विराटनगर / नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीले सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरू गरेको छ।  महासंघले विराटनगर महानगरपालिका वडा नं १ बाट सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरू गरेको हो । नेपाल फुलवारी वेष्ट थ्री आर पोल्युसन कन्टोर्ल सर्विस प्रा. लि. र विराटनगर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपन कार्यक्रम सुरू गरेको महासंघ विराटनगर कमिटीका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनु भएको हो । ताम्राकरका अनुसार पहिलो चरणको वृक्षारोपण कार्यक्रम वडा नं १ , २ , ३ , ४ ,५ र १९ मा सञ्चालन गरिदै छ ।

Screenshot_2024_0809_072835

वृक्षारोपन कार्यक्रममा सहभागी हुँदै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले विराटनगर महानगरपालिकालाई हरियाली महानगर बनाउने अभियान अन्तर्गत सुरू गरिएको कार्यक्रमका लागि महासंघ विराटनगर कमिटीलाई शुभकामना व्यक्त गर्नु भएको थियो।

Screenshot_2024_0809_072734

बस्नेतले महासंघको ‘ एक कमिटी , एक रचनात्मक गतिविधी ‘ अभियान अन्तर्गत थालिएको वृक्षारोपण कार्यक्रममा खेलक्षेत्रसँगै समाजका अन्य सरोकारवालाको व्यापक सहभागिताले समाजमा सकारात्मक सन्देश जाने धारणा व्यक्त गर्नु भएको थियो ।

FB_IMG_1723167902479

वृक्षारोपण कार्यक्रममा महासंघ केन्द्रीय अध्यक्ष बस्नेतसँगै विराटनगर महानगरपालिका वडा नं १ का अध्यक्ष काजी बहादुर बस्नेत , वडाका निर्वाचित सदस्यहरू , महासंघ स्थायी कमिटी सदस्य रोहित कोइराला , मनोज विक्रम शाह लगायत , विराटनगर महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

अध्यक्ष ताम्राकरले महासंघले वृक्षारोपन कार्यक्रम लगतै वडा स्तरीय फुटबल , खुला टेबलटेनिस प्रतियोगिताको आयोजना गर्ने तयारी गरिरहेको समेत बताउनु भयो ।