इटहरी । नेपाल राहत शिक्षक समिति ताप्लेजुङले प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको छ । विगत १५ महिना अघि सरकार र राहत शिक्षक समितिबिच भएको सहमति कार्यान्वयनको माग गर्दै शनिबार समितिले प्रतिनिधिसभा सदस्य भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको हो । नेपाल राहत शिक्षक समितिका जिल्ला सह–अध्यक्ष लक्ष्मीप्रसाद चुडाल र सचिव दिलेन्द्र राईद्वारा हस्ताक्षरित ध्यानाकर्षण बुझाउँदै आफ्ना मागहरू पूरा हुनुपर्ने राहत शिक्षकले अडान राखेका छन् । पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाउँदै सरकारसँग भएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐनमा नीतिगत प्रबन्धका लागि परिणाममुखी भूम
भोजपुर | नेपाल तरुण दल अरुण गाउँ कार्यसमितिको आयोजनामा यहीँ २४ देखि २६ गतेसम्म अरुण गाउँपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ।नेपाल तरुण दलका सभापति ललित कुमार राईका अनुसार, फुटबल प्रतियोगितामा पहिलो पुरस्कार रु. ५०,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित दिइनेछ भने दोस्रो पुरस्कार रु. २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क मात्र रु.१ तोकिएको छ, र पुस २२ गते, दिउँसो १ बजे सम्म दर्ता गर्नुपर्नेछ।साथै, पुस २६ गते सांगीतिक साझ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा राष्ट्रिय कलाकारहरू गायक धिरज राई, गा
इटहरी । कोशी प्रदेश खेलकुद विकास बोर्डले धनकुटा जिल्लाको खेलकुद संरचनाको अनुगम तथा निरीक्षण गरेको छ । शुक्रबार धनकुटामा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) नेतृत्वको टोलीले खेलकुद संरचनाहरुको अनुगम तथा निरीक्षण गरेको हो। बस्नेत नेतृत्वको टोलीले धनकुटा टुँडिखेल, हिले कभर्ड हल, व्याडमिन्टन हल लगायतको खेलकुद संरचनाको अनुगम तथा निरीक्षण गरेको हो । बोर्डले बोर्ड मातहतका कार्यालय तथा खेलकुद संरचनाको अभिलेखन गर्ने तयारी गरेकोमा कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको संरचनाको अनुगम तथा निरीक्षण गरिरहेको बोर्डका अधिकृत कालिदास भट्टराईले जानकारी दिनुभयो । यस्तै जिल्ला खेल
इटहरी । मोरङको पथरीशनिश्चरे– ०१ को सुनाखरी माविले विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बार्षिक उत्सव मनाएको छ । बिहीबार उक्त विद्यालयले आफ्नो ३२ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको हो । कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरु सिर्जना राई, चन्द्रकला भण्डारी, युबराज साप्कोटा, अमरसिंह लिम्बू, राजेन्द्र दाहाललाई सम्मान पत्रले सम्मान गरिएको थियो । लामो समयसम्म विद्यालयमा अध्यापन गराई अवकाश भएका शिक्षकहरु ऋद्धि बहादुर काफ्ले , लक्ष्मीदेवि भण्डारी पनि सम्मानित हुनु भएको थियो। सोही अवसरमा उक्त विद्यालयमा कार्यरत शिक्षक पिताम्बर घिमिरे उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुभएका
इटहरी । बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिने भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव हुने भएको हो । महोत्सव आगामी पुस २१ र २२ गते आयोजना हुने बराहक्षेत्र नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा पण्डित योगेश भण्डारीले जानकारी दिए । विवाह महोत्सव अन्तर्गत पुस २१ गते गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिने भएको छ । पुस २२ गते धरणीलाई वराह मन्दिर पुर्याएर १००८ घडा जलद्वारा मङ्गलस्नान गरिने भण्डारीले जानकारी दिए । सोही दिन स्वयंवर, कन्यादान, सिन्दूर नलगायतका पौराणिक वैवाहिक कार्यक्रम आयोजना हुने भएको छ
इटहरी । भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र सुनसरीले मत्स्य व्यवसायी कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी प्रमुख डाक्टर मनोजकुमार मेहताको अध्यक्षता तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा. पशुपति ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ मत्स्य विकास अधिकृत शीतल भट्टराईले प्रशिक्षण गर्नुभएको थियो । सुनसरीका विभिन्न पालिकाबाट मत्स्यपालक कृषकहरूको उपस्थिति भएको कार्यक्रममा कृषकहरुले माछापालन गर्दा भइरहेका समस्या, समाधानका उपाय, र राज्यले दिने सेवा सुविधा लगायतका विष
इटहरी । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको रु ३० लाख र गाउँपालिकाको रु। ४० लाख गरी रु ७० लाख लागतमा मन्दिर र मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको हो । आफ्नो वडाका धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै वडाध्यक्ष रामु थापाले तीनधारे र भुल्के मुहानलाई जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत संरक्षण गरिएको बताउनुभयो । सुक्खा क्षेत्रका प्राकृतिक मुहानहरुको संरक्षणका लागि ‘रिचार्ज’ पोखरीसमेत निर्माण गरिएका उहाँले जानकारी दिनुभय
इटहरी। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आफू नेतृत्वको मन्त्रालयले सय दिन प्राप्त गरेको उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ। मन्त्री हाङ्गामले सहकारी संस्थामा बचतकर्ताले गरेको बचतको सुरक्षाका लागि सहकारीलाई नियमन र व्यवस्थित गर्न सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरी १३ सय सहकारीलाई सूचिकृत गराएको कुरालाई मुख्य प्रगतिको रुपमा उल्लेख गर्नुभएको हो। त्यसैगरी उहाँले प्रदेशका संकटोन्मुख सहकारी संस्थालाई संकटग्रस्त घोषणा गरी बचत सुरक्षित गर्न समस्या समाधान तथा व्यवस्थापन समिति गठन गर्ने समिति गठन गरेको विषयलाई पनि महत्त्वपूर्ण उपलब्धिको रुपमा सार्वजनिक गर्नुभएको छ
भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र सुनसरीले मत्स्य व्यवसायी कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी प्रमुख डाक्टर मनोजकुमार मेहताको अध्यक्षता तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा. पशुपति ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ मत्स्य विकास अधिकृत शीतल भट्टराईले प्रशिक्षण गर्नुभएको थियो। सुनसरीका विभिन्न पालिकाबाट मत्स्यपालक कृषकहरूको उपस्थिति भएको कार्यक्रममा कृषकहरुले माछापालन गर्दा भइरहेका समस्या, समाधानका उपाय, र राज्यले दिने सेवा सुविधा लगायतका विषयमा आफ्ना भनाइ राखेका थिए ।कार्
इटहरी । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ सफल वनाउन पर्यटन व्यवसायीहरु अहिले देखि नै जुट्नु पर्ने सुनसरीको इटहरीमा रहेको तालतलैयामा आयोजित एक कार्यक्रमका अतिथी वक्ताहरुले जोड दिएका छन । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको दोस्रो वार्षिक साधारण सभाका वक्ताहरुले प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल वनाउन पर्यटन व्यवसायसंग जोडिएका नीजि क्षेत्रका व्यवसायीहरु पनि जुट्नु पर्नेमा वताए हुन ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पर्यटन वर्ष २०८२का सहसंयोजक कृष्ण शाहले कोशी सरकारले घोषणा गरेको पर्यटन वर्षको पुर्व सन्ध्यामा पर्यटक आउदा कस्ता सेवा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.