इटहरी / इटहरीमा नेपाल आदिवासी जनजाति महासंघ इटहरीको ३० औं विश्व आदिवासी दिवस कार्यक्रममा बृहत झाँकी र्याली हुने भएको छ ।
इटहरीमा यहीँ साउन २५ गते नेपाल आदिवासी जनजाति महासंघ इटहरीको ३० औं विश्व आदिवासी दिवसका अवसरमा संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र संरक्षित क्षेत्र र स्वायत क्षेत्र कार्यन्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर भन्ने मुल नाराका साथ बृहत झाँकी र्याली कार्यक्रम इटहरीको तायारिप्ची भवनमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएको हो ।
नेपालका आदिवासी जनजातिहरुको मातृभाषा र लोक भाकामा बनेको गीतहहरु, साँकृतिक झाकीहरु स्थानिय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृती सहितको प्रदर्सनी विभिन्न जातिय भेषभूषा सहित इटहरीको सगीत चोकमा विहानको १० बजे भेला भई झाँकी र्याली सहित इटहरी चोक परिक्रमा गरी इटहरी वडा नं ६ मा रहेको तायारिप्ची भवनमा बृहत कार्यक्रम हुने भएको हो ।
आदिवासीहरूको भाषा ,धर्म र संस्कृतिलाई जगेर्ना गर्नका निम्ति कार्यक्रम आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ इटहरीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन भुजेलले बताउनुभयो । आदिवासीलाई नेपाल सरकार ,स्थानीय सरकारले संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रत्येक वर्ष झै इटहरी बजार परिक्रमा गरि बृहत झाँकी र्याली सहित कार्यक्रम हुने नेपाल आदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष चिरहाङ्ग राईले बताउनुभयो । इटहरीका २० वटै वडाका आदिवासीहरूको सहभागी हुने उहाँको भनाइ छ ।
गत साल सडकमा कार्यक्रम गर्दा सवारीसाधनलाई आवज जावजमा समस्या हुने भएकाले यस पटक तायारिप्चि भवनमा गर्ने भएको नेपाल आदिवासी जनजाति महासंघ इटहरीका सचिव टार्जन सुनुवारले बताउनुभयो ।
इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो । कार्यक्रमलाई विभिन्न संघ संस्था , इटहरी उपमहानगरपालिका र आयोजकको लगानीमा कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल आइडल सिजन ३ का उपबिजेता किरण भुजेलको पनि उपस्थिती रहने भएको छ ।


