समाज

    Showing ५,८४१-५,८५० of ११,२६६ items.
  • बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तरता पाउने,मुख्यमन्त्री हिक्मतकुमार कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी स्वास्थ्य बिमा सेवाले निरन्तरता पाउने बताउनुभएको । आज धरान उपमहानगरपालिका–१९ स्थित हरियाली पार्कमा स्वर्गीय नगर प्रमुख तारा सुब्बाको ७औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले १९ नं वडा कमिटीले आयोजना गरेको स्मृतिसभा कार्यक्रममा उहाँले यो सेवा तीन महिनाका लागि सुरु गरिएको भए पनि अब बन्द नहुने बताउनुभयो । बिपी प्रतिष्ठानलाई जनताको पहिलो स्वास्थ्य सहाराको रूपमा उभ्याउन कोशी प्रदेश सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो । जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र स्वास्थ्य सेवा अस्थायी हुन

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३५७ पटक पढिएको
  • कोशी प्रदेशको गत वर्षको आम्दानी २९ अर्ब ३३ करोड

    इटहरी । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ मा कुल २९ अर्ब ३३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको वार्षिक आय विवरणअनुसार प्रदेशको आम्दानीको ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडमा निर्भर रहेको देखिएको छ । प्रदेशको कुल आम्दानीमा सबैभन्दा ठूलो योगदान समानीकरण अनुदानको रहेको छ । यस शीर्षकमा प्रदेशले संघीय सरकारबाट ८ अर्ब २० करोड ६२ लाख रुपैयाँ प्राप्त गरेको छ । यो कुल आम्दानीको करिब २८ प्रतिशत हो । त्यस्तै, राजस्व बाँडफाँडअन्तर्गत मूल्य अभिवृद्धि कर ९भ्याट० प्रदेशको दोस्रो ठूलो आम्दानीको स्रोत बनेको छ । भ्याट बाँडफा

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३५० पटक पढिएको
  • राजकुमार अधिकारी NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पदका उम्मेदवार

    काठमाडौं | गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल 2025–2027 का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य पदमा राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। जापानस्थित NRNA राष्ट्रिय समन्वय परिषद् (NCC-Japan) बाट सक्रिय रहँदै आएका अधिकारीले “नेपालीका लागि नेपाली” भन्ने मूल नारासहित चुनावी अभियान थालेका हुन्।उनले चार प्रमुख प्रतिबद्धताहरू — एकता, सशक्तीकरण, सहयोग र विकास — लाई आफ्नो अभियानको आधार बनाएका छन्। जापानमा बसोबास गर्दै आएका नेपाली समुदायका हकहितका सवालमा सक्रिय भूमिका निर्वाह गर्दै आएका अधिकारीले NRNA लाई अझ सक्षम, पारदर्शी र उत्तरदायी संस्था बनाउने लक्ष्य लिएका छन्।उनको प्रचा

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३५७ पटक पढिएको
  • बालाजी बालाजी जेष्ठ नागरिक समाजको १२ औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम

    इटहरी । इटहरी वडा नम्बर १६ मा श्री बालाजी जेष्ठ नागरिक समाजले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रमको अध्यक्षता श्री बालाजी जेष्ठ नागरिक समाजका अध्यक्ष जिवनाथ नेपालको अध्यक्षता तथा  इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तेजनारायण चौधरीको प्रमुख आतिथ्यतामा गरिएको थियोे । कार्यक्रममा समाजका जेष्ठ नागरिक लोमश घिमिरे, दिलमाया ओझा तथा असल बुहारी दिपा धिताललाई सम्मान गरिएको हो । आमाबुवा र बुहारी प्रति सम्मान प्रकट गर्दै समाजमा पारिवारिक सद्भाव कायम गर्न यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण बिनोद लम्सालले बताउनुभयो । बालाजी समाजले इटह

    • प्रकाशित मितिः साउन १, २०८२
    • २८६ पटक पढिएको
  • पथरी शनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्वापोद्वारा सहिद रत्न कुमार बान्तवा –कृषि कालोपत्रे सडकको उद्घाटन

    इटहरी । मोरङको पथरी शनिश्चरे ०२ को शहिद रत्नकुमार – कृषि सडक खण्डको उद्घाटन गरिएको छ । बिहीबार बिहान पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले  रिबन काटेर उक्त मार्ग अन्तर्गत  सिर्जना चोकमा सो कालोपत्रे सडकको उद्घाटन गर्नुभएको हो ।  उहाँले  विगत तीन वर्षदेखि निरन्तर सो शहिद रत्न कुमार –कृषि सडक खण्डमा संघीय सरकारबाट क्रमागत बजेट र पथरी शनिश्चरे नगरपालिकाको बजेट समेत गरी लागत साझेदारीमा उक्त शहिद रत्न मार्ग अन्तर्गत बहुमुखी क्याम्पस, बुद्ध चोक हुँदै बोक्रे चोक – कालापानी सम्मको साढे ३ किलोमिटर सडकमा कालेपत्रे  गर्न सफल भएको बताउनुभयो । नगरका अन्य वडाहरूमा प

    • प्रकाशित मितिः साउन १, २०८२
    • ४४७ पटक पढिएको
  • उर्लाबारी–२ की दलित महिला वडा सदस्य हेमकुमारी नेपालीको निधन

    इटहरी  । मोरङको उर्लाबारी नगरपालिका–२ का दलितबाट महिला वडा सदस्य हेमकुमारी नेपालीको निधन भएको छ । उहाँको बिहीबार बिहान ८ बजे निधन भएको उर्लाबारी नगरपालिकाका प्रवक्ता भीष्म बुढाथोकीले जानकारी दिनुभयो । ५६ वर्षीया नेपाली लामो समयदेखि क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो । नेकपा ९एमाले० बाट २०७९ को स्थानीय निर्वाचनमा विजयी हुनुभएकी नेपालीको श्रीमान् तीन छोरी र एक छोरा हुनुहुन्छ । 

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३१२ पटक पढिएको
  • भोजपुर हतुवागढीको निर्माणाधीन पालिका भवनको काम अन्तिम चरणमा

    इटहरी ।  हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । केन्द्र सरकारले हालसम्म साझेदारी रकमको दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकाले पाँच करोड लगानी गरिसकेको छ । गाउँ

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३०१ पटक पढिएको
  • एक वर्षमा ५३४ जना फरार प्रतिवादी पक्राउ

    इटहरी । आर्थिक वर्ष २०८१(८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसंख्यक रहेका छन् । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फरार प्रतिवादीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराई, अदालतको आदेशअनुसार कैद बाँकी रहेका व्यक्तिहरूलाई कारागार पठाइएको र जरिवाना मात्र बाँकी रहेका व्यक्तिबाट जरिवाना असुल गरी छाडिएको बताए । उनका अनुसार पक्राउ परेकाहरूबाट २४८ वर्ष १० महिना १४ दिन कैद र सात करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ

    • प्रकाशित मितिः साउन १, २०८२
    • २९५ पटक पढिएको
  • मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोडले वृद्धि

    इटहरी । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ को तुलनामा आर्थिक वर्ष २०८१र०८२ मा ९३ लाख ३१ हजार ६६ रुपियाँ बढी राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०८१र०८२ मा कुल तीन करोड ७२ लाख ३९ हजार ४३७ रुपियाँ राजस्व सङ्कलन भएको छ । मालपोत कार्यलय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाका अनुसार पुँजीगत लाभकरतर्फ एक करोड ८८ लाख ५० हजार ७६७ रुपियाँ र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि प्रदान मार्फत एक करोड ८३ लाख ८८ हजार ६७० रुपियाँ गरी कुल तीन करोड ७२ लाख बढीको राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा पुँजीगत ल

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३४७ पटक पढिएको
  • सहारा नेपाल साकोस कर्मचारीमाथि भएको दुर्व्यवहारको प्रति सेयर सदस्य तथा कर्मचारी द्वारा दुःख व्यक्त

    सुन्दरहरैचा / एकीकृत कर्मचारी संगठनले कर्मचारीमाथि भएको दुव्र्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको देशकै ठूलो सहकारी अन्तरगतको एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । कर्मचारीमाथि दुव्र्यवहार साथै सेवा केन्द्र प्रमुखलाई हातपात समेत गरी निकृष्ट कार्य गरिएको थियो । सहारा नेपाल बचततथा ऋण सहकारी संस्था अन्तरगत सेवा केन्द्र मधुमल्लामा कार्यरत सेवा केन्द्र प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछानेलाई सदस्यले कर्जा नबिकरण गर्ने शिलशिलामा मिक्लाजुङ गाउँपालिका–२ रचना टोलमा बोलाइएको थियो । स

    • प्रकाशित मितिः साउन १, २०८२
    • ४९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]