समाज

    Showing ७,३०१-७,३१० of ११,२७९ items.
  • इलाममा चियाको पहिलो टिपाइ सुरु, उत्पादनमा मौसमको प्रभाव

    इटहरी । इलाममा यस वर्षको उत्पादन सुरु हुन थालेको छ । चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा केही उद्योगका लागि पहिलो टिपाइ वा ‘फस्ट फ्लस’ को काम सुरु भएको छ ।बर्सैभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वसाथ लिने गरेका छन् । यस पटक अन्तुको श्रीअन्तु फार्मस् टी प्रालि, कन्याम चिया सहकारी र इलाम नगरपालिका–४ स्थित फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिजले पहिलो टिपाइको चिया प्रशोधन नै गर्न थालेका छन् । साँखेजुङस्थित ग्रिनहिल टी इन्ड्रस्टिजले पनि यही चैत १४ देखि यस वर्षको चिया प्रशोधन सुरु गर्ने जनाएको छ ।  पहिलो टिपाइको चिया निकै महत्वपूर्ण हुन्

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ३०२ पटक पढिएको
  • पूर्वपश्चिम राजमार्ग विस्तार सुस्त, तर बर्सातअगावै जंगल क्षेत्रमा कालोपत्रे गर्ने लक्ष्य

    इटहरी। एसियन हाइवेका रूपमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माण सुरु भएको १३ महिना भइसक्दा पनि १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन यो सडक २०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गतेदेखि काम सुरु भएको थियो । आयोजना निर्देशनालय ९एडिबी० का निर्देशक चुडाराज ढकालले यो अवधिमा २० प्रतिशत भौतिक प्रगतिको अपेक्षा गरिएको भए पनि सोचे अनुसार प्रगति नभएको बताउनुभयो । ग्रामीण र जङ्गल क्षेत्रमा लक्ष्य अनुसार नै प्रगति भइरहेको छ तर सहरी क्षेत्रमा विद्युत् पोल र घरटहरा हटाउन धेरै झमेला भइरहेकाले प्रगति सन्तोषजनक नभएको हो । यद्यपि अघिल्ला तीन महिनाभन्दा भौतिक प्

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ३१० पटक पढिएको
  • ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुँदै

    इटहरी । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो । नेपाल वायु सेवा निगमसँग रहेको दुई वटा जहाज ग्राउण्डेड भएपछि गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्ध भएको थियो । पुस पहिलो साता काठमाडौंबाट जहाज उडे पनि खराब मौसमका कारण बिचबाटै फर्किएको थियो । तत्कालका लागि एउटा जहाजको मर्मत सम्पन्न भएकाले आगामी शनिबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने तयारी भइरहेको नेपाल वायु निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि स

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ५८७ पटक पढिएको
  • रङ्गेली अस्पतालमा हाइड्रोशिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा

    इटहरी। मोरङको रङ्गेली अस्पतालले यही चैत ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिरहेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य कार्यालय मोरङ आयोजना र रङ्गेली अस्पतालको सहकार्यमा चैत ३ गतेदेखि सुरु गरेको सेवाबाट हालसम्म ८० जनाले सेवा लिइसकेका छन् । अस्पतालमा रङ्गेली, सुनवर्षी, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका, झापाको गौरिगञ्ज गाउँपालिकाका बिरामीले सेवा लिएका छन् । २० वर्षदेखि ६७ वर्षसम्मका बिरामीको उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका स्वास्थ्यकर्मी अनील देवले बताउनुभयो । रङ्गेली ५ शिवा मण्डलले निःशुल्क रुपमा उपचार पाउँदा खुसी प्रकट गर्नुभयो

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ३४२ पटक पढिएको
  • इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी नियन्त्रण गरी ११ जनाको सकुशल उद्धार

    इटहरी | इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्टर प्लाजामा भीषण आगलागीमा फेसका ११ जनाको उद्धार गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आगलागीमा फेसका  भोजपुरकी मेरिका राई, कैलालीका लक्ष्मी श्रेष्ठ,सुनसरी, वराहक्षेत्रका विजय धामी,काभ्रेका  विष्णु तामाङ,बङ्गलादेशी नागरिक एमडी जय,धनुषाका सञ्जय जैसवाल,मोरङ, विराटनगर-१५का दिया राय, दिया रायका श्रीमान विशाल सिंह र सुनसरी, रामधुनीका आशिष चौधरीको उद्धार गरिएको बताए। अन्य दुई जनाको भने परिचय खुल्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी मिश्रकाले बताए। उनीहरु मध्य दिया राय, दिया रायका श्रीमान र आशिषको इटहरी अस

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ४१२ पटक पढिएको
  • साहित्यकार निरौलालाई ‘योग-हरि पौडेल स्मृति नवसर्जक प्रतिभा सम्मान’

    इटहरी । युवा साहित्यकार मणि निरौलाले नवसर्जक साहित्य चौतारी नेपाल, हेटौंडाले प्रदान गर्दै आएको ‘योग-हरि पौडेल स्मृति नवसर्जक प्रतिभा सम्मान, २०८१’ प्राप्त गरेका छन् ।मकवानपुरको हेटौंडामा आयोजित ‘दोस्रो राष्ट्रिय नवसर्जक उत्सव एवम् प्रथम केन्द्रीय अधिवेशन, २०८१’ का अवसरमा प्रादेशिक प्रतिभा सम्मान (कोशी प्रदेश) को रूपमा निरौलालाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र पुरस्कार संस्थापक हेटौंडाकी साहित्यसेवी प्रभा पौडेलले साहित्यकार निरौलालाई खादा ओढाएर नगद राशि र सम्मानपत्रले सम्मान गरेका थिए ।किशोरवयमै कृति प्रकाशनका मा

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ४१३ पटक पढिएको
  • भेडा पालन व्यवसाय सङ्कटमा

    सुनसरी  । भेडा पालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्र अभावको कारण सुनसरीका किसान चिन्तामा परेका छन् । भेडा पालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको  देखिन्छ । चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडा पालक कृषक प्रमोद पालले बताए । चरन क्षेत्रको अभावको कारण भेडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।‘चरन क्षेत्रको अभावमा भेडा पालन व्यवसाय सङ्कटमा पर्दै गएको अवस्था छ’, किसान पालले भने, ‘भेडा पाल्न समस्या छ । सहजरुपमा चराउन सक्ने अवस्था छैन । खाली चौर ,मैदान क्षेत्रको अभावको कारण भेडा पालन व्यव

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ४१९ पटक पढिएको
  • साझा फुलबारी टोल विकास संस्थाको अध्यक्षमा पुन विष्णु कुमार धमला चयन

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको साझा फुलबारी टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको १० औं वार्षिक साधारणसभाले विष्णु कुमार धमलालाई पुनः अध्यक्षमा चयन गरेको हो । साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष धमला सँगै उपाध्यक्षमा दल बहादुर कार्की, सचिवमा गोविन्द भट्टराई, कोषाध्यक्षमा साबित्रा श्रेष्ठ चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा तोयानाथ तिम्सिना, सबिता थापा, भीम बहादुर खत्री, लिलाभक्त कार्की, भक्तबहादुर कटवाल, र लक्ष्मी श्रेष्ठ रहेका छन् । संस्थाका नव–निर्वाचित अध्यक्ष विष्णु कुमार धमलाले समुदायको विकास र समृद्धिका लागि प्रभावकारी कार्यक्रम अघि बढाउन

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ३४५ पटक पढिएको
  • रामधुनी नगरपालिकामा बहुमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम सुरु

    इटहरी । उद्यमशीलता प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले रामधुनी नगरपालिकामा बहुमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भएको छ । कोशी प्रदेश सरकार, रामधुनी नगरपालिका, र दायित्व संस्थाको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमले स्थानीय नागरिकलाई स्वरोजगार बनाउन तथा साना उद्योग व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ । प्रबन्धक संजय पोखरेलको अध्यक्षता तथा रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । कार्यक्रमले साना उद्योग व्यवसाय गर्नेलाई सहज हुने छ । उद्यमीहरूलाई व्यवसाय क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कार्

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ५२७ पटक पढिएको
  • रामधुनीमा स्त्री तथा महिला रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर

    इटहरी । रामधुनीमा स्त्री तथा महिला रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । रामधुनी नगरपालिकाको आयोजना तथा नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा निर्माणाधीन झुम्का आधारभूत अस्पतालमा भएको उक्त शिविरबाट १ सय २२ जनाले सेवा लिएका थिए । शिविरमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा बाँझोपन भएका महिलाहरूका लागि प्रारम्भिक परीक्षण तथा रोकथाम व्यवस्थापन गरिएको थियो । रामधुनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नगेन्द्र पौडेलका अनुसार, स्थानीय महिलाहरूलाई लक्षित गरी स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । महिलाहरूका लागि नियमित स्वास्थ

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ४२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]