झापा | ठाडाराई अधिकारी सेवा समाजको आयोजना भएको गरुड महापुराण महायज्ञको सातौं दिन ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । ठाडाराई अधिकारी सेवा समाजका अध्यक्ष दान ब. अधिकारीको अध्यक्षतामा सचेतना कार्यक्रम गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाको सहकार्यमा गरिएको सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा प्रमुखले प्रहरी निरीक्षक गणेश निरौलाले ट्राफिक ज्ञान सग सम्बन्धि विभिन्न कुराहरूको जानकारी गराउनु भएको थियो ।
गाडीहरु ओभर ट्रक गर्ने गरेको र पुर्व पश्चिम राजमार्ग बन्दै गरेको हुँदा दुर्घटना बढेको कुरा मध्यान्जर गर्दै धार्मिक कार्य गरि रहेको बेला धेरै वृद्ध बृद्दा बुबा आमाको सहभागीता रहेको नेपालमा धेरै जनालाई ट्राफिक ज्ञान नहुदा दुर्घटना बढेको छ यस्ता कार्यक्रमले गर्दा व्यक्तिको जीवन जोगाउन मद्दत पुग्ने समाजका सदस्य प्रकाश अधिकारीले बताउनु भएको छ ।
कार्यसमितीले ठाडाराई अधिकारीको हितमा कार्य गर्ने र बंशवाली संकलनको कार्यलाई निरन्तरता दिदै टुङ्गोमा पुर्याउने गरि समितिले काम गर्ने गरि लागी परेको ठाडाराई अधिकारी सेवा समाजले कार्य गर्दै आएको ठाडाराई अधिकारी सेवा समाजका अध्यक्ष दान बहादुर अधिकारीले बताउनु भएको छ । सचेतना कार्यक्रममा ठाडाराई अधिकारी सेवा समाजका कार्यसमिति सदस्य, अधिकारी परिवारको उपस्थिती रहेको थियो । गरुडमहापुराण महायज्ञ २८ गते सम्म हुने छ ।


