इटहरी । धनकुटामा जारी शहिद भीमनारायण गोल्कपकमा साविक विजेता विर्तामोड युनाइटेड क्लब विजयी भएको छ । मंगलबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंलाई ३–१ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ४५ औं मिनेटमा विर्तामोड युनाइटेड क्लबका अभिषेक गुरुङले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५८ औं मिनेटमा विशाल भण्डारी र खेलको ६३ औं मिनेटमा गिल्सन कन्दङ्वाले गोल गरेर विर्तामोड खेललाई ३–० अवस्थामा पुर्याएका थिए । यस्तै खेलको ७० औँ मिनेटमा चित्लाङ फुटबल क्लबको लागि विदेशी खेलाडी डोकुले सान्त्वना ग
इटहरी । तिनकुने घटनामा पत्रकारको ज्यान गएको विषय छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले सहितको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालय पठाइएको ज्ञापनपत्रमा समाचार संकलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको मृत्युलाई शंकास्पद भनिएको छ । राजाबादीको आन्दोलनको समाचार संकलनका क्रममा आगलागीमा परी ज्यान गुमाएका पत्रकार रजकको घटनालाई सूक्ष्म रुपमा अनुसन्धान गर्न पत्रकार महासंघ सुनसरीको माग छ ।
इटहरी । उदयपुरको कटारी नगरपालिका वडा नं ४ कान्छी बजारबाट ठुलो परिमाणमा लागु औषधसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक भिमलाल ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोहि ठाउँ निवासी सात व्यक्तिलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताउनुभयो । पक्राउ पर्नेमा जिल्ला उदयपुर कटारी नगरपालिका वडा न। ७ का २९ वर्षीय हरिबहादुर तामाङ, वडा नं ८ का १९ वर्षीय भक्तबहादुर तामाङ, २५ वर्षका सोमकृष राई,वडा नं ४ का २३ वर्षीय अनमोल मगर, २० वर्षीया आरती राउत, २३ वर्षीय शरदकुमार सुनुवार र १९ वर्षीय बिक्रम साशंकार रहेको प्रहरी
इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका ६, कामफेक छेउमा तीन क्वीन्टन गाँजासहित रातो कारमा सवार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारले मङ्गलबार राति चेकजाँच गर्ने क्रममा को १ च ३४७८ नम्बरको कारभित्र कालो प्लाष्टिकले १० पोकामा बेरेर राखिएको तीन क्वीन्टन गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी तथा प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भेडेटार रवि–राँके सडकखण्डमा प्रहरी नायव निरीक्षक रमेश प्रधानको टोलीले चेकिङको क्रममा कारभित्र कालो प्लास्टिकले बेरेर पोका पारेको १० पोका गाँजा बरामद गरेको जनाइएको छ । सो
इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवास्थित साँवा माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ । भारत सरकार र मिक्वाखोला गाउँपालिकाको लागत साझेदारीमा विद्यालय भवन निर्माण हुने भएको हो । भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक परियोजना एचआईसिडिपिएस मार्फत विद्यालय भवन निर्माण गर्न लागिएको हो । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार १२ कोठा भएको तीनतले विद्यालय भवन निर्माण गरिनेछ । भारत सरकारको सहयोगमा चार करोड २९ लाख ११ हजार २९० रुपियाँको लागतमा उक्त भवन निर्माण हुने भएको थापाले जानकारी दिनुभयो । उहाँक
इटहरी / नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरी जिल्ला कमिटिले इटहरीमा बृहत जनजागरण सभा गर्ने भएको छ ।पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार पार्टीको केन्द्रिय सर्कुलरले चैत २० गते बुधबार सुनसरीको इटहरीमा एमालेले बृहत जनजागरण सभा गर्ने तयारी गरेको हो ।अस्ति चैत्र १५ गते पूर्व राजा ज्ञानेन्द्र साहको उक्साहटमा पूर्व राजावादीहरुको अराजक समुहले काठमाडौ तीनकुने, कोटेश्वर र जडिवुटी लगायतका क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी घोर भत्र्सना एवंम् विरोध गर्दै जनतालाई सचेतना र जागरणका लागि इटहरीमा बृहत जनजागरण सभा गर्ने जनाएको छ ।पा
इटहरी । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ । विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही
इटहरी । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका ८, सिन्कुलामा उक्त टोलीले २ जनालाई बारुदसहित पक्राउ गरेको हो । प्रहरीले साँगुरीगढी गाउँपालिका ८, सिन्कुलाका ३२ वर्षीय तेज कुमार बिक र ३८ वर्षीय मनभा राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
इटहरी । पूर्वी पहाडलाई जोड्ने ‘लाइफ लाइन’ सडकका रूपमा रहेको मेची राजमार्गको बिग्रिएको स्थानको वैकल्पिक मार्ग सञ्चालन गर्न बेलिब्रिजको काम सुुरु गरिएको छ । मेची राजमार्ग अन्तर्गत गोदकको सिमलगोलाई–तिल्केनी सडकबिचमा पर्ने जोगमाई खोलामा बेलिब्रिज राख्ने काम थालिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनुुभयो । करोडौँ रुपियाँ खर्चिंदा पनि सडक बग्ने व्रmम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माईखोला राजदुवालीमाथिको सडकखण्डको वैकल्पिक सडकका रूपमा सिमलगोलाइबाट जोगमाई र माईखोला हुँदै तिल्केनी जोड्ने १२ किलोमिटर कच्ची सडकलाई तयारी गर्न थालिएको छ । बर्सातको समयमा पनि पूर्वी पहाड इ
इटहरी । ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा दुई साताको अवधिमा दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार जिल्लाको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा एक युवक र आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा वृद्धको मृत्यु भएको भएको हो । थिङ्लाबुस्थित लुङ्जा भीरमा लागेको डढेलो निभाउने क्रममा पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन स्थायी ठेगाना भएका २७ वर्षीय भूपेन्द्र ल्वागुनको मृत्यु भएको हो । डढेलो निभाउने क्रममा एक्कासि आगोको ज्वालाले भेटेको र ल्वागुनको जलेर मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.