इटहरी | महिला सञ्चारकर्मीको क्षमता विकास र सशक्तिकरणलाई केन्द्रमा राख्दै सुनसरीमा "संचारिका समूह समिति"गठन गरिएको छ। मंगलबार सम्पन्न भेलाबाट रन्जना पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो।समितिको नेतृत्व अग्रसर र अनुभवी महिला सञ्चारकर्मीले सम्हालेका छन्। अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित विभिन्न तहमा चयनित सदस्यहरू सक्रिय पत्रकारिता अभ्यासमा आबद्ध छन्। उनीहरूको संयोजनले स्थानीय सञ्चार क्षेत्रमा महिला सहभागिता र पहुँचलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।उनीहरूले महिला पत्रकारबीच आपसी सहयोग, सीप अभिवृद्धि, नेटवर्किङ र नीतिगत पहलकदमीमा जोड दिने बताएका छन्।महासचिव सवित
झापा | ठाडाराई अधिकारी सेवा समाजको आयोजना भएको गरुड महापुराण महायज्ञको सातौं दिन ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । ठाडाराई अधिकारी सेवा समाजका अध्यक्ष दान ब. अधिकारीको अध्यक्षतामा सचेतना कार्यक्रम गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाको सहकार्यमा गरिएको सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा प्रमुखले प्रहरी निरीक्षक गणेश निरौलाले ट्राफिक ज्ञान सग सम्बन्धि विभिन्न कुराहरूको जानकारी गराउनु भएको थियो । गाडीहरु ओभर ट्रक गर्ने गरेको र पुर्व पश्चिम राजमार्ग बन्दै गरेको हुँदा दुर्घटना बढेको कुरा मध्यान्जर गर्दै धार्मिक कार्य गरि रहे
इटहरी । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित शुभारम्भ गर्न लागिएको कोशी प्रदेश पर्यटन वर्षको तयारी पूरा भएको बताइएको छ । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको मूल आयोजक समितिका अध्यक्ष एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भको तयारी गरिएको छ । चैत्र २७ गते तेह्रथुमको तीनजुरेबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्री कार्कीले कोश
इटहरी । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिकाले शैक्षिक शत्र २०८२ बाट सरकारका विभिन्न निकायमा आबद्ध तथा नियमित तलव, भत्ता तथा सेवा सुविधा उपभोग गर्नेका सन्तति अनिवार्य सामुदाियक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । गत फागुन १२ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं। ५ मा आगामी शैक्षिक सत्रको भर्ना अभियानमा सबै जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने उल्लेख छ । सोही निर्णय अनुसार पाल
इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीजरल्यान्डका राजदूत डा। डनिएल्ले मोन्टेलियोन म्याउलीबिच आज भेटवार्ता भएको छ । भेटमा कोशी प्रदेशको विकास र समृद्धि एवं दुई पक्षिय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिनुभयो । स्वीजरल्यान्डका राजदूत डा। म्याउलीले प्रदेश सरकारले पर्यटनमार्फत आर्थिक समृद्धिका निम्ति देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउँदै पर्यटन प्रवर्धनको काम गर्न स्वीजरल्यान्ड तयार रहेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनले लगानीमैत्री वातावरण सिर्जना गर्ने साथै रोजगार प्रवर्धन गर्ने आशा व्य
इटहरी । ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ सालबाट सुरु भएको ५० मेगावट क्षमताको आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । हालसम्ममा करिब ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकृत आशिष केदेम लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८२ सालको असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने तयारीका साथ निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । आयोजनाको पेनस्टक पाइप जडानको कार्य र विद्युत् गृहको केही कार्य बाँकी रहेको जनसम्पर्क अधिकृत लिम्बुको भनाइ छ । त्यस्तै विद्युत् गृहबाट आठ किलोमिटर टाढा
इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम लामो भएको भन्दै छोटो बनाउने प्रस्ताव अघि सारिएको छ । नगरपालिकाको नाम छोटो बनाउन छलफल अघि बढाउने निर्णय गरेको छ । चैत २५ गतेको कार्यपालिका बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम छोट्याउनका लागि बहसमा लैजाने निर्णय गरेको हो । नगरपालिकाको नाम लामो भएको भन्दै टीकाटिप्पणी भएकाले नाम छोटो बनाउनका लागि बहस थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । नेपाल सरकारले २०७१ वैशाख २५ गते तत्कालीन दिक्तेल, लफ्याङ, खाल्ले र बाम्राङ गाविसलाई समेटेर दिक्तेल नगरपालिका घोषणा गरेको थियो । पछि राज्य पुनःसं
इटहरी । पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संघको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गर्दै पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । १२ हजार तीन सय ३६ घरधुरी रहेको फिदिम नगरपालिकामा ४८ हजार चार सय ९५ जनसङ्ख्या छ । जसमध्ये १५ वर्ष मुनीका पाँच सय ७७ र १६ देखि ५९ महिना भित्रका एक हजार पाँच सय ७९ गरी दुई हजार एक सय ५६ बालबालिका छन् । उनीहरु सबैलाई खोपको मात्रा पूरा गरेसँगै नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । नगरपालिकामा आयोजित एक भव्य समारोहमा ज
इटहरी/ इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रष्फुटन प्रतियोगिता ‘मिस एसईई’ को पाँचौं संस्करण लाई ओपन स्पेस मिडिया प्रालिले आयोजना गर्दैछ । प्रतियोगिताको अडिसन वैशाखको पहिलो साता इटहरीमा आयोजना हुने आयोजकले जनाएका छन् ।यसअघि चार संस्करणसम्म सफल आयोजना गरिसकेको ओपन स्पेस मिडिया प्रालिले यसपटकको संस्करणलाई अझ व्यापक र प्रभावकारी बनाउन तयारी अघि बढाएको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार ‘मिस एसईई’ केवल सौन्दर्य प्रदर्शन मात्र होइन, बौद्धिक क्षमता उजागर गर्ने उत्कृष्ट माध्यम समेत ह
विराटनगर | कोशी प्रदेशको राजधानी विराटनगरमा ७२औं सिंचाइ दिवसका अवसरमा खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशको आयोजनामा विविध कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। “आधुनिक सिंचाइ विस्तार, दिगो कृषि विकासको आधार” भन्ने मूल नाराका साथ आयोजित उक्त दिवस वृक्षारोपण, रक्तदान तथा बृहत अन्तरक्रियात्मक कार्यक्रमका साथ मनाइएको हो।सिंचाइ दिवसको मूल उद्देश्य आधुनिक तथा प्रभावकारी सिंचाइ प्रणालीको विकास, जलस्रोतको दीगो उपयोग र जल व्यवस्थापनका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नु हो। सोही उद्देश्यअनुसार मन्त्रालयले यस वर्षको दिवसलाई थप प्रभावकारी र सहभागितामूलक बनाउन विभिन्न कार्यक्रमको आयोजना ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.