इटहरी । नेपाल प्रहरीको टोलीले ताप्लेजुङमा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको उद्धार गरेको छ । फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको बिहीबार उद्धार गरिएको हो । घाइते कस्तुरीको इलाका प्रहरी कार्यालय ओलाङ्चुङगोलाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा कस्तुरीको उद्धार गरिएको छ । जङ्गली जनावर मलसाँप्रोको आक्रमणका कारण कस्तुरी घाइते भएको प्रनाउ रावलले जानकारी दिनुभयो । प्रहरीका अनुसार उद्धार गरिएको कस्तुरीलाई उपचारपछि सुरक्षित वासस्था
इटहरी । राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गका वन क्षेत्रका रुख कटानका लागि छपान सुरु भएको छ । राजमार्गको मोरङ खण्डमा २०।९४३ हेक्टर वन क्षेत्रका २ हजार १६३ वटा रुख कटान लागि हाल धमाधम छपान भइरहेको छ । कोशी प्रदेशभित्र पर्ने आयोजनाको निर्माणधीन ९५।८ किलोमिटर लम्बाइको यस सडकको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । सडकको ४६ दशमलव ४९ किमी सडक निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको ३६।३२३ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा पर्ने सात हजार ७१० वटा रुख÷पोल हटाउन योजना कार्यालय र वन तथा भूसंरक्षण विभागबिच २०८१ को माघ २० गते सम्झौता भएपछि रुखमा छपान सुरु भ
इटहरी । पाँचथर जिल्लाका ७ हजार ९ सय १८ जना किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको एचपिभि खोप लगाइएको छ । जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ कार्यालय पाँचथरले जनाएकोे छ । जिल्लाभित्रका विद्यालयमा अध्ययन गर्ने ७ हजार ४ सय १६ र विद्यालय नजाने १ हजार ५ सय ३६ गरी ८ हजार ९ सय ५२ किशोरी रहेकोमा कक्षा ६ र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरु गरी जम्मा १४ सय ६८ जनालाई र कक्षा ७ देखि १० का किशोरीहरु र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ६ हजार ४ सय ५० लाई एचपिभि खोप लगाइएको
इटहरी। एभरेष्ट बैंक लिमिटेडले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शाखा स्थापना गरी सेवा सुरु गरेको छ । बैंकको १३१ औं शाखाका रुपमा फुङ्लिङ शाखा स्थापना गरी शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो । शाखाको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका सदस्य किरणकृष्ण श्रेष्ठलगायतले उद्घाटन गर्नुभएको छ । यस्तै, कार्यक्रममा बैंकका उपप्रशासकीय अधिकृत विजयकुमार शर्मा, फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वा लगायतको उपस्थिति थियो । फुङ्लिङ बजारको कोप्चे जिमीपोखरी टोलमा बैंकका शाखा स्थापना भएसँगै औपचारिक रुपमा बैंकिङ कारोबार सुरु भएको शाखा प्रबन्धक लवकुमार
इटहरी । सुनसरीको कोशी गाउँपालिकामा स्थानीय तहको कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा भएको कर सङ्कलन संयन्त्र र प्रकृतिको बारेमा रहेको अस्पष्टतालाई प्रष्ट पार्ने उद्देश्यका साथ कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद गरिएको हो । सामाजिक परिवर्तन केन्द्र काठमाडौंको आयोजना र कोशी गाउँपालिकाको समन्वयमा स्थानीयवासी, अधिकारकर्मी, राजनीतिकर्मी, वडा अध्यक्षसहित जनप्रतिनिधिहरुको सहभागीतामा कर प्रणालीको विषयमा संवाद कार्यक्रम सम्पन्न भएको जनाएको छ । कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफूहरुले जनमैत्री कर लगाएको बताउनुभयो । उहाँले स्थानीय सरका
संखुवासभा | संखुवासभाको मादी नगरपालिकामा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले यहीँ फागुन २९ देखि चैत्र ३ गतेसम्म मादी नगरपालिकाको कवर्ड हलमा हुने भएको छ । मादी नगरपालिकाको आयोजनामा पृथक पहिचान मादी नगरपालिकाको शान" नाराका साथ आयोजना हुन लागेको हो । यस प्रतियोगितामा Men’s Double, Women’s Double, र Men’s Double Veteran’s Open (Age sum 100+, above 35) विधाहरू समावेश गरिएका छन्। प्रतियोगिता Nepal Badminton Association (NBA) तथा Badminton World Federation (BWF) का नियमअनुसार सञ्चालन हुनेछ। खेलाडी दर्ताका लागि अन्तिम यहीँ फागुन २८ गत
इटहरी। कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाको नियमन क्षेत्रका ५० प्रतिशत सहकारी संस्थाले पनि रजिस्ट्रार कार्यालयमा विवरण बुझाएका छैनन् । रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले कोशी प्रदेशका एक हजार ७७ वटा सहकारी संस्थाको नियमन तथा अनुगमन गर्दै आएको छ । एउटा पालिकाभन्दा बढी कार्यक्षेत्र भएका सहकारी संस्थाको अनुगमन तथा नियमनको जिम्मा रजिस्ट्रार कार्यालयले पाएको छ । प्रदेशका १४ जिल्लामध्ये भोजपुर र सोलुखुम्बुका कुनै पनि सहकारी संस्थाले आर्थिक वर्ष २०८०र८१ विवरण हालसम्म बुझाएका छैनन् । रजिस्ट्रार कार्यालयको तथ्याङ्क अनुसार भोजपुरमा २३ र सोलुखुम्बुमा १४ वटा विभिन्न प्रकृति
इटहरी। पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोही गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सुखबीर नेम्वाङको निधनमा आज शोक मनाउन सार्वजनिक बिदा दिएको हो । क्यान्सर रोगले पीडित नेम्वाङको बुधबार बिहान ४६ वर्षको उमेरमा निधन भएको थियो । गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले शोेक विज्ञप्ति प्रकाशन गर्दै गाउँपालिका, वडा कार्यालयहरु, स्वास्थ्य र शैक्षिक संस्थासँगै बैंक र वित्तीय संस्थाहरुमा शोक बिदा दिने जानकारी सार्वजनिक गर्नु भएको हो । आङदेम्बेद्वारा प्रकाशित शोक विज्ञप्तिमा नेम्वाङ एक होनहार जनप्रतिनिधि, सामाजिक अभियन्ता र खेलाडी रहेको उल्लेख छ । उहाँले पुर्याएको योगदानला
इटहरी। जिल्लाका आठ वटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ बिघा जमिनमा यसवर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेसिनबाट चैते धान रोपाइँ ९प्रविधि प्रदर्शन० गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय पालिकाहरूको सहयोगमा कृषक समूहरुको छनोट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न सुरु गरेको छ । छनोटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपाल
इटहरी | इटहरी वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवलाई यस वर्ष विशेष रूपमा मनाउने तयारी गरेको छ।विद्यालय प्रशासनका अनुसार भोलि शुक्रबार हुने कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न अतिथिहरूको उपस्थिति रहनेछ। विद्यालयका प्रिन्सिपल राजेश बस्नेतले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदै सम्पूर्ण विद्यार्थी, अभिभावक र विद्यालयसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबैलाई उपस्थित हुन अनुरोध गरेका छन्।विद्यालयले पिजी (प्ले ग्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.