इटहरी, ४ जेठ – प्रगति स्वास्थ्य समाजको आयोजनामा र इटहरी उपमहानगरपालिका वडा नं. १५ कार्यालयको सहयोगमा टोल विकास संस्थाका पदाधिकारीहरूलाई लक्षित गरी ३ दिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ। जेठ २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको उक्त तालीममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।तालीमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि इटहरी–१५ का वडा अध्यक्ष जय नारायण चौधरी तथा सहजकर्तामा महेश सुबेदी रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता प्रगति स्वास्थ्य समाजका अध्यक्ष बिजयकिसोर चौधरीले गर्नुभयो।तालीममा जनप्रतिनिधि लालुप्रसाद चौधरी, अभिषेक चौधरी, सारो कुमारी चौधरी, वडा सचिव खड्
इटहरी लेडिज जेसिजको आयोजनामा प्राथमिक उपचार सम्बन्धी दुई दिने आधारभूत तालिम सम्पन्न भएको छ । इटहरी लेडिज जेसिजको आफ्नै भवनमा सम्पन्न भएको तालिम कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष लक्ष्मी बरालले गर्नु भएको थियो भने, प्रमुख अतिथिका रुपमा इटहरी रेडक्रस शाखाका अध्यक्ष दिनेश भट्टराई रहनुभएकोे भएको थियो । तालिममा इटहरी उपमहानगरपालिकाका प्रत्येक वडा कार्यालय सँग समन्वय गरी दुई जना बढी सहभागी रहने व्यवस्था गरिएको थियो । समुदायस्तरमा आपत्कालीन अवस्थामा आवश्यक प्रारम्भिक उपचार सेवा प्रदान गर्ने सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको इटहरी लेडिज जेसिज अध्यक्ष लक्ष्मी बरालले बताउनु
इटहरी। उदयपुर सदरमुकाम गाईघाट बजार सुरक्षाका लागि बाढी प्रभावित क्षेत्रमा तारजालीमा ढुङ्गा भर्ने तथा सिमेन्ट छड जडान गरेर बनाइएको स्थायी प्रकृतिको ‘प्लमवाल’ सहितको तटबाँध निर्माणको काम सम्पन्न भएको छ । अघिल्लो वर्ष असोज १२ गते परेको अविरल वर्षाका कारण स्थानीय बरुवाखोलामा आएको बाढीले पुरानो बाँध बगाएर मानवबस्तीमा बाढी पसेपछि वर्षाकालीन अवस्थामा असुरक्षित हुँदै आएको गाईघाट बजार तटबाँध निर्माण भएपछि धेरै सुरक्षित बनेको स्थानीय बासिन्दाले बताएका छन् । बरुवाको बाढीले पुरानो बाँध भत्काएकै स्थानमा ५६ मिटर लामो कङ्व्रिmट वाल र अर्को प्रभावित क्षेत्रमा ६० मिटर लम्बाइ तथा तीन मिटर चौडाइको ढुङ्गा जालीको
इटहरी । रामधुनी मन्दिर परिसर क्षेत्रमा १०८ धारा बनाउन सुरु गरिएको छ । भगवान् रामको पाउ स्पर्श भएको मन्दिर परिसर क्षेत्रमा धारा बनाउन सुरु गरिएको हो । सङ्घीय पर्यटन मन्त्रालय र रामधुनी नगरपालिकाको ५०र५० प्रतिशत अनुदान सहयोगबाट निर्माण हुने धारा, मण्डपसहित कमलकुण्ड पोखरीको सौन्दर्यीकरण गर्न सुरु गरिएको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो । उहाँका अनुसार सङ्घीय पर्यटन मन्त्रालय र रामधुनी नगरपालिकाबाट बजेट छुट्याएपछि मन्दिर क्षेत्रमा भौतिक संरचना बनाउन सुरु गरिएको छ । एक करोड ३४ लाख ५६ हजार १०९ रुपियाँ पाँच पैसा बजेटमा ठेक्का लागेर मन्दिरपरिसर क्षे
इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर ओझेलमा परेको छ । प्रचारप्रसार अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलमा परेको हो । गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्रले चर्चा पाउन नसकेको स्थानीयवासी पाण्डव राईले बताउनुभयो । परापूर्वकालमा यो क्षेत्रमा गोल्मे राजा र गोल्मे रानीको बिहेका क्रममा बेहुलाबेहुलीसहित जन्ती अलप भएकाले यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको धार्मिक कथन रहेको उहाँको भनाइ छ । अहिले पनि यहाँ जन्तीजस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, बिहेमा प्रयोग भएका बाजागाजा, ढोल
इटहरी । कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज आमात्यले दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु वाचन हुने, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल रहेन र सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा प्रस्तुत हुने कार्य सूची तय भएको छ । यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेव
इटहरी। सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नु भएको छ । जेठ ४ गते बिहान ९ः२० बजे उहाँले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिनुभयो । उहाँसँगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गर्नुभयो । जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना भएको सगरमाथा संवाद कार्यक्रममार्फत सगरमाथा संवाद सन्देशलाई विश्वमाझ प्रबर्द्धन गर्ने उद्देश्यले सद्भावना दुत
इटहरी । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेश स्तरीय तस्बिर प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा कोशी प्रदेशभित्रका ६० उत्कृष्ट तस्बिरहरू छनोट गरी प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका ६० तस्बिरमध्ये फोटोपत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा पर्नुभएको छ । कार्यक्रममा उत्कृष्ट पाँच फोटोग्राफर(फोटो पत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५
इटहरी । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका– ६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि विकल्पका रूपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम सुरु गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड २० लाखमा पूरा हुनेउक्त सडकको पहिलो चरणमा ४५ लाखबाट निर्माण सुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं
इटहरी । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । कति पर्यटक आउँछन् भनेर तथ्याङ्क नराखिएको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले बताउनुभयो। पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ । झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.