इटहरी । नेपाल सुनचाँदी व्यवसायी संघको आयोजनामा इटहरी उपमहा नगर पालिका अगाडि रक्तदान कार्यक्रम भएको छ । संघले आफ्नो स्थापनाको एघारौँ स्थापना दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष टिकाराम विश्वकर्मा को अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजु विश्वकर्मा हुनुहुन्थ्यो । रक्तदानकार्यक्रममा संघका पदाधिकारी, सदस्य, उद्यमी व्यवसायी, कर्मचारी र स्वतन्त्र ब्यक्तिहरूले समेत ७० जना भन्दा बढी रक्तदाताको सहभागिता रहेको संस्थाका सचिव रमेश बराइली ले बताउनुभयो । कार्यक्रममा पदाधिकारीहरू सहसचिव इन्द्र रसाइली आफ्नो धारणा राख्दै सुनचादी व्यवसायी व्यवसाय मात्र होइन। सामाज
भोजपुर | भोजपुरको अरुण गाउँपालिकामा निर्माण भइरहेको १५ सैयाको अस्पतालले गाउँपालिकाभित्रका बासिन्दाको स्वास्थ्य सेवामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। गाउँपालिकाको प्याउलीमा निर्माणाधीन यो अस्पतालको काम अन्तिम चरणमा पुगेको र २०८१ सालको चैत्र मसान्तसम्ममा पूरा हुने लक्ष्य राखिएको छ।गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले हिजो निर्माणस्थलको निरीक्षण गर्दै अस्पताल निर्माणले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यो अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका बासिन्दालाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो।अस्पताल निर्माणमा झण्डै १५
विराटनगर | विराटनगर भन्सार कार्यालयको आयोजनामा संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति र सरोकारवालाहरूबीच एक विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अर्थ समिति सभापति सन्तोष चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख, मोरङ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र ११ जनाको टोली सहभागी भए।कार्यक्रमको मुख्य उद्देश्य सीमावर्ती क्षेत्रमा भन्सार प्रशासनलाई पारदर्शी र प्रभावकारी बनाउने, आर्थिक सुरक्षाका चुनौतीहरूको समाधान खोज्ने र स्थानीय निकाय तथा सुरक्षा निकायहरूको भूमिकालाई स्पष्ट पार्ने थियो।सभापति सन्तोष चालिसेले नेपालको आर्थिक नीति सुधा
भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले रु. ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उहाँको भनाइ छ । किसानहरुलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताउनुभयो ।मुख्य रुपमा पशुपालनको लागि उपयु
इटहरी । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले सोमबार जिल्लामा रहेका अग्रज तथा सक्रिय पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । इटहरी स्थित प्रिमियर होटलमा सम्पन्न उक्त कार्यक्रम शाखाको नयाँ कार्यसमितिको आयोजनामा शाखाको प्रभावकारिता बढाउने, पत्रकारिता क्षेत्रका वर्तमान चुनौतीहरू पहिचान गर्ने, र आगामी कार्यदिशाबारे मार्गदर्शन लिने रहेको थियो । अन्तरक्रियामा अग्रज पत्रकारहरूले पत्रकारिता पेशाको हालको अवस्थाबारे आफ्ना धारणा राख्दै यसको गुणस्तर सुधार गर्न आवश्यक कदमहरु चाल्न सुझाव प्रस्तुत गरेका थिए । विशेष गरी पछिल्लो समय पत्रकारिता पेशा कमजोर हुँदै गएको, पेशागत विश्वसनीयता घट्दै गए
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको वडा नम्बर ९ मा डिजिटल साक्षरताको प्रवर्धन गर्न आयोजित कम्प्युटर तालिम पुस ०२ गतेबाट सुरु भएर माघ ०९ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा वडाको बजेटबाट १,५०,००० रुपैयाँ खर्च गरिएको थियो, जसमा २५ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए।तालिमको आयोजनाको मुख्य उद्देश्य वडाका नागरिक, कर्मचारी, शिक्षकहरूलाई डिजिटल साक्षरता प्रदान गर्दै आधुनिक प्रविधिको प्रयोग गर्ने सीपमा दक्ष बनाउनु रहेको थियो। तालिमका लागि प्रशिक्षकका रूपमा न्यूक्लियस एकेडेमी भोजपुरका दिपेश राईले नेतृत्व गरेका थिए। तालिमको दौरान सहभागीहरूले कम्प्युटरको आधारभूत प्रयोगदेखि विभिन्न डिज
विराटनगर | कोशी प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशीका प्रमुख सचेतक विदुर कुमार लिङ्थेपले संखुवासभाको तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको डिपो स्थापनाका लागि कोशी प्रदेश सरकारलाई पहल गर्न आग्रह गरेका छन्।आइतबार कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै लिङ्थेपले पूर्वी पहाडी जिल्लाहरूमा हवाई इन्धन डिपोको अभावका कारण यात्रुहरूले अत्यधिक भाडा तिर्नुपर्ने बाध्यता रहेको बताए। उनले तुम्लिङटार विमानस्थलमा डिपो स्थापनाले यात्रुहरूको खर्च कम गर्न र क्षेत्रीय उडानलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने धारणा राखे।उनले भने, "तुम्लिङटार विमानस्थल, मकालु, कञ्चनजंगादेखि सगरमाथासम्म उडान गर्ने हेलिकप्टर र विमानका ल
इटहरी । हिसान इटहरी ८ किलोमिटर रनमा बिदेशी खेलाडी च्याम्पियन बनेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुल्ला तर्फ ८ किलोमिटर रनमा केन्याली धावक जुलियस मौरिकी च्याम्पियन बनेका हुन । निर्धारित दुरी मौरीकीले २४ मिनेट २५ सेकेण्डमा पुरा गरेका थिए । दोस्रो भएका सरोज लिम्बुले २५ मिनेट ३१ सेकेण्डमा निर्धारित दुरी पार गर्दा ओशन राईले २६ मिनेट ५ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भए । महिला तर्फ इन्द्रकला नेम्वाङ प्रथम हुदा जुही राई दोस्रो तथा सकुन्तला राई तेस्रो भए । इन्द्रकलाले निर्धारित दुरी ३१ मिनेट ३ सेकेण्ड, जुहीले ३२ मिनेट ३५ सेकेण्ड र सकुन्तलाले ३३
इटहरी । सुनसरीमा लागु पदार्थ सेवन गरी सवारी चलाउनेलाई प्रहरी प्रशासनले धमाधम पक्राउ गर्न थालेको छ । लागुपदार्थको सेवन गरी सवारी चलाउँदा निम्तन सक्ने दुर्घटना न्यूनिकरण गर्ने उद्देश्य साथ जिल्लामा सवारी चेकिङ उपर कडाई गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन बमोजिम ट्राफिक प्रहरीको उपस्थितिमा जिल्लाभर सवारी चेकजाँचका लागि विशेष टोली परिचालन गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी प्रदेश इटहरीले जनाए अनुसार मातहतका ट्राफिक प्रहरी जनशक्तिलाई परीक्षण किट सहित जिल्लाभर परिचालन गरिएको हो । कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख बिनोद घिमिरेका
इटहरी । धनकुटाको विभिन्न स्थानबाट नियन्त्रण गरीएको करिब १ सय ५० किलोग्राम भन्दा बढी अवैध लागूऔषध गाँजा प्रहरीले नष्ट गरेको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थिती तमोर नदि किनारमा उक्त अवैध लागूऔषध गाँजा नष्ट गरको हो । धनकुटाको साँगुरीगढी गाउँपालिकाको विभिन्न स्थानबाट प्रहरीले गाँजा बरामत गरेको थियो । साँगुरीगढी गाउँपालिका वडा नं.–६ भेडेटार र वडा नं.–९ चादीबजारबाट विक्रिका लागि लौजादै गरेको गाँजा नियन्त्रणमा लिएको उक्त अवैध लागूऔषध गाँजा जलाएर नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्काले बताउनु भयो । उहाँले धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट नियन्त्रणमा लिएको करिब १ सय
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.