इटहरी / श्री गेंडसिंह महाराज मन्दिर को आयोजनामा बाँतर सरदार जातिको माघे तिला सक्राइत पर्व इटहरी १३ खनारमा बिबिध कार्यक्रम गरि मनाइएको छ ।

कार्यक्रममा एक दिने बृहत् कलस यात्रा सथै सास्कृतिक कार्यक्रमहरू आयोजना गरि बाँतर सरदार समुदायले आफ्नो कुल देवता गेंडसिंह बाबाको पूजा गर्दै माघे संक्रान्ति पर्व मनाएका छन् । माघे संत्रान्तिका दिन आफ्नो टोलको सरदारको नेतृत्वमा आफ्नो कुल देवताको नाममा पूजाआजा गरेर यो पर्व मनाउने गरेका छन् । 

IMG_20250114_151523

बाँतर जातिका मानिसहरुको इष्टदेवता गेंडसिंह सरदार हुन् । उनी चामत्कारिक देवता रहेको बाँतर समुदायका मानिसहरुको विश्वास छ । पौराणिक कालमै बाँतर समुदायका मानिसहरुले शिकार खेल्ने क्रममा निलगाईको हत्या गरेपछि उनीहरुले त्यसको पापबाट मुक्ति पाउन गेंडसिंह बाबाको शरणमा पुगेर आराधना गरेको किम्वदन्ती छ।

IMG_20250114_155220

आराधनाका क्रममा सेतो कपडाले छोपेको निलगाईको टाउको गेंडसिंह बाबाकै चमत्कारले माघे संक्रान्तिकै दिने सुँगुरको टाउकोमा परिणत भएपछि उनीहरु गौहत्याको पापबाट मुक्ति भएकोले त्यस यता हरेक बर्ष बाँतर सरदार समुदायले यो पर्व मनाउने गरेको श्री गेणसिंह महाराज मन्दिर इटहरी १३ खनार समिति अध्यक्ष जोखन सरदारले बताउनुभयो । 

Screenshot_2025_0115_182033

बाँतर समुदायले आफ्नो पुर्खाहरु उदयपुर जिल्लाको चौदण्डीगढी र उदयपुरगढी आसपास क्षेत्रमा बसोबास गर्ने झल्लु सरदार र उनीकी पत्नी भोगोदेवी सरदारका छोराका रुपमा जन्मिएका गेंडसिंह सरदार नै भएको विश्वास गर्दछन् ।

यस पर्वका दिन आफ्नो घर परिवारमा सुख शान्तिको कामना गर्ने र गेंडसिंह बाबाको पूजाआजा गरेपछि पकाइएको सुँगुर र खसीको मासुलाई प्रसादको रुपमा बाँड्ने चलन रहेको जनाइएको छ ।

473536269_2845500338963255_5801892560515244346_n

खनारमा श्री गेणसिंह महाराज मन्दिर खनारका अध्यक्ष जोखन सरदारको अध्यक्षता साथै संघिय सांसद तथा पुर्व मन्त्रि भगवती चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रोहित बहादुर कार्की, इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरी, वडाध्यक्ष चन्द्रेश्वर सरदार, भुवन पोखरेल, नेपालि कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ सभापति दिपक ढकाल लगायत जनप्रतिनिधि, समाजसेवी, स्थानीयको उल्लेख उपस्थिति रहेको थियो।

473569649_2845500385629917_3940078825400498803_n