काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको बताउनुभयो । उहाँले धरानको खानेपानीको समस्या यही वर्षभित्र समाधान हुने र टेण्डर चाँडै निकाल्ने जानकारी दिनुभयो । जग्गा अधिग्रहणको काम बाँकी रहेकाले उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गरेसँगै छिट्टै टेण्डर आह्वान हुने बताउनुभयो । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालीन योजना तयार गरिने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलबार अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताए। तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भए पनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो। तर, स्थायी रूपमा कटान रोक्न मित्र राष्ट्र भारतसँग सहमति गरेर अघि बढ्ने मन्त्री लेखकले उल्लेख गरे। गृहमन्त्री लेखकले आज बेलका नगरपालिका– ८ को, सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोँच र वडा नं ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरेक
इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिए । जिल्लाका सबै राजनीतिक दलहरू, माननीयहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने पनि इन्द्र केदेमले उल्लेख गरे । केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँद
इटहरी । संखुवासभामा आगलागीपीडित परिवारलाई राहत दिन कोसी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । मंगलबार बसेको कोसी प्रदेशसभा बैठकको शून्य समयमा सांसदले विपद्मा परेका जनताका समस्यामा गम्भीर बन्न भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका सांसद भीम पराजुलीले संखुवासभाको सभापोखरी गाउँपालिका–६, बाह्रबिसेमा भएको आगलागीमा परेका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति नदिएको बताए । आगलागीबाट स्थानीय रामबहदुर राई, अमिृता राई, लालसिंह लिम्बू, सुशील तामाङ र निर्मला कालाखेतीको घर जल्दा दुई करोड रुपैयाँबराबरको क्षति भएको थियो । यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा हरिप्रसाद घिमिरेको मृत्यु
इटहरी। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ का सम्भव राउतले ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड –२०२५’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन्। आगामी अप्रिल ५ देखि १२ सम्म नेपालमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको कार्यक्रम ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड ’मा सोलुका राउतले नेपालको तर्फबाट एकल सहभागीता जनाउने आयोजक संस्था फेसन एराका प्रमुख कार्यकारी अधिकृत आनन्द सिंहले जानकारी दिनुभयो । चार वर्षदेखि ५० वर्ष माथि उमेर समूहका व्यक्तिको सहभागीता रहने कार्यक्रममा किड्स, टिन र एडल्ट गरी ९ समूहमा हुने प्रतिस्पर्धामा क्षेत्रीले १७ देखि १९ वर्षको उमेरभित्र समूह ९इ० मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने ज
इटहरी । खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । केन्द्रले सोमबार र मंगलबार आयोजना गरेको शिविरमा पाँच सय २३ जनाको सामान्य आँखा जाँच गरिएको तेजरत्न आँखा उपचार केन्द्रका प्रमुख क्षितिज बरालले बताए। मेची आँखा अस्पताल झापाको सहयोगमा सञ्चालित शिविरमा सङ्खुवासभा, धनकुटा र भोजपुरका आँखा रोगीले उपचार सेवा लिएका छन् । मेची आँखा अस्पतालका डा पुरुषोत्तम जोशी नेतृत्वको टोलीले शिविरमा आएका बिरामीको उपचार गरेको थियो । वडा वडामा आँखा जाँच गरेर मोतिया बिन्दु लागेका बिरामीको पहिचान गरी उनीहरूलाई निःशुल्क उपचार गरिएको उपचार केन्द्रका प्र
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९टिचिङ हस्पिटल० ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ । गत १२ भदौदेखि आंशिक रूपमा स्थगित गरिएको यो सेवा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । अस्पतालका निमित्त निर्देशक डा। घनश्याम गुरुङका अनुसार स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण सेवा आंशिक रूपमा स्थगित गर्नु परेको थियो । अस्पताल प्रशासनका अनुसार गत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रिया लगायत सेवा पूर्णरूपमा ठप्प थियो । स्थग
इटहरी। ओखलढुङ्गाको लिखु गाउँपालिकाका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ । गाउँपालिका ८ र ९ का किसानले पालेका पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप देखिएको हो । छिमेकी जिल्ला रामेछापबाट खरिद गरेर ल्याईएका भैँसी र गोरु लगायत गरि आधा दर्जन बढी पशुचौपायमा लम्पीको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । लम्पी स्किनसँग मिल्दो जुल्दो रोगको संक्रमण देखिएसँगै महामारीको रुपमा फैलन नदिन किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको गाउँपालिकाको पशुपन्छी विकास शाखाका पशु चिकित्सक डा। रोशन पौडलले बताउनुभयो। प्रभावित क्षेत्रमा पशु प्राविधिकहरु खटाइएको पौडेलको भनाइ छ । आवश्यक रोग पहिचान र
इटहरी। कोसी प्रदेशका पूर्वमुख्यमन्त्री उद्वव थापालाई सरकारले हलुका सवारीसाधन दिन गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ । थापा सत्तासीन दल कांग्रेस संसदीय दलका नेता पनि हुन् । थापालाई हलुका सवारीसाधन, चालक र इन्धन सुविधा उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले सोमबार अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको इजलासले रिटको सुनुवाइ गर्दै सुविधा नदिन आदेश दिएको हो । सरकारको निर्णयविरुद्धअधिवक्ताद्वय कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले गत पुस २१ गते रिट दायर गरेका थि
इटहरी । धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र। १–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक धरान उपमहानगरपालिका–८ बस्ने ४८ वर्षका सन्तवीर श्रेष्ठलाई धरान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.