इटहरी । भोजपुर नगरपालिका ९ स्थितमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ९ का ४२ वर्षीय आङतेम्बा शेर्पा रहेका छन् । शेर्पाले पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाएर टाङ्ने क्रममा उक्त बाँसले अचानक विद्युतीय लाइनमा छोएर करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घट्नास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी अधिकृतसहितको टोली खटिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।