समाज

    Showing ८,०३१-८,०४० of ११,२७९ items.
  • कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको गणना सुरु

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको गणना सुरु भएको छ । आरक्ष क्षेत्रको सप्तकोशी नदी क्षेत्रमा ३८ औँ जलपन्छी गणना सुरु भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।  कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पानीमा आश्रित चराको गणना पाँच दिनसम्म गर्ने कार्यक्रम अनुसार सप्तकोशी नदीको चतरा क्षेत्रबाट गणना सुरु गरिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच दिनसम्म आरक्ष क्षेत्रमा रहेको नदी क्षेत्र र तालमा पाइने चराको गणना गरिने छ । चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले प्रत्येक वर्ष

    • प्रकाशित मितिः पुस २८, २०८१
    • २०३ पटक पढिएको
  • कोशी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस

    इटहरी । कोशी प्रदेश सरकारले माघ ७ गतेका लागि प्रदेशसभाको छैठौं अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार महिनापछि माघ ७ गतेबाट अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले प्रदेशसभाको माघ ७ गते सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक आव्हान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रदेशसभाको बजेट अधिवेशन असोज पहिलो साता अन्त्य भएपछि चार महिना संसदीय गतिविधि करिब ठप्पजस्तै रहेको थियो । यद्यपि यसबिचमा प्रदेशसभा अन्तर्गतका समितिहरुको केही बैठक बसेका थिए । आउँदो

    • प्रकाशित मितिः पुस २८, २०८१
    • २५९ पटक पढिएको
  • बाल्मिकी स्कुलमा खेलकुदसहित विविध कार्यक्रम सम्पन्न

    इटहरी । विराटनगर–८ मधुमारास्थित बाल्मिकी सेकेण्डरी बोर्डिङ स्कुलले खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । पाठ्यक्रमको अध्ययनसँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विविध कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । स्कुलले साप्ताहिक कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता, ब्यालेन्स रेस, स्लो साइकल रेस, म्युजिकल चेयर, म्याथ रेसलगायतका प्रतियोगिता गरेको थियो । त्यस्तै विद्यार्थीहरुको बोल्ने कलाको विकासका लागि वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको स्कुलकी प्रधानाध्यापक सावित्री पराजुलीले जानकारी दिनुभयो । विद्यालयले हरेक वर्ष कविता, वादविवाद, वक्तृत्वकला, चित्रकला, खे

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ४१६ पटक पढिएको
  • निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य जाँच

    इटहरी । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना  गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । बूढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बूढीगंगा वार्ड नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् । बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले उद्घाटन गरेको शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सन्जीवकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरबाट इको, फोक्सो, इसिजी र सुगर टेस्टलगायतका स्वास्थ्य उपचारमा सहयोग पु¥याए

    • प्रकाशित मितिः पुस २८, २०८१
    • १५३ पटक पढिएको
  • इटहरीमा कविता सङ्ग्रहको गृह विमोचन

    इटहरी । कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन भएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो । कवि सुरज राना द्धारा लिखित उक्त सङ्ग्रहमा ४५ वटा कविता समावेश छ । कवि सुदीप पाख्रिनले सङ्ग्रह भित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो । त्यसपछि कवि टीका आत्रेयले ‘सपना–जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षकको कविता वाचन गर्नुभयो । कविता सङ्ग्रहमाथि कवि सीमा आभासले चर्चा गर्नुभयो । कविले आफ्नो पहिचान र समुदायको कुरा कविता मार्फत पनि भन्न सकिने र उक्त सङ्ग्रहभित्र विद्रोहको स्वर समेत रहेको उदृत ग

    • प्रकाशित मितिः पुस २८, २०८१
    • १८८ पटक पढिएको
  • नेकपा एमालेलाइ प्रचार विभागले डिजिटल युगको अवधारणा अनुसार गतिविधि बढाउने

    सुनसरी / नेकपा एमाले जिल्ला कमिटी सुनसरी अन्तर्गत प्रचार प्रसार तथा प्रकाशन विभागले जिल्लाका सबै पालिकाका पार्टी अध्यक्ष, सचिव र प्रचार विभाग प्रमुखहरुसँग बैठक बसी अन्तर्कृया सम्पन्न गरेको छ । जिल्ला प्रचार विभाग सचिव विकल पौडेलको अध्यक्षतामा बसेको बैठकमा पालिका कमिटीहरुमा भइरहेका पार्टी प्रचार गतिविधि र भावी कार्ययोजनाबारे बैठकमा प्रतिनिधिहरुले रिपोर्टिङ गरेका थिए । पार्टीको नेतृत्वमा भए गरेका नीति तथा कार्यक्रम, विकास निर्माण र पहलकदमीका बारेमा आम सञ्चार र सामाजिक सन्जालमार्फत व्यापक प्रचार प्रसार गरिनु पर्ने अन्तर्कृयमा साझा धारणा राखिएको थियो । स्थानीय तहका पार्टी कमिटी मातह

    • प्रकाशित मितिः पुस २७, २०८१
    • ४०३ पटक पढिएको
  • सिमरवना बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा गरि नयाँ कार्यसमिति गठन

    इटहरी / सिमरवना बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।इटहरी -५ मा रहेर सञ्चालन हुदै आएको सिमरवना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभा इटहरीको सत्संग भवनमा गरिएको थियोे ।जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहालको प्रमुख आतिथ्यमा संस्थाको खुलासत्र सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै दाहाल सहकारीहरुले खराब ऋणलाई घटाउन विशेष पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रममा अध्यक्ष प्रकाशचन्द्र बस्नेतले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै लेखा समिति संयोजक सालिग्राम काफ्लेले लेखा प्रतिवेदन पेश गर

    • प्रकाशित मितिः पुस २७, २०८१
    • ४२१ पटक पढिएको
  • नेकपा एमाले दुहबी वडा नम्बर ६ को दोस्रो वडा अधिवेशन तथा पार्टी प्रवेश गरि नयाँ कार्यसमिति चयन

    इटहरी | नेकपा एमाले दुहबी नगरपालिका वडा नम्बर ६ को दोस्रो वडा अधिवेशन सम्पन्न भई १ सयभन्दा बढी जनाले पार्टी प्रवेश गरेका छन्। अधिवेशनले नयाँ कार्यसमिति गठन गर्दै पार्टीलाई आगामी गतिविधिमा थप सशक्त बनाउने निर्णय गरिएको छ।नेकपा एमाले दुहबी वडा नम्बर ६ का अध्यक्ष श्यामदेव गोस्वामीको अध्यक्षता तथा पूर्वमन्त्री एवं संघीय सांसद भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १ सयभन्दा बढी व्यक्तिले नेकपा एमालेमा प्रवेश गरे।अधिवेशनले शचितानन्द मिश्रलाई वडा नम्बर ६ को अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। त्यस्तै, उपाध्यक्षमा शोमरथ ठाकुर, सचिवमा राजेश मण्डल, उपसचिवमा रमेश अग्रवाल र सीता शर्मा चयन भ

    • प्रकाशित मितिः पुस २७, २०८१
    • २९० पटक पढिएको
  • साहित्यकार मणि निरौला द्वारा लिखित उपन्यास "गुप्त प्रेम" को विमोचन

    इटहरी | नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै आएका साहित्यकार मणि निरौला द्वारा लिखित उपन्यास "गुप्त प्रेम" को विमोचन गरिएको छ ।जागरण युवा क्लबको आयोजनरित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा पटाक्षेप उपन्यासका प्रख्यात लेखक टीका मिलनले गरे। उनले "गुप्त प्रेम" उपन्यासले समाजको गहिरो संवेदना र व्यक्तिगत सम्बन्धका विविध आयामलाई उजागर गरेको बताउँदै यसले पाठकको मन छुने विश्वास व्यक्त गरे।कार्यक्रमको अध्यक्षता जागरण युवा क्लबका सचिव अर्जुन श्रेष्ठले गरेका थिए। उनले युवा पुस्तालाई साहित्यतर्फ प्रोत्साहित गर्न यस्ता गतिविधिले ठूलो योगदान दिने बताए। प्रमुख वक्ता, लघुकथा संग्रह बा को फोटोका लेखक निरज कोइ

    • प्रकाशित मितिः पुस २७, २०८१
    • ७७१ पटक पढिएको
  • तीनपोखरी कप स् बुल्स ११ र चुलाचुली सेमिफाइनलमा

    इटहरी । मोरङको बुल्स ११ र चुलाचुली झापा खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा शीत्तलपाटी फुटवल क्लबलाई २–१ गेलले हराउँदै बुल्स ११ सेमिफाइनलमा पुगेको हो । बुल्सका तर्फबाट रोशनकुमार माझीले दोस्रो हाफको ७ औं मिनेटमा र ३० औं मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीत्तलपाटीका तर्फबाट पहिलो हाफको ३० औं मिनेटमा विजय भूजेलले गोल गरेका थिए । शनिबारको अर्को खेलमा एड्भान्सको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा बसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए । ३० औं मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी बनाए । दोस्रो हाफको ११ औं मिनेटमा तीर

    • प्रकाशित मितिः पुस २७, २०८१
    • ३१४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]