इटहरी | इटहरी उपमहानगरपालिका–२० का वडा सदस्य बहादुर तामाङको नेतृत्वमा इटहरी उपमहानगरपालिकाको तरहरा रनद्वारा आयोजित दोस्रो १० के रन प्रतियोगितालाई सफल बनाउन १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। स्थानीय व्यवसायी साथीहरू र विदेशमा हुने साथीहरूबाट संकलन गरिएको हो। रनको तयारी तिव्र पारिको छ ।फागुन २४ गते शनिबार हुने यो दौड प्रतियोगितामा २२ सयभन्दा बढी धावक सहभागी हुनेछन्। प्रतियोगितामा कोशी प्रदेशका विभिन्न स्थानका साथै भारतको सिक्किम, दार्जिलिङ, मिरिकलगायतका स्थानबाट धावकहरूको सहभागिता रहनेछ।प्रतियोगिता विभिन्न आठ विधामा सञ्चालन हुनेछ। १२ वर्षभन्दा कम उमेरका बालबालिकाले ३ किलोमिटर दौड, १६ वर्षभन्द
इटहरी । खोटाङका दिवंगत विद्यार्थीको स्मृतिमा परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारस्थित पिपलडाँडा माध्यमिक विद्यालयका दिवंगत विद्यार्थी टङ्कल राईको सम्झनामा १ लाख ११ हजार १ सय ११ को अक्षयकोष स्थापना गरिएको हो। मङ्गलबार विद्यालयमा आयोजित विशेष कार्यक्रममा राई परिवारले उक्त रकम विद्यालयका प्रधानाध्यापक भेखनाथ चौधरीलाई हस्तान्तरण गरे। कोष संरक्षक लोकबहादुर राईका अनुसार कोषको ब्याजबाट प्राप्त रकम विद्यालयका गरिब, विपन्न तथा उत्कृष्ट छात्रछात्रालाई हरेक वर्ष पुरस्कारस्वरूप प्रदान गरिनेछ । ११ कक्षामा अध्ययनरत टङ्कलको सम्झना ‘सदैव कायम रहोस्’ भन्ने उद्देश्यल
इटहरी । पाँचथरको तुम्बेवा गाउँपालिकालाई चिनाउन आयोजना गर्न लागिएको पहिलो ऐतिहासिक तुम्बेवा महोत्सवको अवसरमा काग सम्मेलन हुने भएको छ। २७ फागुनदेखि हुन लागेको महोत्सवमा २९ गतेको कार्यक्रममा काम सम्मेलनलाई समावेश गरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिए । कलाकार रमेश दुलालले गर्न लागेको सम्मेलनमा कागको भेला गरिन्छ । कलाकार दुलालले विगत २० वर्षदेखि काग सम्मेलन गर्दै आएका छन । उनको कला पाँचथरमा पहिलो पटक तुम्बेवामा प्रस्तुत हुन लागेको हो । उनले कार्यक्रम आयोजना स्थलमा काग भेला गरेर सम्मेलन गर्ने तयारी छ । बिभिन्न चराचुरुङ्गी, जनवार र बाध्यवादनको आवाज प्रस्तुत गर्न सक्ने कलाकार दुलालले
इटहरी । हिउँमा यस वर्ष अहिलेसम्म वर्षा हुन नसकेपछि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा जमिनमुनि पानीको सतह घटेर ट्युबबेलमा पानी सुक्न थालेको छ । ट्युबबेलको पानी सुक्न थालेपछि स्थानीयलाई पिउने पानीको समस्या हुन थालेको हो । त्रियुगा नगरपालिका–१ को जोगीदह, २ को खैनपुर, मोथ्याइ, वडा नं १२ को बोटेटोल गाईघाट, वडा नं १३ असारी पोर्ताह, लक्ष्मीपुरसहितका क्षेत्रमा जमिनमुनि पानीको सतह घट्न थालेपछि ट्युबबेलबाट पानी आउन छाडेको स्थानीय प्रेमप्रसाद भुजेलले बताए । असारी क्षेत्रका अहिले झण्डै चार दर्जनभन्दा बढी ट्युबबेल सुक्न थालेपछि पिउने पानीको समस्या भोग्नुपरेको स्थानीय बताउँछन् । त्रियुगा–१२ पुरानो
इटहरी । पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रकुमार राईले धनकुटामा खानेपानीका लागि २ अर्व ५० करोड र सडकका लागि करिब १ अर्व बजेट आएको बताउनु भएको छ । धनकुटामा जिल्ला स्तरीय अर्धवार्षिक समीक्षा तथा अन्तरक्रियात्मक छलफल कार्यक्रमको बुधबार उद्धाटन गर्दै पूर्वमन्त्री राईले जिल्लाका हरेक कार्यक्रम गर्दा जनताका गरिबी कम हुने, आम्दानी बढ्ने तथा सुशासनको कायम हुनुपर्ने बताउनु भएको छ । पूर्वमन्त्री राईले मुलुकको विकासको लागि दुई ठूला पार्टी मिलेर सरकार बनाउनु परेको बताउनु भएको छ । उहाँले सानासाना पार्टी मिलेर बनेको सरकारले देशको अर्थतन्त्र र सुशासनलाई हल गर्न नसकेकाले ठूला पार्टी मिलेर सरका
इटहरी । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि।सं। २०२९ फागुन २१ गते झापा र इलामको सिमानास्थित सुखानीको जङ्गलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी हत्या गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले आज बिहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरुको शालिकमा माल्यार्प
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विद्यालय विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण गर्न सुरु गरिएको छ। आँखामा समस्या भए समयमै निदान गर्न विद्यालय विद्यालयमा पुगेर बालबालिका अर्थात विद्यार्थीको आँखा परीक्षण गर्न थालिएको हो। सिदिङ्वा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरी विद्यार्थीको आँखा परीक्षण गर्न थालिएको हो। गाउँपालिकाका सबै वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गर्नेगरी सोमबारदेखि शिविर सुरु गरिएको छ। शिविरको दोस्रो दिन मङ्गलबार वडा ३ आङ्खोपमा
इटहरी । कोशी अस्पताल, विराटनगरमा सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत जितेन्द्र भनिने जितेन चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चौधरीले नेपाल स्वास्थ्य व्यावसायी परिषद्को सदस्य हुन् भनी तथा राजिव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बिएससी तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी रेडियोग्राफर पदमा मिति २०७२ माघ १ गते नियुक्ति लिई सो ओहोदा, लाभ र सुविधा प्राप्त गरेका हुन् । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई म
इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक युवक मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय दिपेश केदेमलाई आज बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो । वडाध्यक्ष तेजकुमार चोङबाङका अनुसार सान्थाक्राको आङचोक सडकखण्डमा केदेमको शरीर अङ्गभङ्ग भएको अवस्थामा फेला पारिएको छ । उहाँलाई मालबाहक गाडीले किचेको स्थानीयले अनुमान गरेको वडाध्यक्ष चोङबाङले बताउनुभयो । घटना मङ्गलबार साँझ करिब ८ बजेको समयमा भएको हुनसक्ने स्थानीयको अनुमान छ । प्रत्यक्षदर्शीका अनुसार मृतकको टाउको र पेटको भाग छताछुल्ल अवस्थामा रहेको छ। घटनास्थलमा अहिले प्रहरीले कानुनी प्रक्रियाको कार्य सुरु गरेको जिल्ला प्रहरी
भोजपुर | भोजपुरको अरुण गाउँपालिकामा निर्माण भइरहेको १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ। गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले सुरु गरिएको यो अस्पताल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी र स्थानीय सरकार प्रतिबद्ध देखिएका छन्।गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले निर्माण स्थलको निरीक्षण गरेको छ। अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, योजना अधिकृत शालिग्राम लुइटेल, वडाध्यक्ष कुमार कार्की, प्राविधिकहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। टोलीले अस्पताल निर्माणको प्रगति, प्रयोग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.