भोजपुर | भोजपुर जिल्लाको टेम्केमैयु गाउँपालिका नम्बर वडा  ४ नागिको घिमिरे गाउँमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।

श्री प्रसाद घिमिरेको गोठमा लागेको आगोले कुखुराको खोर, ९ ट्याक्टर पराल , काठ, लुगाफाटा, डोका, नाम्ला, हलो-जुवा, तथा बाख्राखोर पूर्ण रूपमा नष्ट गरेको थियोे । गोठको संरचना समेत जलेर नष्ट भएपछि ठूलो आर्थिक क्षति नभएको स्थानीयहरूले बताएका छन्।

स्थानीय स्तरमा दमकल सेवा उपलब्ध नहुँदा आगो निभाउन कठिनाइ भएको पीडित श्री प्रसाद घिमिरेले जानकारी दिए। आगलागी नियन्त्रण गर्न ४ घन्टासम्म लागे पनि आवश्यक स्रोत साधन नहुँदा पूर्ण रूपमा नियन्त्रण गर्न समस्या भएको थियो। आगलागी ठाउँमा वडा अध्यक्ष हर्कराज राईसमेत पुगेरका थिए । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियोे । 

यस घटनाले गाउँमा दमकल सेवा अभावको गम्भीर समस्या उजागर गरेको सन्तोष घिमिरेले जानकारी दिए । भविष्यमा यस्ता दुर्घटनाबाट जोगिन गाउँपालिकाले आवश्यक पूर्वसतर्कता अपनाउनु पर्ने स्थानीयबासीको माग छ।