पथरी / बिर्तामाेड झापामा प्रधान कार्यालय रहेकाे सहारा नेपाल साकाेसले मंसिर १४ गते पथरी शनिस्चरे नगरपालिका सभा हलमा कार्यपालिका सदस्य र सराेकारवाला हरु संग बिद्युतीय चुल्हाे प्रबर्द्धन बारे एक दिवसिय कार्यशाला गाेस्ठी सम्पन्न गरेकाे छ । ३१ जनाकाे सहभागिता रहेकाे कार्यक्रममा सहारा नेपालका प्रथम उपाध्यक्ष छबिलाल खतिवडाकाे अध्यक्षता तथा पथरी नगर प्रमुख माेहन प्रसाद तुम्बापाेकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । नगर उप प्रमुख देबिमाया काफ्ले बिसेस अतिथि रहनु भएकाे कार्यक्रममा सहाराका संचालक सदस्य बिन्दु श्रेस्ठ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बन समितिका प्रतिनिधिहरु, रेडक्रसका
इटहरी /सुनसरी। इटहरी उप महानगरपालिका वडा नं ५ मा रहेको नवदुर्गा मन्दिरलाई इटहरी उप महानगरपालिका वडा नं ७ का वडा सदस्य दिपक घिमिरेले आर्थिक सहयोग गरेका छन्। आज बिहान मन्दिर परिसरमा नवदुर्गा मन्दिर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भूपाल भट्टराई, उपाध्यक्ष राजेन्द्र घिमिरे, कोषाध्यक्ष डिल्लीराम गुरागाईँ, सदस्य निश्चल घिमिरे तथा स्थानीय समाजसेवी युवा विनय निरौलाको उपस्थितिमा सहयोग रकम रु १५ हजार ५ सय ५५ हस्तान्तरण गरिएको हो। स्व. पिता बलराम घिमिरे तथा माता मनमाया घिमिरेको स्मृतिमा उनका कान्छा छोरा ले उप्त रकम सहयोग स्वरूप मन्दिर समितिलाई हस्तान्तरण गरेका हुन्। मन्दिर सु
इटहरी । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा आकाशे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ । वर्षात्को पानीलाई ३० हजार लिटरका तीनवटा ट्यांकीमा जम्मा गरिएको छ । उक्त संस्थाको १२ लाख र विद्यालयको एक लाख ९० हजारको लागतमा शुद्धीकरण उपकरण जडान गरिएको हो । उक्त संस्थाले गत आइतबार विद्यालयलाई औपचारिक रूपमा खानेपानी योजना हस्तान्तरण गरेको छ । नगरपालिकाको ११ वटा वडामा वर्षौँदेखि खा
इटहरी । हल्दीबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनका अनुसार, स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ । गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरूप दुई हजार रुपैयाँ प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । पालिकाबाहिर जानुपरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । निःशुल्क प्र
इटहरी । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्य सूचीमा राखेर वर्गीकरण गरेको छ । जिल्ला सुरक्षा समितिले ग्रामथानमा उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएकोमा ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले बताए । विगतका निर्वाचनमा भएका झगडा, विवाद र मत
मोरङ / स्थान विशेषका समस्याहरुको पहिचान गरि तदअनुरुप रणनिति तयार गरेर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले बताउनु भयाे । खुल्ला सिमाका कारण हुने भन्सार छलि, चोरी, अवैध सामान ओसारपसार, लागुऔषध रोक्न तथा नियन्त्रण गर्नका लागि मोरङ प्रहरीले आक्रामक रुपमा काम गरीरहेको मोरङ प्रहरी प्रमुख एसपी चिमरीयाले बताउनु भयो । बकानुन भन्दा बाहीर कोही पनि नभएकाले कानुनको कार्यन्यन गराउन मोरङ प्रहरी सक्रिय पूर्वक लागिरहेको बताउदै चालु आर्थिक वर्षको हालसम्म १ सय ५२ जना फरार प्रतिवादी पक्राउ गरिसकिएको १ सय ५२ जनामध्य
इटहरी | इटहरी वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ६९औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। यस अवसरमा विद्यालयले ७५ जना विद्यार्थीलाई एक लाख ३७ हजार ४२ रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ। बालविकासदेखि कक्षा १२ सम्मका साधारण तथा प्राविधिक विद्यार्थीलाई दाताहरूले स्थापना गरेको अक्षयकोषको ब्याजबाट यो छात्रवृत्ति प्रदान गरिएको हो।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख अतिथि तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोबित जंग कार्कीको अध्यक्षमा कार्यक्रम गरिएको थियोे ।अक्षयकोषको बढ्दो प्रभावविद्यालयले अहिलेसम्म ७५ जना दाताहरूको सहयोगमा २० लाख ८८ हजार ७७१ रुपैयाँ
इटहरी / इटहरी लेडी जेसिजले आफ्नो २३ औं स्थापना दिवस एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रम कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा विगतदेखि संघर्षशील महिलाहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइयो। यस वर्ष, एकल तथा संघर्षशील महिला सरस्वती खुलाल श्रेष्ठलाई नगदसहित सम्मान गरियो। त्यस्तै, पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा योगदान पुर्याएकोमा नेपाल टेलिभिजन इटहरीका प्रमुख बसन्त रुपाखेतीलाई नगदसहित सम्मान गरियो। पहिलो पटक सुरु गरिएको "खेलाडी सम्मान" बाट
विराटनगर : विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा कोशी प्रदेश सरकारले ३० लाख दिने घोषणा गरेको छ ।विराटनगर किङ्सका खेलाडीलाई मङ्गलवार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ ।मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिदैँ खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए ।क्रिकेटबाट अन्तर्राष्ट्रिय रूपमै आफ्नो पहिचान बनाउन सकिने उल्लेख गरे । ‘खेलकुद क्षेत्रमा प्रदेश
मोरङ : मोरङको बूढीगंगामा मोटरसाइकलको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ ।कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा दुर्घटनामा परेर आरती स्ट्रिप्स नामक उद्योगका मजदुरको मृत्यु भएको हो ।उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ४७७४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका दीपक शर्मालाई सोमबार साँझ ठक्कर दिएको थियो ।प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका भारतको बिहान घर भइ मोरङको आरती स्ट्रिप्स नामक उद्योगमा कार्यरत ४५ वर्षीय शर्माको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.