इटहरी । इटहरी वडा नम्बर १६ मा श्री बालाजी जेष्ठ नागरिक समाजले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रमको अध्यक्षता श्री बालाजी जेष्ठ नागरिक समाजका अध्यक्ष जिवनाथ नेपालको अध्यक्षता तथा  इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तेजनारायण चौधरीको प्रमुख आतिथ्यतामा गरिएको थियोे । कार्यक्रममा समाजका जेष्ठ नागरिक लोमश घिमिरे, दिलमाया ओझा तथा असल बुहारी दिपा धिताललाई सम्मान गरिएको हो । आमाबुवा र बुहारी प्रति सम्मान प्रकट गर्दै समाजमा पारिवारिक सद्भाव कायम गर्न यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण बिनोद लम्सालले बताउनुभयो । 

WhatsApp Image 2025-07-17 at 14.35.20_6cad8ed8

बालाजी समाजले इटहरीमा धार्मिक कार्यमा महत्त्वपूर्ण काम गर्दै आएकाले समाजमा आध्यात्मिक धर्मको गहिरो महत्व रहेको र यस्तो धार्मिक अभ्यासहरूले व्यक्तिको आन्तरिक शुद्धि, नैतिक आचरण र सामाजिक एकता सुदृढ गर्न सहयोग पुर्याउने कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तेजनारायण चौधरीले बताउनुभयो । कार्यक्रममा बालाजी समाजले गरेका विगतका धार्मिक तथा सामाजिक गतिविधिहरूको प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिक समाज कोशी प्रदेश अध्यक्ष तथा इटहरी उपमहानगरपालिका नगर समन्वय समिति अध्यक्ष पुन्य प्रसाद न्यौपाने , समन्वय समिति इटहरी सदस्य तथा जेष्ठ नागरिक समाज इटहरी २० का अध्यक्ष दिनेश चन्द्र गिरि, पण्डित गणेश प्रसाद ढकाल ,धार्मिक व्यक्तित्वहरू , सामाजिक व्यक्तिहरू ,आजिवन सदस्यहरू, स्थानीय लगाएतको सहभागीता गरिएको थियो ।