विराटनगर / नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीले सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरू गरेको छ। महासंघले विराटनगर महानगरपालिका वडा नं १ बाट सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरू गरेको हो । नेपाल फुलवारी वेष्ट थ्री आर पोल्युसन कन्टोर्ल सर्विस प्रा. लि. र विराटनगर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपन कार्यक्रम सुरू गरेको महासंघ विराटनगर कमिटीका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनु भएको हो । ताम्राकरका अनुसार पहिलो चरणको वृक्षारोपण कार्यक्रम वडा नं १ , २ , ३ , ४ ,५ र १९ मा सञ्चालन गरिदै छ ।वृक्षारोपन कार्यक्रममा सहभागी हुँदै
इटहरी : सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आफ्नो २५ औं रजत जयन्ती मनाएको छ। कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले दुग्ध उत्पादन गर्ने किसानहरुको लागि करिव ४ बर्ष अघि पनि सगरमाथा बहुउदेश्य सहकारी मार्फद २० करोड रुपैया सहयोग गरेको कारण कोशी प्रदेशमा अहिलेसम्म दुध होली डे गर्न नपरेको बताए। किसानहरुको पिरमर्का बुझ कोशी प्रदेश सरकारलाई बोलाए घरमै आएर सहयोग गर्ने उनले बताए। किसानहरुलाई जस्तोसुकै सहयोग गर्न प्रदेश सर
विराटनगर / कोशी प्रदेश सरकारले भोलि शुक्रबार आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले आज एक सूचना जारी गर्दै यस निर्णयको जानकारी गराएको हो।यस बिदाका कारण प्रदेशभरका सबै सरकारी कार्यालयहरू, शैक्षिक संस्थाहरू, र अन्य सरकारी निकायहरूमा कामकाज बन्द रहनेछ। आदिवासी दिवसलाई सम्मान गर्दै प्रदेश सरकारले यो निर्णय गरेको हो, जसले प्रदेशका आदिवासी समुदायहरूको सांस्कृतिक, सामाजिक, र आर्थिक योगदानको कदर गर्ने उद्देश्य राखेको छ।यस दिवसलाई आदिवासी समुदायहरूले आफ्नो पहिचान, परम्परा, र अधिकारको सम्मानका रूपमा मनाउँदै आएका छन्। यस अवसरमा विभिन्न कार्यक्रमहरू र गतिविधिहरू आयो
काठमाडौं / नुवाकोटको शिवपुरीमा आज दिउँसो भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार चिनिया पर्यटक जुदाड टाङ, जी लि, जेमिङ सी, यियाद वु र हेलिकप्टर क्याप्टेन अरुण मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा सवार नेपाली क्याप्टेन विदेशी ४ जना पर्यटक सहित ५ जनाको मृत्यु भएको छ।
इटहरी / इटहरीमा नेपाल आदिवासी जनजाति महासंघ इटहरीको ३० औं विश्व आदिवासी दिवस कार्यक्रममा बृहत झाँकी र्याली हुने भएको छ । इटहरीमा यहीँ साउन २५ गते नेपाल आदिवासी जनजाति महासंघ इटहरीको ३० औं विश्व आदिवासी दिवसका अवसरमा संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र संरक्षित क्षेत्र र स्वायत क्षेत्र कार्यन्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर भन्ने मुल नाराका साथ बृहत झाँकी र्याली कार्यक्रम इटहरीको तायारिप्ची भवनमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएको हो । नेपालका आदिवासी जनजातिहरुको मातृभाषा र लोक भाकामा बनेको गीतह
धनकुटा । अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक बुधबार धनकुटामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा कोशी प्रदेशका तीन पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागितामा विभिन्न साझा सवालहरूको बारेमा छलफल भएको छ । धनकुटाको पाख्रिबासमा अवस्थित संसारी सिमसारको संसारी एयरलाइन्समा सम्पन्न बैठकमा धनकुटा सहित संखुवासभा र भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा सबै जिल्लाका साझा सवालहरु जिल्ला स्तरीय शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अवैध हातहतियार त
इटहरी / इटहरीमा चीनबाट चारवटा नगरबस आइपुगेको छ । नगर क्षेत्रभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन इटहरी उपमहानगरपालिकाले खरिद सम्झौता गरेको विद्युतीय नगर बस सोमबार आइपुगेको हो ।नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत इटहरीका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर कार्य अगाडि बढाइएको थियो । इटहरी आइपुगेको नगर बस दसैँ अघिदेखि सञ्चालनमा ल्याइने पोखरेलले बताए ।नगर बसलाई इटहरी क्षेत्रभित्र सञ्चालन गर्नेगरी रुट निर्धारण गरिने र नगर बस सञ्चालनका लागि सडक नबनेका ठाउँमा बनाइने उनको भनाइ छ । अहिले नगर बस रुट निर्धारण र व्यवस्थापनको लागि कार्यविधि अन्तिम चर
इटहरी । नेकपा एमाले मोरङ क्षेत्र न.६ को क्षेत्रीय समन्वय समितिको विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विराटनगरमा क्षेत्रीय समन्वय समितिका संयोजक मकरबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाले साउन मसान्त भित्र मोरङ निर्वाचन क्षेत्र न.६ भित्रका २० वटा वडामा सदस्यता नवीकरण तथा पार्टी प्रशिक्षण गर्ने निर्णय गरेको हो । भेलामा नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा क्षेत्र न.६ का इञ्चार्ज कृष्ण(पर्शुराम) बस्नेतले पार्टीलाई विधि तथा नीतिको माध्यमबाट सञ्चालन गर्ने अभ्यास अनुरूप भेलाको आयोजना गरिएको बताउनु भएको थियो । बस्नेतले वडाबाट पार्टीको कामको थालनी गर्ने, वडाका नेता
इटहरी । नेकपा एमाले मोरङ क्षेत्र न.६ को क्षेत्रीय समन्वय समितिको विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विराटनगरमा क्षेत्रीय समन्वय समितिका संयोजक मकरबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाले साउन मसान्त भित्र मोरङ निर्वाचन क्षेत्र न.६ भित्रका २० वटा वडामा सदस्यता नवीकरण तथा पार्टी प्रशिक्षण गर्ने निर्णय गरेको हो । भेलामा नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा क्षेत्र न.६ का इञ्चार्ज कृष्ण(पर्शुराम) बस्नेतले पार्टीलाई विधि तथा नीतिको माध्यमबाट सञ्चालन गर्ने अभ्यास अनुरूप भेलाको आयोजना गरिएको बताउनु भएको थियो । बस्नेतले वडाबाट पार्टीको कामको थालनी गर्ने, वडाका नेता
बराहक्षेत्र / सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कोशीपुलदेखि वराहक्षेत्र मन्दिरसम्मको सडक खण्ड अन्तर्गत धनसार खोला , सत्र नम्बर लगायतको क्षेत्रमा गत सोमवार रातिदेखि परेको पानिका कारण खसेको पहिरो हटाउने कार्य भएको छ । सडकमा खसेको पहिरोको कारण अवरुद्ब बनेको आवत जावत पनि खुलेको छ । सडकको पहिरो हटाउने कार्यमा सडक नगर प्रमुख रमेश कार्की आफै लागि परेका थिए । साथमा स्थानिय जनप्रतिनिधि कुमार भट्टराई, सडक बिभाग्का कर्मचारी , नगर प्रहरी सक्रिय भएर लागि परेको बराहक्षेत्र नगर प्रमुख सचिवालयको संचिवालयले जानकारी दिएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.