इटहरी । हिमाली जिल्ला सोलुखुम्बुमा मङ्गलबार अपराह्नदेखि यस वर्षको पहिलो वर्षा तथा हिमपात भएसँगै सोलुखुम्बु प्रहरीले ‘चालकसँग दुई मिनेट कार्यक्रम’ सुरु गरेको छ । वर्षासहितको हिमपातपछि सडकमा हिउँ तथा पानी जमेर धेरै चिप्लो र हिलाम्मे हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सुरक्षित यात्राका लागि सवारी चालकहरुसँग दुई मिनेट कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । जिल्लामा सवारी साधन भित्रिने तथा बाहिरिने मुख्य नाका पत्तालेलगायतका क्षेत्रमा प्रहरीले सुरक्षित यात्राका लागि सबै चालकहरुलाई रोकेर सम्भावित खतरा र सुरक्षित यात्राबारे द
इटहरी । मोरङको बुढिगंगा गाउँपालिका(४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह(चालकहरुको स्वास्थ्य परिक्षण तथा मापसे जाँच गरीएको छ । पुस २३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको थियो । उक्त कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि अधिकारीले सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक भएको तर सवारी साधनबाट हुने दुर्घटना हाम्
इटहरी । मोरङको पथरीशनिश्चरे १ नं. वडा रहेको पञ्चायत माविको बाल कक्षामा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र शिक्षिका गोमादेवी पौडेल बुढाथोकीले आफ्नो दिवंगत माता–पिताको स्मृतिमा न्यायो कपडा प्रदान गर्नुभएको हो । सोही विद्यालयमा स्थापना गरिएको एक लाख ११ हजार बढी रुपैयाँ बराबरको प्रेमगीता स्मृति अक्षकोषबाट न्यानो कपडा वितरण गरिएको प्रधानाध्यापक अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । उक्त अक्षय कोषबाट प्राप्त ब्याज ११ हजार र प्रधानाध्यापक अर्जुन बुढाथोकी परिवारबाट २४ हजार थप गरी ३५ हजारमा ५० जोर न्यानो कपडा (ट्रयाक सुट) बा
इटहरी । धनकुटाको भेडेटार बजारबाट प्रहरीले १६ केजी गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ । मंगलबार साँगुरीगढी गाउँपालिका ६ स्थित धरानतर्फ जाँदै गरेको को ३३ प ९३०७ को मोटरसाइकलबाट गाँजा बरामद भएको हो । मोटरसाइकल चालक धनकुटाको सहिदभूमि गाउँपालिका ७ का ३९ वर्षीय निकेन्द्र राई र पछाडि बस्ने उनकी श्रीमती ३० की निशालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा खटिएको टोलीले खानतलासीका क्रममा उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको जनाइएको छ।
इटहरी । मोरङको सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव(२०८१’ हुने भएको छ । माघी पर्वको अवसरमा सुन्दरहरैँचा ४ मा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा यहीँ माघ १ गतेदेखि ७ गते सम्म माघी महोत्सव हुने भएको हो । सुन्दरहरैँचा वडा नं ४ दुलारी स्थित हवेली टोलमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको परिसरमा साताव्यापी महोत्सव हुने भएको हो । कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि(सभ्यता पहिचान सहितको संस्कार र सस्कृती भन्ने मूल नाराको साथ महोत्सव गर्न लागिएको मङ्गलवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्ष
इटहरी । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर १० सन्सारी माईस्थान नजिक भारतीय नम्बर प्लेट बीआर ३८ एएल ४६३९ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिना बिलबिजको औषधी सोमबार बरामद भएको थियो। अवैध रुपमा दुईलाख १८ हजार मूल्य बराबरको औषधी लिएर आएका विराटनगर १६ का किसन चौधरी र भारत अररियाका प्रविनकुमार सहानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुले ल्याएको औषधी मोटरसाइकलसहित थप कारवाहीका लागि औषधी व्यवस्था विभागको कार्यालय विराटनर बुझाइएको जानकारी दिइएको छ।
इटहरी । झापाको मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले शर्टमा टाँक लगाउने व्यवसाय सञ्चालन गरी मासिक ७० हजार कमाइ गरिरहनुभएको छ । १० वर्ष मलेसियामा बसेर फर्कनुभएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र नभई स्थानीय बासिन्दालाई रोजगारी पनि दिनुभएको छ । उहाँले तीन वर्षअघि पाँच लाख रुपैयाँको लगानीमा मेचीनगर–१० चाँदनी चोकमा शुरू गर्नुभएको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने शर्ट, कुर्ताहरूको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको खतिवडाले बताउनुभयो । सीप र पूँजी भए मान्छे भोकले नमर्ने तथा आफ्नै
इटहरी । कोसी प्रदेश सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बोधन गर्ने गरी प्रदेश स्वास्थ्य सेवा ऐन ल्याउने अन्तिम तयारी गरेको छ। कोसी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले त्यसको काम थालिसकेको जनाएको छ। प्रदेश स्वास्थ्य सेवा ऐन निर्माण कोलागि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमति दिएपछि स्वास्थ्य मन्त्रालयले त्यस बारेमा प्राविधिक समूह मार्फत काम भइरहेको जनाएको छ। स्वास्थ्य सचिव डा राधिका थपलियाले ऐन निर्माण गर्ने बारेमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति आएकोले अहिले समिति बनाएर काम भइरहेको जानकारी दिइन्। प्राविधिक समूहले १५ दिन भित्र त्यस बारेमा राय सङ्कलनको लागि टो
काठमाडौं । भारतमा एचएमपी भाइरस सङ्क्रमितको सङ्ख्या ८ पुगेको छ । मंगलबार, महाराष्ट्रको नागपुरमा २ सङ्क्रमित फेला परेका छन् । यहाँ १३ वर्षीय बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ । दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो । त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो । यिनीहरूलाई अस्पताल भर्ना चाहिँ गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ । एक दिनअघि कर्नाटक र तमिलनाडुमा २ र २ जना, पश्चिम बंगाल र गुजरातमा १र१ जना गरी ६ जनामा भाइरसको सङ्क्रमण देखिएको थियो । तीमध्ये अधिकांश बालबालिका छन् । केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्पर
इटहरी । खोटाको हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो । प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नगर प्रवक्ता गिरीका अनुसार वडा नं १ बाहुनीडाँडामा एक, वडा नं ४ बडहरेमा एक, वडा नं ५ दुर्छिममा एक, वडा नं ७ महादेवस्थानमा एक, वडा नं ८ धितुङमा एक, वडा नं ९ स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.