समाज

    Showing ७,६७१-७,६८० of ११,२७९ items.
  • १६ वर्षपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरू

    इटहरी। सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग ९छ्याङ्कुटी–दिदिङ० सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडकखण्डको ९२४।५ किलोमिटर० अन्तर्गत चार सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो ।  अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम हालसम्म रु चार करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ खड्काले बताउनुभयो । ख

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ३०१ पटक पढिएको
  • कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

    इटहरी। कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६ देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५०  चरा फेला परेका छन् । गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फ

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • २९३ पटक पढिएको
  • विपन्नका लागि सुरक्षित घर निर्माणमा विदेशी स्वयंसेवीको साथ

    इटहरी । मोरङको कानेपोखरी–१, झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि धमाधम सुरक्षित घर निर्माण भइरहेका छन् । कानेपोखरी गाउँपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालबिचको त्रिपक्षीय साझेदारीमा घर निर्माण भइरहेका छन् । सोमबार बाँसको घर निर्माणसम्बन्धी प्रविधि, सिप र ज्ञान आदानप्रदान गर्न अमेरिकाबाट १६ र जापानबाट १२ गरी जम्मा २८ जना स्वयंसेवी दाता कानेपोखरी गाउँपालिका आइपुगेका छन् । उनीहरू २८ जना नै कानेपोखरी–१, झरनाघुट्टुमा पाँच दिनसम्म बाँसका घर बनाउने सिप प्रदान गर्दै आफू पनि सहभागी हुने छन् । सोमबारदेखि नै उनीहरू समुदायमा पुगेर काम थालेको गाउँप

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ३१७ पटक पढिएको
  • ताप्लेजुङमा सराेकारवालाहरूकाे बैठक : ‘केबलकार चाहिँदैन भन्नेहरू स्थानीय होइनन्, बाहिरबाट राजनीतिकरण हुँदैछ’

    ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।पाथीभरा केबलकार बन्न लागेको स्थल ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबै जनप्रतिनिधिले स्थानीय कोही पनि केबलकारको विपक्षमा नरहेको भन्दै आन्दोलन गर्नेहरूका कारण राजनीतिकरण भएको बताएका छन् । नगरपालिकाका मेयर अमिर मादेन र ७ वटै वडाका वडाध्य

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • १९७ पटक पढिएको
  • अरुण गाउँपालिका प्याउलीले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिकाभित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।समापन समारोहमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले अध्यक्षता तथा  कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।यस प्रतियोगितामा ट्रयाक र फिल्ड प्रतिस्पर्धा प्रमुख आकर्षण बनेका थिए। ट्रयाक तर्फ शारदा मावि, प्याउली र फिल्ड तर्फ कटका माविले विजय हासिल गरे। भलिबल प्रतिस्पर्धामा छात्र र छात्रा दुवैमा कटका मावि विजयी भयो । तर,ट्रयाक प्रतिस्पर्धामा अपेक्षि

    • प्रकाशित मितिः माघ २९, २०८१
    • १,२९२ पटक पढिएको
  • हतुवागढी–५ नं. वडाका विभिन्न विकास योजना सम्पन्न, अनुगमन समिति द्वारा अनुगमन सम्पन्न

    हतुवागढी – भोजपुरको हतुवागढी गाउँपालिका–५ नं. वडाको बजेटबाट सञ्चालित विभिन्न विकास योजनाहरू सम्पन्न भएसँगै अनुगमन कार्य सम्पन्न भएको छ। पालिका अनुगमन समितिका संयोजक एवं उपाध्यक्ष सुनिता राई, योजना प्रमुख (अधिकृत आठौँ) कर्ण लिम्बू, इञ्जिनियर दिब्य राज अधिकारी, अनुगमन समिति सदस्य सजना परियार, वडा प्रतिनिधि निरज यादव लगायतको टोलीले योजनाहरूको अनुगमन गरी रकम निकासा प्रक्रियालाई सहज बनाएको छ।बुद्ध मूर्ति निर्माण तथा संरक्षण ,वडा कार्यालय स्टोर निर्माण, अरुणोदय प्राथमिक विद्यालयको शौचालय मर्मत, सुनखरी सडक सोलिङ, टोङमाखावा भलिबल ग्राउन्डको पर्खाल निर्माण, फूलबारी भवन मर्मत, साकेन्वा सार्वजनिक शौचालय

    • प्रकाशित मितिः माघ २९, २०८१
    • ३६३ पटक पढिएको
  • मोरङमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी

    इटहरी ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ ।मोरङको बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने उक्त कार्यक्रममा समसामयिक चित्रकला, परम्परागत चित्रकला, समकायिक मूर्तिकला, परम्परागत मूर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली, थारू, सन्थाल, राजवंशी, खवास लोककलाहरु, टिपिकल रैथाने कलाहरू प्रदर्शनी हुने जनाएको छ । यस्तै, प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गीकलाको समेत प्रदर्शनी हुने आयोजकले जनाएको छ । प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि प्रादेशिक ललितकला प्रदर्शनी गर्न थालेको हो । गत वर

    • प्रकाशित मितिः माघ २९, २०८१
    • ३३२ पटक पढिएको
  • इटहरीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका पुरुषको ११ दिनपछि मृत्यु

    इटहरी । इटहरीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक पुरुषको ११ दिनपछि मृत्यु भएको छ । माघ १७ गते बिहीबार इटहरी उपमहानगरपालिका वडा नं। १ आँपगाछीस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको कोशी प्रदेश–१–०३–००१ प ३३०७ नम्बरको मोटरसाइकल र सहायक राजमार्गबाट मुख्य राजमार्ग निस्किएर धरानतर्फ जान खोजेको प्र–१–०२–००२ च ४८४१ नम्बरको म्याजिक भ्यान एकापसमा ठक्कर भएको थियो । ठक्करबाट मोटरसाइकल चालक ताप्लेजुङ मिरिङ्दिन गाउँपालिका वडा नं। १ बस्ने ३५ वर्षीय गणेश लिम्बू र पछाडि सवार ३५ वर्षीय मीना लिम्बू घाइते भएका थिए । उनीहरूको विराट नर्सिङ होममा उपचार भइरहेको थियो । घटनामा गम्भीर घाइते भएका मोटरस

    • प्रकाशित मितिः माघ २९, २०८१
    • २६९ पटक पढिएको
  • उर्लाबारी नगरसभाको १३ औं अधिवेशन प्रारम्भ, विभिन्न विधेयक तथा प्रतिवेदन पारित

    उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको नगरसभाको १३ औं अधिवेशनको पहिलो बैठक सोमबार सम्पन्न भएको छ। नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बजेट कार्यान्वयन, कार्यपालिका बैठकबाट गरिएको रकमान्तर अनुमोदन तथा बजेट खण्डीकरणबारे छलफल गरिएको थियो।नगर उपप्रमुख मीना खतिवडा पौडेलले स्वीकृत बजेट शीर्षकबाट रकमान्तर तथा बजेट खण्डीकरणका लागि प्रस्ताव पेश गरेकी थिइन् । कानुन मस्यौदा तर्जुमा समितिका सदस्य गौरीशंकर दाहालले करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विधेयक २०८१ नगरसभामा पेश गरेका थिए।नगर प्रवक्ता एवं वडा नं. ३ का वडाध्य

    • प्रकाशित मितिः माघ २९, २०८१
    • ३६९ पटक पढिएको
  • प्रहरी हिरातमा रहेकालाई छुटाइदिने भन्दै ठगी गर्ने सुनसरीबाट पक्राउ

    इटहरी । प्रहरीको हिरासतमा रहेकालाई छुटाइदिने भन्दै रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा नगरपालिका वडा नं। ६ घर बताउने २२ वर्षीय आकाश भन्ने विनोद दाहाल रहेका छन् ।  लागूऔषध मुद्धाको अनुसन्धानको सिलसिलामा म्याद थप भइ इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका प्रतिवादी हेमन विश्वकर्मालाई हिरासतबाट मुक्त गरीदिने र आफूलाई प्रहरी निरीक्षक भन्दै रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए । प्रतिवादी हेमनकी आमा लीला विश्वकर्माबाट पटकपटक गरी २५ हजार रकम लिएको र थप १५ हजार भएमा छुटाइदिने भन्दै ठगी गरेको प्

    • प्रकाशित मितिः माघ २९, २०८१
    • १७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]