इटहरी । सुनसरी जिल्ला अस्पताल, ईनरुवामा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि गठन गरिएको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । तर, मृतकका आफन्तले प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् । २०८१ चैत १० गते अस्पतालमा उपचार गराइरहेकी राधा कोईरी मेहताको मृत्यु भएपछि उनका छोरा रामचन्द्र मेहताले चिकित्सकको लापरवाहीकै कारण आमाको मृत्यु भएको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गर्नुभएको थियो । उहाँले न्याय माग गर्दै अस्पताल प्रशासनसँग कडा कारबाहीको माग गर्नुभएको थियो । यसपछि अस्पतालले घटनाबारे छानबिन गर्न समिति गठन गर्दै घटनाको समयमा खिचिएको सिसीटिभी फुटेज अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने
इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले शैक्षिक सत्र –२०८२ का छात्र छात्राहरूका लागि बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । शुक्रबार सिन भिलेज पार्टी प्यालेसमा सो विद्यालयले शैक्षिक सत्र २०८२ को कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले पथरी शनिश्चरे नगरमा एक अब्बल दर्जाका विद्यालयको रूपमा स्थापित भइसकेको भन्दै यस विद्यालयले गत शैक्षिक वर्ष २०८१ मा नगरमै उत्कृष्ट नतिजा हासिल
इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिक्लाजुङ गाउँपालिका वडा नं. २ साखा कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नैन राईलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष राईसँगै अगम राई उपाध्यक्ष, भक्त गजमेर सचिव, बिसाल सेडेम र दिलकुमारी राई उपसचिवमा चयन हुनुभएको छ । यस्तै, अधिवेशनले विभिन्न जिम्मेवारीमा अन्य सदस्यहरूलाई समेत चयन गरेको छ । नव निर्वाचित कमिटीलाई शुभकामना तथा बधाई व्यक्त गर्दै सहभागी नेताहरूले पार्टी संगठनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको प्रदेश कमिटी सदस्य रामकृष्ण राइले बताउनुभयो । अधिवेशनमा अध्यक्ष मण्डल सहित पार्टीका नेता, कार्यकर्ता तथ
इटहरी । थारु कल्याणकारिणी सभा, रामधुनी नगर समितिको आयोजनामा रामधुनी नगरपालिकाको झुम्कामा पहिलो रामधुनी फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव जेष्ठ ९ गतेदेखि सुरु भई जेष्ठ २४ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय जातजातीको मौलिक संस्कृति, परम्परा र खानपानलाई संरक्षण तथा प्रवद्र्धन गर्न फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सव गर्ने थारु कल्याणकारिणी सभा, रामधुनी नगर समितिले जानकारी दिएको छ । महोत्सवमा करिब २० वटा स्टलहरू राखिनेछन्, जसमा थारु समुदायका परम्परागत परिकार, पुराना औजार, भेषभूषा लगायतका सामाग्रीहरूको प्रदर्शनी गरिनेछ । प्रत्येक दिन साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–७, मधुमल्ला बजारमा आज ३२ औँ मदन–आश्रित स्मृति दिवसको अवसर पारेर खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रिटर्नी फेडेरेसन नेपालले आयोजना गरेको उक्त कार्यक्रम जेठ ३ गते शनिबार बिहान ७ बजेबाट १० बजेसम्म सञ्चालन गरिएको थियो । कार्यक्रम मधुमल्ला बजारस्थित जेष्ठ नागरिक चौतारोमा सम्पन्न भएको हो । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल, बिराटनगरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा कोसी प्रदेश इञ्चार्ज धर्मेन्द्र खड्का प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा सुमन नेम्बाङको उपस्थिति रहेको थियो ।
इटहरी । राष्ट्रिय युवा संघ नेपाल, देउमाई नगर कमिटी इलामले देउमाई नगरपालिकाका एक अति विपन्न परिवारका लागि नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ। देउमाई नगरपालिका–३ निवासी तेजबहादुर राईको लागि निर्माण गरिएको घर शनिबार एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको हो। कार्यक्रम राष्ट्रिय युवा संघका अध्यक्ष विशाल राईको अध्यक्षता र देउमाई नगरपालिकाका प्रमुख सूर्य प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा संघका प्रतिनिधि गणेश रिजालले अन्य अति विपन्न परिवारका लागि पनि यस्ता आवास निर्माण कार्यक्रम विस्तार गरिने जानकारी दिए। यो कार्यक्रम देउमाई नगरपालिका क्षेत्रभित्रका अति विपन्न नागरिकहरू
इटहरी । देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी ३२ औं मदन आश्रित स्मृति दिवस धनकुटामा पनि मनाइएको छ । शनिबार नेकपा एमाले धनकुटाले स्व।मदन भण्डारीको सालिकमा माला अर्पण कार्यक्रमको आयोजना गरी मदन आश्रित दिवस मनाएको हो । सो अवसरमा धनकुटा नगरपालिका–७, स्थित मदन चोकमा रहेको स्व। मदन भण्डारीको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा एमाले धनकुटा अध्यक्ष शिव आङ्ला, एमाले केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री राजेन्द्रकुमार राई, प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई, पूर्व सांसद गोपाल गुरागाईलगायतले सालिकमा माल्यार्पण गर्नुभएको थियो । एमाले धनकुटाले जनताको बहुदलीय जनवादका प
मिक्लाजुङ गाउँपालिका रोजगार शाखाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुन एकीकरण रेमि परियोजना अन्तर्गत डिजिटल पाश्वचित्र हस्तान्तरण तथा अध्यावधिक सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष बबी कुमार राईले गर्नु भएको थियो । सो अवसरमा डिजिटल पाश्र्व चित्र हस्तान्तरण गरिएको हो । कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएपछि नेपाल मै उद्यमशिलता, रोजगार सिर्जना, तथा जीवनस्तर उकास्न सकिने सम्भावनाबारे जनप्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुखहरू वडा सचिवहरू, साथै वै
इटहरीको मकालु इङ्लिस बोर्डिङ स्कुल इटहरी ५ सुनसरी को २०८२ को लागि स्कुल क्याप्टेन र स्कुल भी क्याप्टेन तथा होम क्याप्टेन लगायतका नेतृत्व चयनका लागी चुनाव भएको छ । कक्षा ४ देखि कक्षा १० सम्मै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मकालु इङ्लिस बोर्डिङ स्कुल इटहरीमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिकसत्र २०८२ का लागि स्कुल क्याप्टेन, कक्षा क्याप्टेन, सदन क्याप्टेन लगायतका नेतृत्व चयन गर्नका लागि चुनाव गरिएको छ । नेपालको लोकतान्त्रिक प्रणालीमा आधारित आफ्नो बहुमुल्य मतको सदुपयोग गरि विद्यार्थी परिषद सदस्य चुनावमा उत्साहजनक सहभागिता जनाए ।बिगत १४ बर्ष देखि मकालु इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरु
इटहरी । सुनसरी र धनकुटाको विभिन्न स्थानबाट लागूऔषध गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका ७ का ५० वर्षीय मिकाइल मियाँलाई ५ किलो गाँजासहित नियन्त्रणमा लिएको छ । यसैगरी धनकुटाको प्रहरी चौकी मुलघाटले धनकुटा नगरपालिका ९ का ५१ वर्षीय राजु राईलाई २८ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ । सोही दिन इलाका प्रहरी कार्यालय भेडेटारले साँगुरीगढी गाँउपालिका ६ स्थितमा चेकजाँचको क्रममा शहिदभूमी गाउँपालिका २ का २२ वर्षीय सन्तोष दर्जीलाई १२ किलोग्राम गाँजासहित पक्राउ गरेको छ । यस्तै, मोरङको सुन्दर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.