समाज

    Showing ६,५८१-६,५९० of ११,२७९ items.
  • भोजपुरमा काँचो बाँसबाट झण्डा टाँग्दै गर्दा करेन्ट लागेर ज्यान गयो

    इटहरी । भोजपुर नगरपालिका ९ स्थितमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ९ का ४२ वर्षीय आङतेम्बा शेर्पा रहेका छन् । शेर्पाले पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाएर टाङ्ने क्रममा उक्त बाँसले अचानक विद्युतीय लाइनमा छोएर करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घट्नास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी अधिकृतसहितको टोली खटिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • १६२ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङलुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

    इटहरी । ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका छ का अर्जुन गुरुङ पक्राउ परेका छन्। गुरूङले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका ३ का २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमका अनुसार गुरुङ र उहाँकी श्रीमती सरिता लिम्बू जेठ २१ गते राति सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका तीनको तावा पुगका थिए । राति नै गुरुङ र उहाँकी श्रीमतीबिच झगडा भएपछि योगमाया लिम्बूले सम्झाईबुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाउनुभएको थियो । तर फक्ताङलुङ गाउँ

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २२७ पटक पढिएको
  • झापामा ७५५ मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ

    इटहरी। मनसुनजन्य विपद् व्यवस्थापनका लागि झापाका सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस लगायतका सरोकारवाला निकायले पूर्वतयारी तीव्र तुल्याएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जिल्लामा सेना, प्रहरी र रेडक्रसकर्मीसहित तालिमप्राप्त ७५५ जना मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ गरिएको जानकारी दिनुभयो । विपद् व्यवस्थापनका लागि सबै सरोकारवाला निकायबीच समन्वय हुने गरी एकीकृत कार्ययोजना कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अधिकारीको अध्यक्षतामा गठन भएको जिल्ला विपद् व्यवस्थापक समितिले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय, नेपाल रे

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २०९ पटक पढिएको
  • बरुण नदीको पुल निर्माण तीन वर्षदेखि अलपत्र,स्थानीयवासी सास्तीमा

    इटहरी।  संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ स्थित बरुण नदीमा तीन वर्षअघि सुरु भएको ६० मिटर लामो पक्की पुलको निर्माण अझै अधुरै छ । पुलको ढलान गर्न बाँकी हुँदा बरुण नदी वारपार गर्न स्थानीयवासीले ठूलो सास्ती भोग्नुपरेको छ । पुल ठड्याउने काम सकिएको भएपनि निर्माण व्यवसायी सम्पर्कविहीन हुँदा ढलानको काम रोकिएको हो । हिउँदमा बरुण नदीमा ह्युमपाइप राखेर साना सवारी साधन चलाइए पनि वर्षात्को समयमा नदीमा आएको बाढीले पाइप बगाउने गरेको छ । २०७८ चैत २ मा उत्तर–दक्षिण कोशी सडक योजनामार्फत सुरु गरिएको पुल निर्माणको ठेक्का हिन्दुङ एण्ड थोकर(विवस(एसए एस कम्पनीले लिएको हो । गत वर्षको चैतमा निर्माणको प

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २१९ पटक पढिएको
  • यार्सागुम्बासहित सङ्खुवासभाबाट एक जना पक्राउ

    इटहरी । सङ्खुवासभामा यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ऐनबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । मंगलबार खाँदबारी–३ सुमनचौकमा जाँच गर्ने क्रममा लुकाइ(छिपाइ ल्याएको एक किलो ६ सय ७० ग्राम अवैध यार्सागुम्बासहित शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका शाहीलाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २८७ पटक पढिएको
  • मोरङको कटहरीमा बन्यो सामुदायिक अस्पताल

    इटहरी । मोरङको कटहरी गाउँपालिकामा दुई अर्ब रुपियाँको लगानीमा सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाज अन्तर्गतको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले अस्पताल सञ्चालन गरेको प्रतिनिधि सभा सदस्य तथा समाजका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिनुभयो । कटहरी–२, हल्दीबारी भन्ने ठाउँमा निर्माण गरिएको दुई सय शैयाको अस्पताल यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने सांसद मण्डलले जानकारी दिनुभयो । आमनागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि दुई बेडको सुविधासम्पन्न सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले सेवा प्रवाह सुरु

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ३१३ पटक पढिएको
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विद्यार्थीले गरे नमुना संसद्को अभ्यास

    इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विद्यार्थीले सङ्घीय संसद्को झझल्को दिने गरी संसदीय अभ्यास गरेका छन् । संसद् गठन, समिति निर्माणसँगै सरकार निर्माण गरी संसदमा सरकारको बजेट पेस गर्नेदेखि विधेयक पेस गर्नेसम्मको अभ्यास गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको नमुना संसद् कार्यक्रममा निजी र सामुदायिक विद्यालयबाट ५२ जना विद्यार्थीको सहभागिता थियो । हलेसीमा सञ्चालन भएको नमुना संसद् अभ्यास कार्यक्रममा सहभागीहरूलाई स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक, सभामुख लगायत विभिन्न जिम्मेवारी प्रदान गरेर संसद् अधिवेशन आह्वान हुँदै शून

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २३२ पटक पढिएको
  • सङ्खुवासभामा वर्षासँगै आएको पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

    इटहरी । सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ । मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो । शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायाको क्षति भएको छैन ।माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन् । केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाम

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २२५ पटक पढिएको
  • इलामको सूूर्योदय नगरपालिकामा गोलिया काट्ने क्रममा एक युवकको मृत्यु

    इटहरी । इलामको सूूर्योदय नगरपालिका–७ सिङ्गाममा गोलिया  काट्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाएका  सूूर्योदय–८ का २६ वर्षीय निरोज लाप्चा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । व्यापारका लागि खरिद गरी रुख काट्ने क्रममा रुख लड्दा हाँगाले लागेर घटनास्थलमै लाप्चाको मृत्यु भएको बताइएको छ । अहिले मृतकको शव इलाका प्रहरी कार्यालय पशुुपतिनगर लगिएको छ । पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • १९३ पटक पढिएको
  • धनकुटाको दाह्रेगौडा–घुमाउने–मूल खर्क सडक खण्डमा कालोपत्रेको काम सुरू

    इटहरी । धनकुटाको दाह्रेगौडा–घुमाउने–मूल खर्क सडक खण्डमा कालोपत्रेको काम सुरू भएको छ । डिभिजन सडक कार्यालय धनकुटाले दुई प्याकेजमार्फत छ करोड ४४ लाख रुपियाँको लागतमा नाला, पर्खाल मोड सुधार र कालोपत्रेको काम अघि बढाएको हो । २०५४ सालमा ट्रयाक खुलेको यो सडकमा चालु आर्थिक वर्षमा कालोपत्रे हुन लागेको हो । दाह्रे गौडाबाट घुमाउने–मूल खर्क हुँदै लेगुवा जोड्ने ३१ किलोमिटरमध्ये यो आर्थिक वर्षमा पहिलो खण्डको १९ सय ५० मिटर सडक कालोपत्रे हुनेछ । १९ सय ५० मिटरमध्ये दुई चरणमा गरी सात सय मिटर दुई करोड चार लाखमा र १२ सय ५० मिटर चार करोड ४४ लाखमा ठेक्का लागिका सुरु भएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । सो

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २७८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]