इटहरी । सुनसरीका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलमा हिउँद यामसँगै वनभोजका लागि आउनेको लर्को लाग्न थालेको छ । अर्ना र चराका लागि प्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्षसहित बर्जु ताल, २२ बिघा, अन्य ताल तलैयालगायतका स्थानमा वनभोज खान आउनेको लर्को लाग्न थालेको हो । पूर्वाधार निर्माणसँगै यातायात सुविधा पुगेपछि वनभोज खान आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय मिथलेश यादवले बताए । कोशीटप्पु वन्यजन्तु आरक्ष र बर्जु तालमा बिदाका दिन पाँच देखि १० समूहसम्म वनभोजका लागि आउने गरेका छन् । यहाँका सबै वनभोज स्थलमा पानीको सुविधा पुर्याइएको छ । मनोरम दृश्य हेर्न सकिने र व्यवस्थितसमेत भएकाले वनभोजका लागि आकर्षक थ
काठमाडौं । अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको हो।आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिमाथि अभद्र व्यवहारको उजुरी परेको थियो। तामाङविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दर्ता गराएको थियो। पशुपति क्षेत्र विकास कोषले कर्मचारीमाथि गालीगलौज र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि तामाङमाथि अनुसन्धान सुरु भएको थियो। उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएर उनलाई
इटहरी। हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्काई पुलको निर्माण १३ वर्षदेखि अलपत्र छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा स्थानीय बासिन्दाले सास्ती व्यहोर्नु परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोसी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुनेथियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गर
इटहरी । सुनसरीको गढी गाउँपालिका र इनरुवा नगरपालिकाको जल्पापुरमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट भएको छ । स्थानीयले न्यानोका लागि बालेको घुरबाट भएको दुवै ठाउँको आगलागीमा पाँच घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार सुनसरीको गढी गाउँपाािलका –२ मुसहरी टोलकी कमली ऋषिदेवको घरमा आगलागी हुदाँ घर जलेको छ । इनरुवा नगरपालिका –१० जाल्पापुरमा यौजुप मियाँको घरबाट सल्केको आगोले थप चार जनाको घर जलेर नष्ट भएको छ । गढीमा भएको आगो प्रहरी चौकी औरावनी, स्थानीयबासी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रण गरिएको थियो । आगलागीबाट बाँसको बेरा, फूसको
इटहरी । किरात यले दोङ किरात संवत् ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुभएको हो । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास पर्ने विभिन्न स्थानीय तहहरुले आ–आफ्नो अनुकूल महोत्सव आयोजना गरेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई भव्यरुपमा सफल बनाउन आसपासका स्थानीय तहहरुमा यामअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना
इटहरी । दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादन कोदो, मकै, गहुँ फापर, भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका परिकार मात्र बिक्री वितरणको लागि खुला गरिएको छ । त्यस्तै बाह्य पेय पदार्थलाई निषेध गरेर स्थानीयस्तरमा पाइने मही, दही, एभोकाडोको जुस, सुन्तलाको जुस मात्र बिक्री वितरण भइरहेको छ । प्रतियोगिता तथा माघी मेलामा पत्रु खाना ९जङफुड० निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानक
इटहरी । इलामको माईबेनीमा बर्सेनि लाग्ने मकरसङ्क्रान्ति मेलाका अवसरमा प्रतियोगितात्मक कृषि प्रदर्शनी भएको छ । माईजोगमाई गाउँपालिका कृषि विकास शाखाको आयोजनामा कृषि बालीलाई प्रवर्धन र बजारीकरण गर्नका लागि आयोजना गरिएको प्रतियोगितात्मक कृषि प्रदर्शनी सम्पन्न भएको हो । प्रतियोगितामा इलाम जिल्लाभरका ७२ जना किसानले छ वटा विधामा उत्पादित कृषि सामग्री प्रतियोगितामा राखेका माईजोगमाई गाउँपालिका कृषि विकास शाखा प्रमुख उषा प्रधानले जानकारी दिनुभयो । प्रदर्शनीमा फलफूल, तरकारी, रैथाने बाली, नगदे बाली, खाद्यान्न बाली र कन्दमूल राखिएको थियो । प्रदर्शनी विभिन्न क्षेत्रबाट आएका पर्यटकले अवलोकन गरेका थिए ।
इटहरी । ताप्लेजुङमा कोदो उत्पादनमा कमी आएको छ । जिल्लाका अधिकांश किसानले कोदो खेती लगाउन छाडेपछि उत्पादनमा कमी आउन थालेको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष कोदो उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा यो वर्ष चार हजार २५६ मेट्रिक टन मात्र कोदो उत्पादन भएको छ । जिल्लामा दुई हजार ९६२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापामगरले जानकारी दिनुभयो । थापामगरका अनुसार गत वर्ष चार हजार २७०।३० मेट्रिक टन कोदो उत्पादन भएको थियो । पछिल्लो समय बसाइँसराइसहित विभिन्न कारणले गाउँबाट जनशक्ति
कहिलेकाहीं दाँत दुख्नु साधारण समस्या हो तर कुनै बेला यसको दुखाइ असह्य हुन्छ । दाँत दुख्दा कतिपय अवस्थामा अनुहार सुन्निने, टाउको दुख्ने लगायत समस्या पनि निम्तिने गर्छ । साधारणतया अत्यधिक तातो, चिसो तथा दाँतमा टाँसिने खानेकुरा खाँदा, दाँत नमाझ्दा, ब्याक्टेरियल संक्रमण हुँदा वा दाँतको जरा कमजोर हुँदा दाँत दुख्ने गर्छ । कहिलेकाहीं दाँत दुख्दा अस्पताल पुगिहाल्ने अवस्था पनि सम्भव नहुन सक्छ । यस्तोमा केही घरेलु उपाय अपनाएर दाँत दुखाइबाट आराम पाउन सकिन्छ ।नुनपानीले कुल्ला गर्नेमुखमा हुने हानिकारक ब्याक्टेरिया हटाउन मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्न सकिन्छ । यसले मौखिक स्वच्छता कायम राख्छ र दाँ
इटहरी / श्री गेंडसिंह महाराज मन्दिर को आयोजनामा बाँतर सरदार जातिको माघे तिला सक्राइत पर्व इटहरी १३ खनारमा बिबिध कार्यक्रम गरि मनाइएको छ ।कार्यक्रममा एक दिने बृहत् कलस यात्रा सथै सास्कृतिक कार्यक्रमहरू आयोजना गरि बाँतर सरदार समुदायले आफ्नो कुल देवता गेंडसिंह बाबाको पूजा गर्दै माघे संक्रान्ति पर्व मनाएका छन् । माघे संत्रान्तिका दिन आफ्नो टोलको सरदारको नेतृत्वमा आफ्नो कुल देवताको नाममा पूजाआजा गरेर यो पर्व मनाउने गरेका छन् । बाँतर जातिका मानिसहरुको इष्टदेवता गेंडसिंह सरदार हुन् । उनी चामत्कारिक देवता रहेको बाँतर समुदायका मानिसहरुको विश्वास छ । पौराणिक कालमै बाँतर समुदायका मानिसहरुले शिकार
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.