मोरङ | मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, र नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा तथा कोचिला मिडिया प्रा.लि. दुहबीको सहजीकरणमा आयोजित यो कार्यक्रममा गाउँपालिकाले प्रवाह गर्दै आएका सेवा, योजना, तथा विभिन्न नीतिहरूको बारेमा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका समस्या तथा सुझावहरू लिने अवसर प्राप्त भएको थियो।ग्रामथान गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममार्फत नागरिकहरूका गुनासाहरू सुन्ने, उनीहरूको माग तथा आवश्यकताहरू बुझ्ने, साथै उपलब्ध सेवा तथा सुविधाहरूबारे जानकारी गराउने उद्देश्य लिएको थियो। कार्यक्
सुनसरी | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारलाई विजयी गराउन विशेष भूमिका खेल्न तरुण दलका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।मंगलबार, अध्यक्ष गुरुङले नेपाल तरुण दलका जिल्ला कार्यसमितिहरू, केन्द्रीय सदस्यहरू तथा अन्य सक्रिय तरुणहरूलाई एक परिपत्र जारी गर्दै स्ववियु निर्वाचनमा नेविसंघको पक्षमा वातावरण निर्माण गर्न, व्यापक रूपमा प्रचारप्रसारमा जुट्न र उम्मेदवारलाई जिताउन प्रत्यक्ष भूमिका खेल्न आह्वान गरेका हुन्।परिपत्रमा उनले तरुण दलका सबै जिल्ला समिति, क्षेत्रीय समिति र सम्बन्धित
इटहरी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले खेलाडीबाट राजनैतिक दलका नेता कार्यकर्ताले अनुशासन सिक्नु आवश्यक रहेको बताउनुभएका छन् । विराट गोल्डकपको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै नेता कोइरालाले राजनीतिमा अनुशासनहीनता बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले दलका नेता तथा कार्यकर्ताले खेलाडीबाट अनुशासन सिक्नुपर्नेमा जोड दिए । नेता कोइरालाले राज्यले खेलकुद क्षेत्रमा गर्दै आएको लगानी बढाउनुपर्नेमा जोड दिए । खेलकुदमा लगानी बढाएर विद्यालयस्तरदेखि नै विभिन्न खेलकुद गर्ने हो भने स्वास्थ्य क्षेत्रमा हुनै आएको खर्च घट्ने उनको दाबी थियो । विराटनगर महानगरपालिकाका म
इटहरी । मिक्लाजुङ गाउँपालिकाले गाउँपालिका क्षेत्रका दुई सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा ३६ सिट क्षमताका दुई थान बस हस्तान्तरण गरिएको हो। स्कुल बस प्राप्त गर्ने विद्यालयहरूमा वडा नं. ३ स्थित कालिका सामुदायिक विद्यालय र वडा नं. ७ स्थित भगवती माध्यमिक विद्यालय रहेका छन् । गाउँपालिका अध्यक्ष बविकुमार राईका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीहरू विद्यालय पुग्न लामो दूरी पार गर्नुपर्ने भएकाले सहज आवागमनका लागि बस प्रदान गरिएको हो । विद्यालयहरूको अनुरोधलाई प्राथमिकता दिँदै बस हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । कालिका सामुदायिक विद्यालयका प्रधानाध्
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिकाको आयोजनामा तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोगमा सोमबार मधुमल्ला अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सञ्चालन भएको शिविरमा ३ सय ४६ जनाले स्वास्थ्य सेवा लिएका थिए भने ६३ जनालाई थप उपचारका लागि नोबेल हस्पिटल, विराटनगर रिफर गरिएको थियो । मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य प्रमुख चिन्तामणि पोखरेलले अधिकांश रिफर गरिएका बिरामीहरू नाक, कान, घाँटी तथा आँखा रोगका बिरामी भएको बताउनुभयो । स्वास्थ्य शिविरमा स्त्रीरोग, जनरल मेडिसिन, नाक–कान–घाँटी, हाडजोर्नी, नसारोग, आँखा जाँच, बालरोग, रेडियोलोजी, क्या
इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीमा देखिएको भाइरल इन्फ्लुएन्जा ‘ए’ रोग भएको पुष्टि भएको छ । मेरिङदेन गाउँपालिकाको वडा ५ थुकिमाका दुई विद्यालयका विद्यार्थीमा देखिएको स्वास्थ्य समस्यापछि त्यहाँका बिरामी विद्यार्थीको स्वाव सङ्कलन गरी परीक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको परीक्षण प्रतिवेदन आएपछि सो रोग पुष्टि भएको हो । स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार १० जनाको स्वाव परीक्षण प्रतिवेदन प्राप्त भएकोमा ७ जनामा भाइरल इन्फ्लुएन्जा ‘ए’ भएको पुष्टि भएको छ । स्वाव सङ्कलन गरिएकोमध्ये परीक्षण गरिएका १० जनामा
इटहरी । ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा एसईईका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ । आउँदो चैत ५ गतेदेखि हुने एसईई परीक्षाका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको हो। जसमा भानु जनमाध्यमिक विद्यालय, सिंवा मावि लिङ्खिम परीक्षा, युवा वर्ष माध्यमिक विद्यालय दोखु, बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिबुङ, जनता माध्यमिक विद्यालय हाङदेवा, मोती माध्यमिक विद्यालय खोक्लीङ, त्रिभुवन माध्यमिक विद्यालय थुकिमा, सिनाम माध्यमिक विद्यालय सिनामलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख युगमणि सवेन्हाङले बताउनुभयो । उहाँका अनुसार थेचम्बु माध्यमिक विद्या
इटहरी । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो । किसानले उत्पादन गरेको अकबरे ९डल्ले० खुर्सानीलाई गुणस्तरीय ढङ्गले भण्डारण तथा विभिन्न परिकार बनाएर आन्तरिक तथा बाह्य बजारमा पठाउने लक्ष्यले कृषि ज्ञान केन्द्रले यहाँ प्रशोधन केन्द्र स्थापनाका लागि पहल थालेको हो । बढी उत्पादन भएको याममा किसानले राम्रो मूल्य पाउन नसकेको गुनासो बढेपछि यहाँ नै खुर्सानीको प्रशोधन तथा भण्डारण गरेर बाह्य बजारमा पठाउने लक्ष
इटहरी । निर्माणाधीन सिद्धिखोला जलविद्युत् आयोजनाका कारण इलामको रोङमा स्थानीयका आधा दर्जन घर जोखिममा परेका छन् । रोङ गाउँपालिका–६ र सूर्योदय नगरपालिका–५ को सिमाना भएर बग्ने सिद्धिखोलामा निर्माणाधीन १० मेघावाट क्षमताको विद्युत् योजनाको पाइप लाइन विस्तारका व्रmममा रोङ–६ का आधा दर्जन घर जोखिममा परेका हुन् । आयोजनाका कारण स्थानीय विव्रmम राई, गणेश राई, मैतसिङ राईको घर पहिरोको जोखिममा परेका छन् । आयोजना निर्माणका कारण यी घरभन्दा तलका घर पहिरोको जोखिममा परेको भन्दै स्थानीयवासी त्रसित बनेको स्थानीय गोविन्द्र पौडेलले जानकारी दिनुभयो । स्थानीय विव्रmम राईले आयोजनाका कारण घर जोखिममा पर्दा आफूहरूको
इटहरी। माझी समुदायले सप्तकोसी नदीमा सामूहिक रूपमा लदी पूजा मनाएका छन्। सीमान्तकृत माझी समुदायले प्रत्येक वर्ष फागुनको तेस्रो मङ्गलबार मनाउने लदी अर्थात् पानीको पूजा सप्तकोसी नदीमा भेला भएका माझी समुदायले सामुहिक रूपमा मनाएका छन् । माझीहरूले जलदेवी, सेतीदेवीको आराधना गरी कोशी नदीमा राँगा, सुँगुर, पाठी, कुखुरा, परेवाको पञ्चवली दिने परम्परा अनुसारै सप्तकोसी नदीको शिशौली घाट किनारमा ढुङ्गाको देउता, बास, सिमली गाडेर डुङ्गा, माछा मार्ने जाल, फुरुंगोलाई पूजा गरेका छन् । सुनसरीको वराहक्षेत्र ७ र २ को सीमानामा रहेको सप्तकोसी नदीको शिशौली घाटमा भेला भएका माझीहरूले लदीमा पञ्चवली दिएर सामुहिक रूपमा कोसीको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.