समाज

    Showing ७,४६१-७,४७० of ११,२७९ items.
  • त्रि–धार्मिक स्थलमा अवस्थित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न लोगो सार्वजनिक

    इटहरी । त्रि–धार्मिक स्थलमा अवस्थित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न ९लोगो० सार्वजनिक गरिएको छ । ऐतिहासिक धार्मिक, एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरू समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थमन्त्री प्रकाशशरण महतको हातबाट लोगो सार्वजनिक गरिएको हो । पूर्व अर्थमन्त्री महतसँगै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई लगायतले लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले लोगो निर्माणका लागि सार्वजनिक सूचना निकालिएको थियो । उक्त सूचन

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ३४६ पटक पढिएको
  • पाँचथरका चार जना महिला अटो चालकलाई सम्मान, श्रमिक महिला दिवसको अवसरमा सम्मान समारोह

    इटहरी । पाँचथर जिल्लाका विभिन्न स्थानमा तीनपाङ्ग्रे साधन ९अटो० चलाएर नागरिकको आवागमनमा सहजीकरण गर्दै आएका चार जना महिलालाई सम्मान गरिएको छ । उहाँहरुलाई फिदिममा आयोजित एक कार्यक्रममा सामूहिक सम्मान गरिएको हो । अन्तरपार्टी महिला सञ्जाल पाँचथरले एक सय १५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा करुवा र कदर पत्रमार्फत उनीहरु सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा फालेलुङकी गीता केरुङ र हिलिहाङकी सुस्मिता सेर्पासँगै फिदिमका सोनु तुम्बापो र प्रेमकुमारी आले हुनुहुन्छ । सम्मान हुनेमा गीता केरुङ जिल्लाकै पहिलो अटो चालक महिलाका रुपमा पहिचान बनाउन सफल हुनुहुन्छ । अटो चाल

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • २७३ पटक पढिएको
  • इतिहास बोकेर बाँचिरहेको कोटगढी

    इटहरी। ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरुका कतीपय ऐतिहासिक कुराहरु मेटिसकेका छन् । खोटाङको डुम्रेधारपानीमा रहेको कोटगढी भने तीन सय वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर यो ऐतिहासिक क्षेत्रमा पुरातात्विक विभाग वा सङ्घीय र प्रदेश सरकार कसैको पनि नजर पुगेको छैन । रावाबेसी गाउँपालिका–४ डुम्रेधाापानीमा रहेको कोटगढी बाइसे–चौबीसे राज्यको पालामा राज्य एकीकरण गर्नका लागि सेनाहरुले युद्ध गर्न बसेको ठाउँ मानिन्छ । किरातवंशीय शासकहरुले राज्य सञ्चालन गर्ने समयमा सेनाहरु बस्न निर्माण गरिएको घरको अवशेष कोटगढीमा अझै सुरक्षित छ । सेनाहरुले खानेपानी जम्मा गर्न निर्माण गरेको इनार र इनार

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • २०७ पटक पढिएको
  • मिहिनेतनै नगरी कुरा मात्रै गरेर प्रगतिको चाहना पूरा गर्न सकिँदैन, उपप्रधानमन्त्री सिंह

    इटहरी। उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मिहिनेतनै नगरी कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताउनुभएको छ । श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रगतिको जनचाहना पूरा गर्न मिहिनेत गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजका गाउँमा शिक्षको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताउनुभयो । उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेकोमा पनि जोड दिनुभयो । देशले समृद्धि र विकास हासिल गर्नका लागि होस् वा विद्यार्थी

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • १८० पटक पढिएको
  • खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा

    इटहरी । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले बताए । यो सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७९–८० मा विनियोजित ४० लाख र २०८०–८१ मा विनियोजित २० लाख खर्च भएको जना

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • २३६ पटक पढिएको
  • इटहरीमा दोस्रो तरहरा अर्गानिक १० किलोमिटर खुल्ला दौडमा दुई हजारभन्दा बढीको सहभागिता

    इटहरी | इटहरीमा शनिबार सम्पन्न दोस्रो तरहरा अर्गानिक १० किलोमिटर खुल्ला दौड प्रतियोगितामा दुई हजारभन्दा बढी धावकले भाग लिए। स्थानीय खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले धावकहरूलाई प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गरेको छ। प्रतियोगिता तरहरा रनको आयोजनामा सम्पन्न भएको हो, जसमा विभिन्न उमेर समूह तथा वर्गका धावकहरूले आफ्नो क्षमताको प्रदर्शन गरे।प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र वडा नं. २० का अध्यक्ष मणिराम श्रेष्ठले गरे। उनीहरूले इटहरी र आसपासका क्षेत्रमा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ३६१ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशनमा ढिलाइ, निर्वाचन अन्योलमा

    इटहरी – जनता बहुमुखी क्याम्पस, इटहरीमा स्ववियु निर्वाचनका लागि  मतदाता नामावली प्रकाशन हुन सकेको छैन । यसले गर्दा स्ववियु निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।त्रिभुवन विश्वविद्यालय (TU) ले स्ववियु निर्वाचन प्रयोजनका लागि माघ ११ गते सम्मको भर्नालाई अन्तिम मान्ने निर्णय गरेको थियो । तर जनता बहुमुखी क्याम्पस TU को आङ्गिक क्याम्पस नभएकाले आफ्नै परम्परा अनुसार फागुन १५ गते सम्म विद्यार्थी भर्ना लिने भनेको थियो  । यही आधारमा क्याम्पसमा विद्यार्थीहरूले तोकिएको अन्तिम मिति सम्म भर्ना लिएका थिए । तर, हाल आएर मतदाता नामावली प्रकाशनमा अवरोध सिर्जना भएको छ । माघ ११ पछाडी भर्ना भएका विधार्थीलाई

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ६५९ पटक पढिएको
  • व्यवसायिक योजना बिना सहकारी संस्थाहरु संकटमा, वराहक्षेत्रमा तालिम मार्फत समाधान खोजी

    इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा बजेट र राणनीतिक योजना तर्जुमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । नगर क्षेत्रमा रहेका सहकारी संस्थाहरुका लागि बजेट र राणनीतिक योजना तर्जुमा गर्न सहज बनाउने उद्देश्यले तीन दिने प्रयोगात्मक तालिम सुरु गरिएको हो । वराहक्षेत्र नगरपालिका क्षेत्रभित्र रहेका २२ वटा सहकारी संस्थाहरुलाई संस्थाको बजेट र राणनीतिक योजना तर्जुमा गर्न सञ्चालकहरुलाई प्रयोगात्मक तालिमको आयोजना गरिएको नगर आर्थिक विकास शाखा प्रमुख मातृकाप्रसाद तिवारीले बताउनुभयो । आर्थिक शाखामार्फत सहकारीका सञ्चालकहरुलाई व्यवसायिक योजना बनाउन प्रयोगात्मक रुपमै सहजीकरणर गरिएको शाखा प्रमुख तिवारीले बताउनुभयो

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • २५८ पटक पढिएको
  • माया घरमा लायन्स भवनको शिलान्यास, साढे ३ तले भवन ९ महिनाभित्र निर्माण हुने

    इटहरी । लायन्स क्लब इन्टरनेशनल, इटहरी उपमहानगरपालिका, र माया घर नेपालको सहकार्यमा निर्माण हुन लागेको माया घर लायन्स भवनको शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भवनकोे शिलान्यास गर्नु भएको हो । सामाजिक सेवा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको यो भवन साढे ३ तलाको हुनेछ र ९ महिनाभित्र सम्पन्न गरिनेछ । १ करोड ७२ लाख ५४ हजारको लागतमा निर्माण हुने यो भवनका लागि प्रदेश सरकारले ५० लाख सहयोग गरेको छ भने बाँकी रकम लायन्स क्लब र अन्य साझेदार संस्थाहरुको आर्थिक सहभागिताबाट जुटाइनेछ । भवन निर्माणको जिम्मा जय कुलायन निर्माण सेवा, इटहर

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • २५२ पटक पढिएको
  • मोरङको उर्लाबारीबाट चोरी भएका २० थानसहित ३२ थान मोबाइल बरामद

    इटहरी । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमा परिचालन भएको प्रहरी टोलीले चोरी भएका मोबाइल बरामद गरेको छ । खोजतलासको क्रममा विभिन्न कम्पनीका ३२ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका ५ स्थित योगराज कार्कीको मोबाइल पसलको सटर तोडफोड गरी चोरी भएको मोबाइलहरू खोजतलासको क्रममा परिचालन भएको प्रहरी टोलीले भारतीय प्रहरीसँगको सहकार्यमा भारतका विभिन्न स्थानहरूबाट बरामद गरेको हो । उर्लाबारीमा चोरी भएको २० थान मोबाइल, नवलपरासीमा चोरी भएका

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • २६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]