै स्वास्थ्य सेवा झनै चिन्ताजनक बनेको छ । माघ महिनादेखि कारागारमा दरबन्दी अनुसा
इटहरी । अर्जुनधारा नगरपालिकाको बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म निर्माण हुन सकेको छैन। झापा जिल्लाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुल अहिले पनि जिर्ण अवस्थामा छ, जसमा स्थानीयहरू साना सवारीसाधन जोखिम मोलेर सञ्चालन गरिरहेका छन्। स्थानीय बासिन्दा मेघराज रम्तेल भन्छन्, “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, तर दोस्रो वर्ष पनि पुल नबन्दा अब साँच्चै चिन्तित भएका छौँ।” बर्खायाममा पुलमा सवारी आवागमन बन्द हुने गरेको र खोलाको सतह नै पुलभन्दा माथि जान थालेपछि त्यसले अझै ठूलो खतरा उत्पन्न गर्ने स्थानीयको भनाइ छ।पुलको छत भासिएर खोलामा पुग
रामधुनी, सुनसरी – रामधुनी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै आवश्यक सामग्रीहरूको नियमित रूपमा वितरण गरिरहेको छ। नगरपालिकामा हाल १,००० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको विवरण अभिलेखमा रहेको छ।अपाङ्गताको प्रकृति हेरी नगरपालिकाले ह्विलचेयर, कमोड चियर, सेतो छडी, एल्बो क्रसेस, वैशाखी लगायतका सामग्रीहरू आवश्यकता अनुसार वितरण गर्दै आएको छ। सोही क्रममा रामधुनी नगरपालिका वडा नं. ९ का शंकर चौधरीलाई आधुनिक विलचेयर हस्तान्तरण गरिएको छ। wheelsear पाएपछि शंकर चौधकी श्रीमती कमल कुमारी चौधरीले बाल्टीमा दिशापिसाब गराउनुपर्ने बोकेर यताउता सार्नुपर्ने अवस्थामा नगरपालिकाले यो ह्विलचेयर दिँदा
इटहरी | उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै इटहरीमा ‘रिर्सोस एजुकेसन हब प्रा.लि’ सञ्चालनमा आएको छ । विद्यार्थीहरूलाई विदेशमा उच्च शिक्षाको अवसर, प्रक्रियागत जानकारी, भिसा मार्गदर्शन तथा पाठ्यक्रम छनोट जस्ता महत्वपूर्ण पक्षमा सशक्त परामर्श प्रदान गर्ने उद्देश्यसहित यस संस्थाले इटहरीको स्काई प्लाजाको तेस्रो तल्लाबाट सेवा सुरु गरेको हो । ‘रिर्सोस एजुकेसन हब’ ले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, जापान लगायतका देशमा उच्च शिक्षाका लागि चाहिने आवश्यक प्रक्रिया र परामर्श सेवा उपलब्ध गराउनेछ । संस्थाका सञ्चालक नरेन्द्र दंगालका अनुसार ‘रिर्सोस एजुकेसन हब’ ले इमान्दारिता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.