इटहरी । पथरी शनिश्चरे नगरपालिकाबाट प्रतिनिधित्व गर्दै  मिस्टर नेपाल २०२५  न्यु म्यान अफ द वल्र्ड नेपालको उपाधि जित्न सफल प्रतिभाशाली युवा प्रकाश चौहानलाई गृहनगर पथरी शनिश्चरेमा भव्य कार्यक्रमका साथ स्वागत गरिएको छ । उहाँलाई स्वागत पछि नगर परिक्रमा पनि गरिएको हो । पथरी शनिश्चरे वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, पथरी शनिश्चरे जेसीज वर्ष –२०२५ की अध्यक्ष निर्मला भट्टराई, समाजिक व्यक्तित्व हिक्मत श्रेष्ठ, लगायत विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूले मुहार चित्र, खदा  सहित अबीर टीकाले बधाई तथा थप सफलताका लागि शुभकामना प्रकट गर्नुभएको थियो । पथरी शनिश्चरे नगरवासी सहित देश–विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूले दिएको अपार माया, साथ र सहयोगका कारण आफू न्यु म्यान अफ द वल्र्ड नेपाल उपाधि सहित ‘पब्लिक चोइस’ जस्ता विभिन्न टाइटलहरू जित्न सफल भएको उहाँले बताउनुभयो । उहाँले आगामी जेठ महिनामा ४० भन्दा बढी देशहरूको सहभागिता रहने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘एन्युअल म्यान अफ द वल्र्ड पेजन्ट’ मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने जानकारी दिनुभएको छ ।