सुनसरी । भेडा पालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्र अभावको कारण सुनसरीका किसान चिन्तामा परेका छन् । भेडा पालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको देखिन्छ ।
चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडा पालक कृषक प्रमोद पालले बताए । चरन क्षेत्रको अभावको कारण भेडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
‘चरन क्षेत्रको अभावमा भेडा पालन व्यवसाय सङ्कटमा पर्दै गएको अवस्था छ’, किसान पालले भने, ‘भेडा पाल्न समस्या छ । सहजरुपमा चराउन सक्ने अवस्था छैन । खाली चौर ,मैदान क्षेत्रको अभावको कारण भेडा पालन व्यवसायी संकटमा परेको हो । त्यही पनि सहजरुपमा चराउन सक्ने अवस्था छैन ।


