समाज

    Showing ८,१०१-८,११० of ११,२७९ items.
  • प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड पोखरी जाने पदमार्ग निर्माण भएपछि आवतजावतमा सहज

    इटहरी । नुम्बुर हिमालको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड पोखरी जाने पदमार्ग निर्माण भएपछि आवतजावतमा सहज हुन थालेको छ । सोलुदुधकण्ड नगरपालिका–१ मा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल दुधकुण्ड पोखरी क्षेत्रमा आवतजावत गर्ने पदमार्गको निर्माण कार्य सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा अघि बढ्दा यात्रा सहज बन्न थालेको छ । दुधकुण्ड पोखरीको व्यवस्थापनमा पछिल्लो समय नगरपालिकाले चासोका साथ पदमार्ग निर्माण गर्न थालेको छ ।  दुधकुण्ड पोखरी क्षेत्रमा सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा पर्यटकीय संरचनाहरू धमाधम निर्माण भइरहेको नग प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । पदमार्ग निर्माणले स्वदेश

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४२१ पटक पढिएको
  • भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

    इटहरी  । भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिनुभयो । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ । मङ्गलबार बिहान ६ बजेर ५० मिनेटमा च

    • प्रकाशित मितिः पुस २३, २०८१
    • २०६ पटक पढिएको
  • मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जना पक्राउ

    इटहरी । मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २२ गते मोरङको पथरीशनिश्चरेनगरपालिका(१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय रोशनबि।कलाई निषेधित औषधी ट्रमाडोल(३४० चक्की र स्पासपेन ३८०चक्की सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरी चौकी तरहरासुनसरीले इटहरी उप(महानगरपालिका(२० का२१ बर्षीय मनिषखड्का र ३२ बर्षीय दिपेनथापामगरलाई ट्रामाडोल र स्पासमो ८०चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ८ का १९ वर्षिय अभिषेकमंग्रान्तीलाई ट्रामाडोल १००क्यासप्सुल, प्रतिबन्धितऔ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • १७९ पटक पढिएको
  • नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

    आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । चाइनाका समाचार माध्यमहरूमा भने ६. ९ म्याग्निच्युडको भूकम्प गएको भनेर आएको छ । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नज

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४६६ पटक पढिएको
  • नेपालमा ठूलो भूकम्पको धक्का, पूरा विवरण

    भूकम्पको धक्का म्याग्निच्युड ५.३ को भूकम्प शिगात्से, तिब्बत (चीन) नजिक ३५ किमि टाढा केन्द्रबिन्दु भएर स्थानीय समय अनुसार बिहान ०६:५० मा गएको छ।प्रभावित देशहरू:चीन,नेपाल, भारत, बंगलादेश, भुटानमुख्य विवरण:केंद्रबिन्दु: शिगात्से, तिब्बत (चीन)म्याग्निच्युड: ५.३, समय: बिहान ०६:५०भूकम्पले हल्का देखि मध्यम धक्का महसुस l

    • प्रकाशित मितिः पुस २३, २०८१
    • २३१ पटक पढिएको
  • घृत कौशिक गोत्र सुतार कार्की कुल पुजा समाज इटहरी सुनसरी द्वारा कुल पूजा भवनको शिलान्यास

    मोरङ | घृत कौशिक गोत्र सुतार कार्की कुल पुजा समाज इटहरी सुनसरी द्वारा कुल पूजा भवनको शिलान्यास गरिएको छ । सोमबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७, ठडिया स्थित ८ सय वर्ग फिट क्षेत्रमा निर्माण गरिने भवनको शिलान्यास संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्कीले गर्नुभएको हो । संस्थापक कार्कीले आफ्ना बुबा आमा देवीप्रसाद र ललिता कार्कीका नाममा उक्त भवन निर्माण गर्ने हुनु भएको छ । शिलान्यास कार्यक्रममा समाजका अध्यक्ष दिपक कार्कीले भवन निर्माणको उद्देश्यबारे जानकारी गराउँदै यसले परम्परागत मूल्य, धार्मिक सम्पदा, र सामुदायिक एकतालाई सुदृढ बनाउने बताउनुभयो । उहाँका अनुसार यो भवन

    • प्रकाशित मितिः पुस २२, २०८१
    • १,२८५ पटक पढिएको
  • अजिटम सेवा केन्द्र सञ्चालन गर्न महानगर र करुणा फाउण्डेसनबीच सम्झौता

    इटहरी । विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ । अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको छ । सेवा केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा र कोशी प्रदेश प्रमुख योगेन्द्र गिरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार फाउण्डेसनले अटिजम सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ । जसअन्तर्गत सेवा

    • प्रकाशित मितिः पुस २२, २०८१
    • २८८ पटक पढिएको
  • भारतको कर्नाटकमा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि

    इटहरी । भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस ९एचएमपीभी० को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये तीन महिनाकी बालिका उपचारपछि घर फर्किएको र आठ महिनाको बालकको बेङ्गलुरुको अस्पतालमा उपचार भइरहेको छ । उपचाररत बालकको अवस्था स्थिर रहेको र उनलाई डाक्टरहरूले निगरानीमा राखेका खबरमा उल्लेख छ । एचएमपीभी सङ्क्रमणलाई लिएर अहिलेसम्म चिन्ता गर्नुपर्ने अवस्था नरहेको तथा केन्द्र सरकारले विशेष निगरानी र जाँचका लागि राज्यहरूलाई कुनै विशेष निर्देशन नदिएको कर्नाटक

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ८६३ पटक पढिएको
  • मोरङको पथरीमा राजमार्ग निर्माणका लागि बनेको प्लान्टबाट निस्केको धुवाँले वातावरणमा असर

    इटहरी । एशियन हाईवे निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ ले वातावरणमा असर पुर्‍याएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धूलो, धूँवा, दूषित पानी, विकार कच्चा पदार्थ र आवाजले समुदायमा असर परेको उनीहरूले बताएका छन् । स्थानीयवासीसँग आठ वर्षका लागि जग्गा भाडामा लिएर निर्माण कम्पनीले प्लान्ट स्थापना गरेर हाईवे निर्माणको काम गरिरहेको छ । आफूहरूसँगको सहकार्यविना र पथरी शनिश्चरे नगरपालिकालाई समेत जानकारी नगराई प्लान्ट स्थापना गरेर निर्माण शुरू गरेको स्थानीयवासीको भनाइ छ । कम्पनीले बस्तीभित्रै प्लान्ट राख्नाले घरभित्र धुलो पस्ने र बारीमा दूषित

    • प्रकाशित मितिः पुस २२, २०८१
    • २२५ पटक पढिएको
  • सोलुखुम्बु प्रशासनको चेतावनी: हेलिकोप्टर उडानमा अवरोध गर्नेलाई कडा कारबाही

    इटहरी । सोलुखुम्बु प्रशासनले अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकोप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ । अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयको चेतावनी छ । हेलिकोप्टर उडानले हुने अत्याधिक ध्वनि प्रदूषणका कारण सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेको जनाउँदै व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ गतेदेखि रोक लगाइएको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत सगरमाथा क्षेत्र भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले मंसिर २२ गते कार्यपालिका बैठकबाट र सगरमाथा राष्ट्रिय निकुञ्ज तथा

    • प्रकाशित मितिः पुस २२, २०८१
    • २३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]