रामधुनी / रामधुनीमा प्रथम रामधुनी उपमेयर कप नकआउन फुटबल सुरू भएको छ ।

सुनसरीको रामधुनी नगरको खेल विकास प्राथमिक्तामा राख्दै रामधुनी वडा नं. ४ को सिक्दार माझीटोल इक्राही खेलमैदानमा रामधुनी आदर्श संस्था, रामधुनी नगरपालिका वडा नं. ४ द्वारा आयोजित “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ 

प्रथम रामधुनी उपमेयर कप नकआउन फुटबल सुरू भएको छ । खेलको उद्घाटन रामधुनी नगरपालिकाका उपमेयर तारा थापा र आयोजक रामधुनी आदर्श संस्थाका केशव खड्कालेखेलको उद्घाटन गर्नु भएको हो।

फुटबल प्रतियोगितामा ८ समुहले सहभागीता छन् । जसमा रामधुनी आदर्श संस्था, रामधुनी युवा क्लव झुम्का, आरआइ एफसी काठमाण्डौँ, वेल्टार एकता युवा क्लव, प्रकाशपुर पि.एफ सी, पञ्चायन एफसी, राजावास युथ क्लव, न्यु स्टार एकाडेमी फुटबल प्रतियोगिता मैदानमा उर्तिदै छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ९१ हजार र दोस्रोहुनेलाई ३१ हजार क्लव तथा समुहलाई मेडल सहित पुरस्कृत गरिने भएको हो ।

पिछडिएको र गरिब क्षेत्र भएकाले खेलकुदलाई अग्रसर पार्न साथै खेलाडीलाई अगाडि बढाउन खेल महत्त्वपूर्ण सहयोग गर्ने आयोजक रामधुनी आदर्श संस्थाका केशव बहादुर खड्काले जानकारी दिनुभयो । खेलकुद खेलेर आफ्नो राष्ट्रिय र नगरपालिका चिनाउन खेलले सहयोग गर्न खेलाडी पोत्साहन सहित खेल आयोजना गरिएको उहाँको भनाइ छ ।

खेलकुद र संस्कार संस्कृतिलाई संरक्षण र खेल क्षेत्रलाई अगाडि बढाइ राख्न उपमेयर कप आयोजना गरिएको रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले बताउनुभयो  ।हिजो देखि सुरू भएको खेल असोज ८ गते सम्म संचालन हुने छ ।