इटहरी। भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित हतुवागढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको सो शिविरमा ३०५ जनाले आँखा जाँचको सेवा लिएका थिए । शिविरमा मोतिविन्दु र मासु पलाएको समस्याको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो । विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक अवस्था कमजोर भएका विरामीलाई पायक पर्ने स्थानमै उपचार गर्न पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।
इटहरी । सप्तकोशी नदीको बाढी र कटानको जोखिममा पर्दै आएको वराहक्षेत्र मन्दिरपरिसरमा प्रकोप नियन्त्रणका लागि काम सुरु गरिएको छ । वराहक्षेत्र मन्दिरपरिसरमा प्रकोप नियन्त्रणका लागि प्रदेश सरकारको प्राकृतिक प्रकोप नियन्त्रण योजनामार्फत काम सुरु गरिएको हो । वराहक्षेत्र नगरपालिका–१ मा रहेको वराहक्षेत्र मन्दिर हरेक वर्ष सप्तकोशी नदीमा आउने बाढीसँगै मन्दिर क्षेत्र र जोडिएको बस्ती जोखिममा पर्दै आएको छ । सप्तकोशी र कोकाह नदीको सङ्गमबाट करिब तीन सय फिटमाथि रहेको मन्दिरपरिसरमा वर्षामा आउने बाढीको प्रकोपबाट हुन सक्ने क्षति रोक्न काम सुरु गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका भक्तबहादुर श्रे
इटहरी। झापाको दमकमा सुविधासम्पन्न तीन सय शय्याको सरकारी अस्पताल बनाइने भएको छ । करोडौँ रुपियाँको लागतमा व्यावसायिक भ्यु टावरलगायतका संरचना दमकमा बने पनि सुविधासम्पन्न अस्पताल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल नगरेको भन्दै आलोचना हुँदै आएको थियो । झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्यसमेत रहेका ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सुविधासम्पन्न अस्पताल बनाउन आगामी आवमा बजेट विनियोजन गर्ने बताएपछि दमक नगरपालिकाले जग्गा व्यवस्थापनका लागि आवश्यक प्रव्रिmया सुरु गरेको बताइएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार अस्पताल निर्माणका लागि निःशुल्क जग्गाको खोजी सुरु भएको छ । यातायात, ब
इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिका ३, स्थित तमोर कोरिडोर सडक खण्ड अन्तर्गत कुसेटारमा टाटा सुमो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ताप्लेजुङबाट धरान जाँदै गरेको मे १ ज २६५५ नम्बरको टाटा सुमो आइतबार राति करिब १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी सुमोमा सवार ८ जना यात्री घाइते भएका छन् । घाइते हुनेमा चितवनको भरतपुर नगरपालिका ११ बस्ने ४५ वर्षीया नमकला फुयाँल, सोही ठाउँ बस्ने अन्दाजी ४७ वर्षीय जयेश्वर पोख्रेल त्यस्तै सोही ठाउँ बस्ने अन्दाजी ३८ वर्षीया इसु पङ्गेनी, अन्दाजी २२ वर्षीया निकिता फुयाँल, अन्दाजी १६ वर्षीया शरिष पोख्रेल, ४६ वर्षीया सावित्री अधिकारी, ५२
इटहरी – नेपाल तरुण दल इटहरी उप-महानगरपालिका समितिको आयोजनामा इटहरी उप-महानगरपालिका वडा नं. १८, डकाहा स्थित पञ्चायत आधारभूत विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न गरिएको छ।सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजित यस शिविरमा अरविन्द आई केयर, खनारा र बी एण्ड बी डेन्टलको प्राविधिक सहयोग रहेको थियो। शिविरमा २०० भन्दा बढी स्थानीय बासिन्दाहरूले आँखा तथा दन्त परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा कतिपय बिरामीलाई थप उपचार तथा शल्यक्रियाको परामर्शसमेत दिइएको आयोजकहरूले जनाएका छन्।कार्यक्रमको सफलतामा खुसी व्यक्त गर्दै नेपाल तरुण दल इटहरी उप-महानगरपालिका कार्यसमितिका अध्य
इटहरी | इटहरीस्थित ओसियन पार्कमा आजदेखि दुई दिने कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता सुरू भएको छ। “खेलकुद नै स्वास्थ्यको मूल आधार हो” भन्ने नाराका साथ कोशी प्रदेश पौडी संघले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको हो।प्रतियोगिताको उद्घाटन कोशी प्रदेश पौडी संघका अध्यक्ष तथा कार्यक्रम संयोजक डम्बर बहादुर तामाङको अध्यक्षता र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदिप कुमार भगवत थारूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।कार्यक्रमका संयोजक तामाङले प्रतियोगिताको उद्देश्य प्रदेशभरिका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु रहेको बताउनुभयो। त्यस्तै, प्रमुख
इटहरी । सुनसरीको इनरुवामा पहिलो पटक “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” मुल नाराका साथ नगरस्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी भएको छ । इनरूवा क्रिकेट क्लब एन्ड एकेडेमी इनरुवाको आयोजनामा इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको हो । पत्रकार सम्मेलन गरेर क्लबका अध्यक्ष सोनु मण्डलले नगरका १५ विद्यालयको सहभागीतामा सुनसरी बहुमुखी क्याम्पसको खेल मैदान इनरुवामा वैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो । मण्डलले दिनुभएको जानकारी अनुसार इनरुवा नगरपालिका सुनसरी जिल्लाको पुरानो आफ्नो छुट्टै पहिचान र इतिहास बोकेकोले युवा
इटहरी। पाँच जना नेपालीसहित १० जनाले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गर्नुभएको छ । ताप्लेजुङमा अवस्थित हिमालको सेभेन समिट ट्रेक काठमाडौँले पाँच नेपाली सहित १० जनालाई सफल आरोहण गराएको हो । ट्रेकु का जेनेरल मेनेजर थानेश्वर गुरागाईका अनुसार मे १० अर्थात् २०८२ वैशाख २७ गते दिउँसो दुई बजेर १५ मिनटेमा १० आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको हो । सफल आरोहण गर्नेहरूमा कुसुवोका फ्लुतुरम इब्राहिमी, बेलायतमन एड्रियन माइकल हेस, ईरानका अलिरेजा बेहपुर र सेइदमिदरजा हासेमी, युनाइटेड अरब इमिरेट्सका सइद अलमेमरी, साथै नेपालका लाक्पा तेम्बा शेर्पा, निङ्मा दोर्ची शेर्पा, फुर
इटहरी । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाले विभिन्न समयमा विशेष योगदान पुर्याएकोमा तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ । आईतबार जिल्ला महासंघ धनकुटाको चौंथो जिल्ला परिषद्को अवसरमा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको हो । सम्मानित हुनेमा धनकुटा नगरपालिका–१ मा रहेको सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह, धनकुटा नगरपालिका–९ स्थित बेलहरामा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समूह र चौविसे गाउँपालिका–३ र ४ मा स्थित भोटेपौवा चिसापानी सामुदायिक वन उपभोक्त समूह कुरुले तेनुपा रहेका छन् । सम्मानित हुने वन उपभोक्ता समूहका अध्यक्षहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प
इटहरी । आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले सुुरु गरेको एकीकृत घुम्ति शिविरबाट नौं महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ । ४२ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा नौ जनामा क्यान्सर पोजेटिभ देखिएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुुलालले बताउनुभयो । नगरपालिकाले वडा –४ बाट शिविर सुुरु गरेको हो । नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत सुुरु गरिएको शिविरमा नागरिकको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण, कृषि सेवा अन्तर्गत माटोको नमुना संकलन, मकैमा लाग्ने फौजी किरा नियन्त्रणका लागि जैविक औषधी वितरण, अन्य बालीहरुसम्बन्धी परामर्श, प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.