इटहरी, ४ जेठ – प्रगति स्वास्थ्य समाजको आयोजनामा र इटहरी उपमहानगरपालिका वडा नं. १५ कार्यालयको सहयोगमा टोल विकास संस्थाका पदाधिकारीहरूलाई लक्षित गरी ३ दिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ। जेठ २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको उक्त तालीममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

तालीमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि इटहरी–१५ का वडा अध्यक्ष जय नारायण चौधरी तथा सहजकर्तामा महेश सुबेदी रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता प्रगति स्वास्थ्य समाजका अध्यक्ष बिजयकिसोर चौधरीले गर्नुभयो।

तालीममा जनप्रतिनिधि लालुप्रसाद चौधरी, अभिषेक चौधरी, सारो कुमारी चौधरी, वडा सचिव खड्ग बहादुर तामाङ, एकम्बा प्रहरी चौकीका प्रमुख देबेन्द्र प्रसाद पौडेल, साथै स्थानीय समाजसेवीहरू र विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तालीममा सहभागीलाइ नेतृत्व विकास, योजना निर्माण, टोल स्तरीय समस्या समाधान र समन्वयात्मक कार्यशैलीबारे जानकारी दिइएको आयोजक संस्था सचिव रमेश कुमार चौधरीले बताउनुभयो।

