काठमाण्डौ । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिनुभयो । पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक जना भारतीय नागरिकले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको महानिर्देशक पन्थीले बताउनुभयो । अदालतबाट भएका फैसलाको लगत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर काम भइरहेको उहाँले जानकारी दिनुभयो
काठमाण्डौ । सरकारले संसद्मार्फत विधेयकका रूपमा ल्याउनुपर्ने कानूनहरू अध्यादेशबाट ल्याएको भन्दै प्रतिपक्ष दलहरूले आपत्ति जनाएका छन् । प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह पनि गरेका छन् । सरकारले तत्काल अधिवेशन नबोलाएमा विशेष अधिवेशन माग गर्ने प्रतिपक्ष दलहरूले बताएका छन् । संयुक्त वक्तव्य जारी गर्न आज संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाउनुभयो । नेपाल विद्युत् प्राधिकरणमा राजनीतिक हस्तक्षेप गरेको, भूमिहीन तथा सुकुम्वासील
इटहरी । धनकुटामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको चौबीसे गाउँपालिकाका एक व्यक्तिलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुजन खतिवडा रहेको प्रहरीले जनाएको छ । गत मंसिर २८ गते साँझ करिब ७ बजे ललाइफकाइ नजिकको खेतमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीमा जाहेरीमा उल्लेख छ । किटानी जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुकटाले जनाएको छ । पीडितकी दिदीले प्रहरीमा बिहीबार किटानी जाहेरी दिएकी थिइन् । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
इटहरी । कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका(३ सोम्बुङ डाँडामा सुख्खा पहिरो खसेको छ । शुक्रबार ११ बजे तिर सडकभन्दा माथिबाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन वारपार गर्न सकेको छैन । करिब ३५ मिटर माथिबाट खसेको सुख्खा पहिरोले २० मिटर भन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ । इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोलीले र स्थानीय मिलेर पहिरो हटाउने प्रयास गरिरहेको छ । भोटखोला गाउँपालिकाको केन्द्रबाट पहिरो गएको स्थान करिब ९
इटहरी । पथरी शनिश्चरे–०२ मा रहेको पथरी नगर अस्पतालमा आकस्मिक तथा नियमित दन्त सेवा थप संचालनमा आएको छ । शुक्रबार पथरी नगर अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच उक्त उपचार सेवा शुभारम्भ भएको हो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले दन्त सेवा कक्षको रिबन काटेर उद्घाटन गर्नु भएको थियो । उक्त अस्पतालबाट हाल (वि.सं.२०७८ मंसीर –०१ गतेदेखि) विस्तारित स्वास्थ्य सेवा मार्फत् प्रादेशिक अस्पताल मदन भण्डारी ट्रमा सेन्टरका बिशेषज्ञ चिकित्सकहरुवाट हाडजोर्नी बिशेषज्ञ सेवा, फिजिसियन सेवा, स्त्री तथा प्रसुति रोग, बाल रोग, जेनेरल सर्जरी, छाला तथा यौन रोग, मानसिक तथा नशारोग विशे
इटहरी । पाँचथर फिदिम(१३ का ३० वर्षीय सनम राईलाई २ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले बिहीबार मेचीनगर(६ बाट पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको राईलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी विराटनगर(१५ बाट उदयपुर बेलका(४ का ४० वर्षीय सुरज खडकालाई १ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर सहित लागूऔषध नियन्त्रण व्युरोको प्रहरी टोलीले पक्राउ गरेको छ । यसैबिच भोजपुर आमचोक(१ का २५ वर्षीय दाजुङ शेर्पालाई गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको बेलका(८ अस्थायी प्रहरी पोष्ट कोठुको प्रहरी टोलीले चेकजाँच गर्दा क
इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र मेहता र प्रशासन प्रमुख संजिव खड्कालाई कारबाही गर्न सिफारिस भएको छ । बिहीबार उपमेयर सङ्गिता चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठक पछि कारबाहीको सिफारिस गरिएको हो । कार्यपालिका सदस्य तथा वडा नम्बर(९ का अध्यक्ष जितेन्द्र थापाका अनुसार कार्यालयको हित विपरीत गतिविधि गरेको भन्दै कारबाही सिफारिस गरिएको हो । कार्यपालिका बैठकमा माइन्युट लुकाएको लगायत कारण देखाउँदै कारबाही गर्न लागिएको उनले बताए । मेयर हेमकर्ण पौडेल भारत भ्रमणमा रहेको समयमा उपमेयरले कार्यपालिका बैठक बोलाएकी हुन् । उपमेयरले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा
इटहरी । भोजपुर षडानन्द नपा(५ का हाल काठमाडौँ(६ बौद्ध नयाँ बस्ती बस्ने ३२ वर्षीय सरोज कटुवाल र रामेछाप खादेवी गापा(८ धुलेबेसीका हाल काठमाडौँ(१३ बस्ने १९ वर्षीय कृष्ण कार्कीलाई फेसबुक प्रयोग गरी चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । उनीहरूलाई प्रेम सम्बन्ध रहेको बेला खिचिएको महिलाको फोटो फेसबुक म्यासेञ्जरमा पठाएर चरित्रहत्या गरेको पीडितले उजुरी गरेको आधारमा विद्युतीय ९इलेक्ट्रिक० कारोबार ऐन, २०६३ अन्तर्गत पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सरोज कटुवाललाई पुस २९ गते र कृष्ण कार्कीलाई पुस २८ गते प्र
इटहरी । धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ । बिहिबार बसेको धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो । उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिनुभयो । कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उहाँले बताउनुभयो । धरानका उपमहानगरपालिका क्षेत्रका सडक, पुस्तकालय, सार्वजनिक शौचाल
इटहरी । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीले बर्सेनि कटान गरेको स्थानमा स्थायी तटबन्धन निर्माण सुरू भएको छ । बिहीबारदेखि गाईघाट शिवालय टोलस्थित बरुवा नदी कटान स्थानबाट स्थायी तटबन्धन निर्माण सुरू गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ । उक्त स्थायी तटबन्धनको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले औपचारिक शिलान्यास गरेपछि तटबन्धन निर्माण कार्य सुरू भएको हो । गाईघाटस्थित शिवालय टोलबाट मदन भण्डारी मार्गको बरुवा खोलाको पुलसम्म झन्डै डेढ किलोमिटर लामो तटबन्धन निर्माण औपचारिक रूपमा सुरू भएको छ । सङ्घीय सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक करोड बजेट व्यवस्थापन गरेपछि ६० मिटर लम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.