इटहरी। घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुङ्गानाकी २१ महिनाकी छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर ज्यान गएको हो । जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आउनुभएका पोखरेल दम्पतीकी छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको नातेदार डिएसपी पोखरेलले जानकारी दिनुभयो । बार्दलीबाट ढलान गरेको रोडमा लडेकी बालिका अनुसोयाको बाहिरी चोट भने देखिएको थिएन । उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौंस्थित ट्रमा सेन्टर अस्प
इटहरी। राष्ट्रपति रामचन्द्र पौडेल सोलुखुम्बु आउनुहुने भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उदघाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चैत ११ गते सोलुखुम्बु आउन लाग्नुभएको हो । राष्ट्रपति पौडेलले भवन उदघाटनका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०–८१ को वैशाखमा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कम्पनी आरोन ओमबालाजी इआर रामेछापले २०८१ माघमा सम्पन्न गरी गाउँपालिकालाई चाबी हस्तान्तरण गरेको थियो । नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा भव
भोजपुर | भोजपुर जिल्लाको टेम्केमैयु गाउँपालिका नम्बर वडा ४ नागिको घिमिरे गाउँमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।श्री प्रसाद घिमिरेको गोठमा लागेको आगोले कुखुराको खोर, ९ ट्याक्टर पराल , काठ, लुगाफाटा, डोका, नाम्ला, हलो-जुवा, तथा बाख्राखोर पूर्ण रूपमा नष्ट गरेको थियोे । गोठको संरचना समेत जलेर नष्ट भएपछि ठूलो आर्थिक क्षति नभएको स्थानीयहरूले बताएका छन्।स्थानीय स्तरमा दमकल सेवा उपलब्ध नहुँदा आगो निभाउन कठिनाइ भएको पीडित श्री प्रसाद घिमिरेले जानकारी दिए। आगलागी नियन्त्रण गर्न ४ घन्टासम्म लागे पनि आवश्यक स्रोत साधन नहुँदा पूर्ण रूपमा नियन्त्रण गर्न समस्या भएको थियो। आगलागी
इटहरी । खोटाङमा माध्यमिक शिक्षा परीक्षा एसइईको एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा रहेको एसइई परीक्षा केन्द्रमा एउटा मात्र विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन्। जालपाकै अर्को माध्यमिक विद्यालय ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले गाउँकै जालपा मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका हुन्। उक्त परीक्षा केन्द्रमा ज्योति माविका २२ जना नियमित र ग्रेडवृद्धिका पाँच जना विद्यार्थी छन्। शिक्षा विकास तथा समन्वय एकाई खोटाङको तथ्यांक अनुसार जालपा परीक्षा केन्द्रमा ज्योति माविका २५ जना
इटहरी। सरकारी दमक अस्पतालले बिरामीको चाप अधिक भएपछि बिहान साढे ७ बजेदेखि नै बिरामी जाँच सुरु गरेको छ । बिहान ५ बजेदेखि नै बिरामी लाइन बस्ने र साढे १० बजेदेखि मात्र बिरामीको जाँच हुने भएकाले बिरामीहरुले धेरै हैरानी खेप्दै आएका थिए । दैनिक १ हजारभन्दा बढी बिरामीहरु ओपिडीका लागि आँउदा बिहान ५ बजे लाइन बसेको बिरामीले बेलुकासम्म बसेर सेवा लिने अवस्था रहेको थियो । यसअघि छाला रोग सम्बन्धिको ओपिडी सेवा बिहान सुरु गरिएको थियो । नगर अस्पतालको रुपमा रहेको दमक अस्पतालको सेवा विस्तारको क्रममा विहिबारदेखि बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको दमक नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापाले ब
इटहरी । आर्थिक वर्ष २०८२र८३ का लागि संघीय सरकारले ताप्लेजुङका ९ स्थानीय तहलाई ९९ करोड २० लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान प्रदान गर्ने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सरकारले रकम प्रदान गर्ने भएको हो । आयोगका अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकाले १४ करोड ६९ लाख पाउनेछ भने सबैभन्दा कम मैवाखोला गाउँपालिकाले ९ करोड ४४ लाख पाउनेछ । सिरिजंगाले १२ करोड ७८ लाख, फक्ताङलुङले ११ करोड ३३ लाख, मेरिङदेनले १० करोड ७९ लाख, सिदिङवाले १० करोड ३० लाख, पाथीभरा याङवरकले १० करोड ७ लाख, आठराई त्रिवेणीले १० करोड र मिक्वाखोलाले ९ करोड ९० लाख पाउने उल्लेख छ । न्यूनतम अनुदान, सूत्रमा आ
इटहरी। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिनुभयो । विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस
इटहरी । सप्तकोशी नदीको पूर्वी तटबन्ध किनारका बढी पानीको चाप पर्ने स्परको पहिचान गरेर मर्मत गर्न थालिएको छ । कोशी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले वर्षामा पानीको चाप पर्ने स्परहरूको मर्मत फागुनको पहिलो साताबाट सुरु गरिएको छ । पूर्वी तटबन्धको सुरक्षाका लागि तटबन्धसँगै रहेका स्परको मर्मत गर्न सुरु गरिएको छ । नदीमा वर्षासँगै आउने बाढीले स्परको अगाडिको भागमा पानीको चापका कारण स्पर कमजोर हुने हुँदा तटबन्धको सुरक्षाका लागि त्यसको मर्मत थालिएको मोहन मण्डलले बताउनुभयो । मर्मतको काम गर्दै आउनुभएका मण्डलले सप्तकोशी नदीमा वर्षामा आउने बाढीलाई लक्षित गरेर वर्षाअगावै तटबन्धको सुरक्षाका
इटहरी । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नयाँ वर्ष विसं २०८२ वैशाख १ र २ गते ‘रेडपाण्डा तथा थार महोत्सव’ गर्ने तयारी गरेको छ । नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ लाई सफल पार्दै विश्वमै लोपोन्मुख वन्यजन्तको सूचीमा रहेको रेडपाण्डा र थारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वडा नं २ सोल्मास्थित हुर्लुङमा दुईदिने महोत्सवको आयोजना गरेको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी खण्डको हुर्लुङमा आयोजना गरिने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिअनुसारका खाना, वेशभूषा, रहनसहन, स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी खिचिएका तस्बिर तथा
इटहरी। भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो । गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । किसानलाई व्यावसायिक अकबरे खुर्सानीखेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हातेट्र्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे गरी रु ५१ लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो । किसानलाई एक हजार पाँ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.