इटहरी/ 'मिसेस पूर्वेली आइकन २०८०'को बिहीवार ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । संविधान दिवसको अवसर पारेर आयोजक संस्था ओपन स्पेसले इटहरीको रोयल रिसोर्टमा यस कार्यक्रमको आयोजना गरेको थियो । जहाँ प्रतियोगिताका ८ जना फाइनलिस्ट प्रतियोगीहरूले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी सुनिता पुरी, रेश्मा लिम्बु, मुना बजगाई, रेनुका श्रेष्ठ, रुबिना श्रेष्ठ, जिसिका सापकोटा, दिपिका भट्टराई, र सुस्मा बिस्टले निर्णायक तथा उपस्थित दर्शकका माझ आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । सो राउण्डमा सुनिता, रेश्मा, रेनुका, दिपिका र सुस्माले विभिन्न भाषाभाषीका पहिरनमा नृत्य प्रस्तुत गरेका थिए भने र
दुहबी । सुनसरीकाे दुहबी नगरपालिकामा दशौं संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बजारमा प्रभात फेरि सहित नगर प्रमुख बाट नेपाल को झन्डातोलन लगायत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा दुहबी नगरका सरोकारवाला संघसस्था, राजनीतिक दल, शिक्षक विद्यार्थी , जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।नेपालमा जनताद्वारा निर्वाचित संविधान सभाबाट निर्माण भई संविधान जारी भएको दिन २०७२ असोज ३ गतेको सम्झना गर्दै प्रत्येक वर्ष असोज ३ गते मनाउँदै आएको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विहीबार यहाँ भव्य कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा दुहबी नगर प्र
सुनसरी / इटहरी खानेपानी उपभोक्ता संस्थाको २० औं परिषद बैठक अर्थात साधारण सभा भएको छ ।एसियाली विकास बैंकको अनुदानमा योजना निर्माण भई इटहरीका स्थानीयलाई खानेपानीको सुविधा दिदै आएको इटहरी खानेपानी उपभोक्ता संस्थाको २० औं साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा १६ जना निवर्तमान सदस्यलाई कदपत्र सहित सम्मान र लेखा सहायक सुमित्रा साह रपम्पअपरेटर सहयोगी धनप्रसाद गिरीलाई नगद १५ हजार ५ सय ५५ (१५५५५) सहित कर्मचारी पुरस्कार गरिएको हो । त्यसैगरी बरिष्ट पम्प अपरेटर इश्वरी प्रसाद अधिकारीलाई सम्मान सहित बिदाई गरिएको थियोे ।इटहरी उप-महानगरपालिकामा २० वटा वडाहरुमध्ये संस्थाले पूर्ण र आंशिक गरी १४ वटा वडाम
सुनसरी / युथ फोर्स कोशी प्रदेश र युथ फोर्स सुनसरीको सयुक्त तरहराको चारकोसे झाडीमा वृहत वृक्षारोपाण गरेको छ ।युथ फोर्स कोशी प्रदेशका अध्यक्ष राजन बानियाको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेश सभा सदस्य तथा कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।जंगली हात्तीदे इटहरी वडा नम्बर २,३ ,१९ र २० मा स्थानीयलाई निकै कष्ट दिइने भएका राई हात्तीलाई जंगलमै रोकी जंगलमा बासस्थान बनाउन संविधान दिवसको अवसर पारी युथ फोर्स कोशी प्रदेश र युथ फोर्स सुनसरीको संयुक्त प्रयासमा "हात्तिको साहाराः अव जंगलमै 'आहारा" भन्ने मुल नाराका साथ तरहराको चारकोसे झाडी
धरान / २०८१ असोज ४ गते धरान मन्टेस्वरी एकेडेमी द्वारा विविध कार्यक्रम गरी जेष्ठ नागरिक दिवस मनाउन लागेको हो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावक बाजे बज्यै (हजुरबुबा हजुरआमा)को त्रिकोणात्मक सम्बन्ध कायम गराउन जेष्ठ नागरिक दिवसलाइ निरन्तरता दिदै आइरहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालले बताउनुभयो। जेष्ठ नागरिक ज्ञानका खानी र बालबालिकालाई कुशल संस्कार दिन हजुरबुबा हजुरआमासँग बालबालिका घुलमिल हुनुपर्ने कुरालाई ध्यानमा राखी नाति नातिनाको प्रतिभा हजुरबुबा हजुरआमालाई देखाई जेष्ठ नागरिकप्रति सम्मान गर्नु यो कार्यक्रमको उद्देश्य रहेको प्रिन्सिपल मैया राई अ
इटहरी । सुनसरी सदरमुकाम इनरुवामा दशौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला समन्वय प्रमुख राजन मेहताको अध्यक्षता तथा कोशी प्रदेश पर्यटन, वन तथा वतावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आथित्यतामा बिहान प्रभातफेरी र महानन्द पार्कमा झण्डोतोलन कार्यक्रम गरिएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, भगवाती मावि हुँदै नगरमा प्रभातफेरी गरी झण्डोतोलनको कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा जनताद्वारा निर्वाचित संविधान सभाबाट निर्माण भई संविधान जारी भएको दिन २०७२ असोज ३ गतेको सम्झना गर्दै प्रत्येक वर्ष असोज ३ गते मनाउँदै आएको सं
इटहरी । धनकुटा नगरपालिका ९ मा रुखको हाँगा भाँचिएर लाग्दा बुधबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय कमल भण्डारी रहेको प्रहरीले जनाएको छ । खानेपानीको पाइप जोड्ने क्रममा अचानक रुखको हाँगा भाँचिएर टाउकोमा लाग्दा भण्डारीको घटनास्थलमै उनको मृत्यु प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौँ । पक्राउ पुर्जीको विरोधमा दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले असोज चार गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ । प्रसाईंलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो । त्यसको विरोधमा महाअभियानले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहीबार राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको हो । महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिकको जीवन रक्षार्थ शान्तिपूर्ण रूपमा चालिएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिब्यक्ति स्वतन्त्रता र प्रेस
रामधुनी / रामधुनीमा प्रथम रामधुनी उपमेयर कप नकआउन फुटबल सुरू भएको छ ।सुनसरीको रामधुनी नगरको खेल विकास प्राथमिक्तामा राख्दै रामधुनी वडा नं. ४ को सिक्दार माझीटोल इक्राही खेलमैदानमा रामधुनी आदर्श संस्था, रामधुनी नगरपालिका वडा नं. ४ द्वारा आयोजित “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ प्रथम रामधुनी उपमेयर कप नकआउन फुटबल सुरू भएको छ । खेलको उद्घाटन रामधुनी नगरपालिकाका उपमेयर तारा थापा र आयोजक रामधुनी आदर्श संस्थाका केशव खड्कालेखेलको उद्घाटन गर्नु भएको हो।फुटबल प्रतियोगितामा ८ समुहले सहभागीता छन् । जसमा रामधुनी आदर्श संस्था, रामधुनी युवा क्लव झुम्का, आरआइ एफसी काठमाण्
इटहरी / इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले आज देखि विद्युतिय नगर बस सेवा सुरु भएको छ। प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा आएका हुन् ।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रिभन काटेर चार वटा बस सञ्चालनमा आएको हो । बसमा स्थानीय जनतालाई बसको सुविधा दिएर आज र भोलि निशुल्क बस सञ्चालन गरिएको छ ।नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क रू. २० तोकिएको छ। असोज १ गते विश्वकर्मा पुजा गरेर आज असोज २ गते बिहान बिहान ७ बजेलेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.