समाज

    Showing ७,९९१-८,००० of ११,२७९ items.
  • शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’

    इटहरी । इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुगेको छ। कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन्। नगरप्रमुख रणबहादुर राईले सूर्योदयमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय रहेका जाकारी दिए। उनका अनुसार सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी छन्। ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रमअन्तर्गत कक्षा ८, ९ र १

    • प्रकाशित मितिः माघ २, २०८१
    • १९२ पटक पढिएको
  • आशिका तामाङ पक्राउ

    काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार, आशिकालाई ‍अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो । कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो । प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः माघ २, २०८१
    • १४७ पटक पढिएको
  • पाँच महिनामा एक हजारभन्दा बढी आगलागीका घटना, १६ जनाको मृत्यु

    काठमाडौँ ।  पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।  नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिनुभयो । उहाँका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ । आगालागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिब रु ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिनुभयो । सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय

    • प्रकाशित मितिः माघ २, २०८१
    • २७० पटक पढिएको
  • एमाले कोसीका पूर्वसांसद पार्टीबाट निलम्बित

    इटहरी  । नेकपा एमाले कोसी प्रदेश कमिटीले प्रदेशसभाका पूर्वसदस्य विमल कार्कीमाथिको कारबाहीको निर्णय अनुमोदन गरेको छ । कार्कीलाई पार्टीबाट ६ महिना निलम्बन गर्न सिफारिस गरिएको थियो । प्रदेश कमिटी बैठकबाट त्यसलाई अनुमोदन गरिएको हो । उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट ०७४ सालमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध सामाजिक सञ्जालमा आफ्नो अभिमत राखेका थिए । त्यसलाई अनुशासनविपरीत कार्य भन्दै निलम्बन गरिएको हो । कार्की एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् । पार्टीको नीतिविपरीत विभिन्न ढंगको क्रियाकलाप गरेकाले उनलाई कारबाही गर

    • प्रकाशित मितिः माघ २, २०८१
    • २६५ पटक पढिएको
  • माघे सङ्क्रान्तिमा मधेसी समुदायको सामूहिक खिचडी पर्व

    इटहरी । माघे सङ्क्रान्तिमा धरानका मधेसी समुदायले सामूहिक खिचडी पर्व मनाएका छन् । नेपाल वैश्य युवा सङ्घले मङ्गलवार खिचडी पर्व आयोजना गरेको थियो । प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले माघे सङ्क्रान्ति विभिन्न समुदायले आ(आफ्नै संस्कृति अनुसार मनाउने पर्व भएको बताए । उनले मधेसी समुदायको खिचडी पर्व पनि मौलिक पर्व भएकोले यसको संरक्षणमा जोड दिए । उक्त अवसरमा काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र गोले, धरान उपमहानगरपालिकाका आर्थिक महाशाखा प्रमुख भत्तिराज शर्मा, अधिकृत वेदराज सापकोटा, कार्यपालिका सदस्य अनुप देवानले शुभकामना प्रकट गरेका थिए । सङ्घका अध्यक्ष विजय साहको सभापतित्वमा भएको कार्यक्रम

    • प्रकाशित मितिः माघ २, २०८१
    • १८८ पटक पढिएको
  • मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय उद्घाटन

    इटहरी। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना गरेको छ । दिक्तेलमा स्थापना गरिएको सङ्ग्रहालयको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ । गत वर्ष दिक्तेलमा मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको थियो । नगरपालिकाले २०८० असोज १७ देखि २० गतेसम्म दिक्तेलमा मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । उक्त कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित १४ देशका ४३ चित्रकारले १०६ थान चित्र तयार पारेका थिए । त्यही चित्रकला कार्यशाला तथा प्रदर्शनीम

    • प्रकाशित मितिः माघ २, २०८१
    • १५६ पटक पढिएको
  • घुम्नैपर्ने एक सय गन्तव्यको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

    इटहरी ।  मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो । मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ ५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले मङ्गलबार उद्घाटन गर्नहुँदै  देशको भाषा, संस्कार, संस्कृतिको विकास गरेर  खुला सांस्कृतिक सङ्ग्रहालयका रूपमा विकास गर्न सकिने बताउनुभयो ।  पर्यटनको मध्यमबाट आगामी दिनमा हजारौँ नागरिकलाई स्वरोजगार बनाउन सकिने उहाँ

    • प्रकाशित मितिः माघ २, २०८१
    • १७६ पटक पढिएको
  • झापामा यात्रुवहाक बस दुर्घटना : ११ जना घाइते

    इटहरी । झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । बुधबार बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । नागरिक यातायातको  यात्रुवाहक बस अनियन्त्रित भई बस सडकबाट तल खसेर पल्टिएको थियो । दुर्घटनामा परि बसमा सवार ११ विराटनगर  ३ का ५४ वर्षीय  गुणा कोइराला, ३४ वर्षीया दिपा निरौला, १७ वर्षीया म्यारी निरौला, ३८ वर्षीया निर्मला निरौला, ५९ वर्षीया शर्मिला कोइराला घाइते हुनुभएको छ । यसैगरी, झापा शिवसताक्षी –८ का

    • प्रकाशित मितिः माघ २, २०८१
    • १८१ पटक पढिएको
  • दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’

    इटहरी ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’अन्तर्गत स्थानीय किसानलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाले सुरु गरेको निकै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नं ६ नेर्पामा रु १२ लाख तथा  वडा नं १४ बुइपामा रु पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किइरहेका छन् । बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उप

    • प्रकाशित मितिः माघ २, २०८१
    • २६२ पटक पढिएको
  • तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु

    इटहरी । इटहरी २० तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका वडा नं.५ का ३१ वर्षीय विजय राई मुकेश रहेका छन् । उनी नेकपा एमाले भोजपुर हतुवागढी वडा नं। ५ का अध्यक्ष हुन् । मंगलबार बेलुका ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं.२० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर सडकको दाँहिने तर्फको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । घटनामा राई गम्भीर घाइते भएका थिए । तरहरा प्रहरी च

    • प्रकाशित मितिः माघ २, २०८१
    • २४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]