धरान / २०८१ असोज ४ गते धरान मन्टेस्वरी एकेडेमी द्वारा विविध कार्यक्रम गरी जेष्ठ नागरिक दिवस मनाउन लागेको हो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावक बाजे बज्यै (हजुरबुबा हजुरआमा)को त्रिकोणात्मक सम्बन्ध कायम गराउन जेष्ठ नागरिक दिवसलाइ निरन्तरता दिदै आइरहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालले बताउनुभयो।
जेष्ठ नागरिक ज्ञानका खानी र बालबालिकालाई कुशल संस्कार दिन हजुरबुबा हजुरआमासँग बालबालिका घुलमिल हुनुपर्ने कुरालाई ध्यानमा राखी नाति नातिनाको प्रतिभा हजुरबुबा हजुरआमालाई देखाई जेष्ठ नागरिकप्रति सम्मान गर्नु यो कार्यक्रमको उद्देश्य रहेको प्रिन्सिपल मैया राई अग्रवालले बताउनुभयो ।
कार्यक्रममा विधार्थीहरुले गायन, नृत्य, तथा नाटक प्रदर्शन गर्ने र बालबालिकालाई हौसला बढाउन उनीहरूका प्रतिभा विराट टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरी देशैभरि हेर्न सक्ने गरी कार्यक्रमको आयोजना गरिएको प्रबन्ध निर्देशक अग्रवालले बताउनुभयो।
१९ वर्ष देखी ञ्चालनमा ल्याईएको धरान मन्टेश्वरी शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै साथै बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेम रहेको यस मन्टेश्वरीमा दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा पठनपाठन हुँदै आएको छ जसले गर्दा सबैको मन जित्न सकेको प्रिन्सिपल माया राई अग्रवालले बताउनु भयो ।