समाज

    Showing ७,४८१-७,४९० of ११,२७९ items.
  • जनता बहुमुखी क्याम्पस इटहरीमा नेपाल विद्यार्थी संघबाट सुमन बाबु बस्नेत सभापति पदका उम्मेदवार

    इटहरी | इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुमन बाबु बस्नेतले सभापति पदमा उम्मेदवारी दिने भएका छन्।नेपाल विद्यार्थी संघले बस्नेतलाई क्याम्पसमा विद्यार्थी हकहित, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूका समस्या समाधानका लागि योग्य उम्मेदवारका रूपमा अगाडि सारेको हो। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय बस्नेतले शिक्षाको पहुँच, क्याम्पस भौतिक पूर्वाधार सुधार तथा छात्रवृत्ति व्यवस्थापनलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्।स्ववियु निर्वाचनलाई लक्षित गर्दै क्याम्पसमा विभिन्न विद्यार

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ६६१ पटक पढिएको
  • ‘हेलो सरकार पोर्टल’ सञ्चालनसम्बन्धी गोष्ठी

    इटहरी । कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित हेलो सरकार पोर्टल सञ्चालन तथा गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले राष्ट्रसेवक कर्मचारीले सकेसम्म गुनासो आउन नदिनेतर्फसचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले पहुँचविहीन नागरिकको समस्या तत्काल सम्बोधन भएमा राष्ट्रसेवक कर्मचारीप्रति नागरिकको धारणामा पनि परिवर्तन आउने विचार राख्दै कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याएको होलो मुख्यमन्त्री ९सिएम० कार्य

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • २४० पटक पढिएको
  • धरानमा तीन राउण्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा बरामद

    इटहरी। धरान उपमहानगरपालिकामा तीन राउण्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएर एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान धरान–२० चिमफुले खोलाबाट गाँजा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले भरिया आउँदै गरेको अवस्थामा रोकेर चेक जाँच गर्न खोज्दा भरिया भारी छोडेर भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरी धनकुटाका ४३ वर्षीय हरिकुमार राई र ९ वटा बोरामा प्लास्टिकसहित दुई सय ३० केजी र प्लाष्टिक बाहेक दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएको इ

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ३७९ पटक पढिएको
  • चित्रकलामार्फत पर्यटन प्रवर्धन

    इटहरी । पर्यटन प्रवर्धनका लागि अनेक उपाय अपनाइएका छन् तर पछिल्लो समय चित्रकला पनि प्रवर्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । राष्ट्रिय तथा स्थानीय कलाकार साथै विभिन्न सङ्घ संस्थाले नेपालका प्रसिद्ध पर्यटकीय स्थललाई क्यानभासमा उतार्दै विश्वभर फैलाउने अभियान सुरु गरेका छन् । नेपालका चर्चित चित्रकार तथा मूर्तिकार धनु याक्खाको समूह ओखलढुङ्गा आइपुगेको थियो । उहाँसँग लिथुआनियाका चित्रकार मारियस र नेपालकै चर्चित चित्रकार विवेक मुकारुङ हुनुहुन्थ्यो । ओखलढुङ्गाको ठाँडे, जन्तरधाप र सोलुखुम्बुको पत्तालेबाट देखिने हिमशृङ्खलाको मनोरम दृश्य प्रत्यक्ष रूपमा चित्र बनाउनका लागि उहाँहरू यहाँ आउनुभएको थियो । जह

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • २३७ पटक पढिएको
  • धाप्लाङघाटमा पक्की पुल निर्माण तीव्र गतिमा, निर्माण कार्यमा सुधार

    इटहरी । सुनकाशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित पक्की पुल निर्माण तीव्र गतिमा अगाडि बढेको छ । यसअघि कोशीमा आएको बाढीको कटानबाट खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि पुल निर्माणको काम अन्योलग्रस्त भएको थियो । खोटाङबाट निर्वाचित प्रदेश सभा सदस्य एवं वर्तमान कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई तथा उदयपुर–१ का सङ्घीय सांसद डा। नारायण खड्काको निरन्तर प्रयासपछि निर्माण कम्पनीले पुल निर्माणको कामलाई अगाडि बढाएको हो । यो पुलले खोटाङको वराहा पोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्छ ।   पुल निर्माणको ठेक्का पाएको निर्माण कम्

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • १६९ पटक पढिएको
  • हेवाखोला पुल निर्माणमा ढिलाइ, ताप्लेजुङवासी चिन्तित

    इटहरी । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पक्की पुल निर्माणमा ढिलाइ हुँदा ताप्लेजुङवासी चिन्तित बन्न थालेका छन् । हिउँदयाम सकिनै लाग्दासमेत पुल पुनर्निर्माण हुन नसक्दा यहाँका बासिन्दा चिन्तित बनेका हुन् । गत असोज १२ गतेको भीषण वर्षासँगै बाढीले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको मेची राजमार्ग जोड्ने बेलिब्रिज बगाएको थियो । यही पुलका कारण राजमार्गले पहिलो पटक ताप्लेजुङलाई सडक सञ्जालमा जोडेको थियो । पछिल्लो समय निर्माणाधीन तमोर कोरिडोर र मदन भण्डारी धनकुटा–वसन्तपुर–गुफा–दोभान सडक० राजमार्गले ताप्लेजुङलाई जोडे पनि सडक पहुँच र यातायात सञ्चालनका

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • १७७ पटक पढिएको
  • ताप्लेजुङको मिक्वाखोला–४ मा खसीको मासु प्रतिकिलो ६०० रुपैयाँ तोकियो

    इटहरी । ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समानसहित खसीको मासुको मूल्य छ सय रुपियाँ तोकेको छ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो । वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४ सय रुपियाँ, खसीको मासु प्रतिकिलोग्राम ६ सय रुपियाँ, राँगाको मासु प्रतिकिलोग्राम ३ सय रुपियाँ तोकेको छ । त्यस्तै वडाले बाख्राको मासु प्रतिकिलोग्राम ५ सय रुपियाँ र स्थानीय लोकल कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम एक हजार रुपियाँ तोकेको छ । यसै गरी मूल्य दर तोके ९निर्धारण० अनुसार खाद्यान्न अर्थात् अन्नपाततर्फ धान प्रतिपाथी २५० रुपियाँ, मकै पाथीको ३०० रुपि

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ३४६ पटक पढिएको
  • ‘ मुन्धुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

    इटहरी ।  सरकारको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल ‘मुन्धुम पदमार्ग’  विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा, सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु। एक करोड लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनः निर्माणको काम थालिएको हो । पदमार्ग निर्माणका विषयमा जानकारी गराउने उद्देश्यले पदमार्ग बनिरहेको हाँस पोखरीमा सार्वजनिक सुनुवाइ गरिएको छ । सार्वजनिक सुनुवाइमार्फत योजनाको लागत, योजना सञ्चालन पद्धति, योजना सञ्चालन हुने क्षेत्र र पदमार्ग निर्माण अवधिलगायतको विषयमा सरोकारवाला पक्षलाई जानकारी दिइएको हो । यो

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • २१२ पटक पढिएको
  • अर्ग्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्दैै सूर्योदय नगरपालिका

    इटहरी ।  सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी  प्रयोगमा कडाइ गर्न थालेको छ ।  नगरका किसानले तरकारीलगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो ।  नगरपालिकाले अर्ग्यानिक  चिया उत्पादन अभियान नै सञ्चालन गर्न किसानलाई प्रोत्साह गरिराखेको छ । नगरपालिकाले गत दुई आर्थिक बर्षमा विपन्न नागरिक सहायता कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाका लागि आर्थिक सहयोगमा लागि सिफारिस गरिएका बिरामीहरुमध्ये सबैभन्दा बढी क्यान्सर रोगी देखिएका छन् । आब २०७९र०८० मा सिफारिस गरिएका ५७ जना बिरामीमध्ये सबैभन्दा बढी ४० जना क्यान्सर पीडित थिए भने मिर

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • २३५ पटक पढिएको
  • ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा

    इटहरी ।  जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छ भने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् । नेपाल वायुसेवा निगमको

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • २५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]