इटहरी | नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै आएका साहित्यकार मणि निरौला द्वारा लिखित उपन्यास "गुप्त प्रेम" को विमोचन गरिएको छ ।
जागरण युवा क्लबको आयोजनरित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा पटाक्षेप उपन्यासका प्रख्यात लेखक टीका मिलनले गरे। उनले "गुप्त प्रेम" उपन्यासले समाजको गहिरो संवेदना र व्यक्तिगत सम्बन्धका विविध आयामलाई उजागर गरेको बताउँदै यसले पाठकको मन छुने विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता जागरण युवा क्लबका सचिव अर्जुन श्रेष्ठले गरेका थिए। उनले युवा पुस्तालाई साहित्यतर्फ प्रोत्साहित गर्न यस्ता गतिविधिले ठूलो योगदान दिने बताए। प्रमुख वक्ता, लघुकथा संग्रह बा को फोटोका लेखक निरज कोइरालाले उपन्यासको विश्लेषण गर्दै यसले समाजमा लुकेका यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरेको उल्लेख गरे।
विशेष अतिथि साहित्यकार तिलक बिस्टले उपन्यासको कथावस्तु र भावनात्मक सन्देशले पाठकलाई गहिरो सोच दिने बताए। कार्यक्रमका अन्य सहभागीहरू, जसमध्ये लेखक कौशल खड्काले पनि मन्तव्य राखेका थिए,ले "गुप्त प्रेम"लाई नेपाली साहित्यमा एउटा नवीन आयामका रूपमा प्रस्तुत गरेका छन्।
लेखक मणि निरौलाले आफ्नो कृतिबारे धारणा राख्दै उपन्यास लेखनका क्रममा आएका चुनौती र प्रेरणाहरूका बारेमा अनुभव बाँडे। उनले समाजका संवेदनशील र मौन विषयलाई उजागर गर्न उपन्यासले प्रयास गरेको भन्दै पाठकले यसलाई आत्मसात् गर्ने आशा व्यक्त गरे।
कार्यक्रममा स्थानीय साहित्यकार, पत्रकार, र साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विमोचन समारोहको सञ्चालन सुवास खत्रीले अत्यन्त रोचक र आकर्षक शैलीमा गरेका थिए।
समारोहले न केवल "गुप्त प्रेम" उपन्यासलाई पाठकमाझ पुर्याउने काम गर्ने छ । नेपाली साहित्यको प्रगतिमा यस्ता कार्यक्रमले कस्तो भूमिका खेल्न सक्छन् भन्ने कुरा पनि उजागर गर्यो।
कार्यक्रमको सफलताका लागि आयोजक जागरण युवा क्लबले आफ्नो तर्फबाट विशेष प्रयास गरेका थिए, जसले साहित्यप्रेमीहरूलाई एकै ठाँउमा ल्याउन र साहित्यको महत्वलाई अझ प्रोत्साहन दिन मद्दत पुर्यायो।


