इटहरी : इटहरी उपमहानगरपालिकाको बजेट पास भएपछि एमाले भित्र असन्तुष्टि र आन्तरिक समस्या बढ्दै गएको छ । केन्द्रीय सदस्यहरू जगदीश प्रसाद कुसियैत र तयब हुसैनको सक्रियतामा बजेट जस्ताको त्यस्तै पास गर्ने सहमति भएपछि स्थानीय नेताहरू रुष्ट भएका हुन् ।एमालेले सानो आकारको बजेट ल्याउन माग गरिरहेको बेला केन्द्रीय नेताहरूले जस्ताको त्यस्तै पास गर्न निर्देशन दिएपछि लफडा चुलिएको छ । एमाले भित्र आन्तरिक विवाद बढिरहेको बेला मेयर हेमकर्ण पौडेल भने आफ्नो मुद्दामा सफल भएका छन् ।३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेको इटहरी उपमहानगरपालिकाले ९६ करोड आन्तरिक आय प्रक्षेपण गरेको छ । असार १० गते वडा अध्यक्ष दिवस
विराटनगर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा दिपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । सङ्खुवासभाका खड्का अर्बपति हुन् ।खड्का दम्पतीको नाममा काठमाडौँको बुढानीलकण्ठ र संखुवासभामा घरजग्गा छन् । खड्काको जमिनमात्रै बुढानीलकण्ठ र चन्द्रागिरिमा २१ रोपनी दुई आना छ ।संखुवासभामा उनको ५६ रोपनी जग्गा छ । विभिन्न नौ कम्पनीमा खड्का र उनकी पत्नीका नाममा करोडौँको सेयर रहेको बताइएको छ ।संखुवासभाको धर्मदेवी नगरपालिका–८, निवामा २०२८ असार १५ गते जन्मिएका खड्का ऊर्जा क्षेत्रका लगानीकर्ता समेत हुन् । ०४२ सालमा संखुवासभाकै अमरुवा माध्यमिक विद्यालयमा पहिलोपट
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नो पालिका गान तयार पारेको छ । शनिबार १५ औँ गाउँसभाका अवसरमा पालिकाले पालिका गान सार्वजनिक गरेको हो । गान सार्वजनिक गर्दै पालिका अध्यक्ष किरण राईले पौवादुङमा गाउँपालिकाको पौरख र गौरवलाई उजागर गर्ने गरी पालिका गान तयार पारिएको उल्लेख गरे । उनले साउन १ गतेदेखि पालिकाभित्रका सबै विद्यालय तथा सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा राष्ट्रिय गानपछि पालिका गान बजाइने बताए । उनले भने, “पौवादुङमा गाउँपालिकाले खुल्ला प्रतिष्पर्धाका आधारमा गीत छनोट गरी राष्ट्रिय स्तरमा ख्याति प्राप्त सङ्गीतकार, सङ्गीत संयोजक र गायक-गायिकाको सहभागितामा पालिका गान तयार पार
इटहरी / इटहरी उप-महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो।असार १० गते नगर सभामा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेश गरेका थिए । नेकपा एमालेले औपचारिक रुपमा बिरोध जनाएको उपमहानगरपालिकाको बजेट सोही आकारमा पारित भएको छ । असार १० गते सोमबार राती प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको छ । असार मसान्त (आज)सम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार बहुमत नगर सभा सदस्यको समर्थनमा पास भएको हो । उपमेयर सङ्गिता चौधरी
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रुपमा स्थापित गर्नेगरी काम गर्ने बताएका छन्।आइतबार कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेशलाई खेल क्षेत्रका माध्यमबाट अगाडी बढाउन सरकार लागिरहेको बताए ।प्रदेशमा भइरहेको राजनितिक अस्थिरताका कारण खेल क्षेत्रको विकास सोचेजस्तो हुन नसकेको बताउँदै उनले चाँडै प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै प्रदेशलाई खेलकुदको महत्वपुर्ण गन्तब्यका रुपमा स्थापित गर्ने बताए ।खेल क्षेत्रमा राज्यको उल्लेख्य लगानी नहुँदा सोचेजति उपलब्धी हासिँल गर्
भोजपुर / कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राईले बसाइसराइ नियन्त्रणका लागि कृषिमा लगानी बढाउन आवश्यक रहेको बताएकी छन् ।आइतबार भोजपुरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय उद्घाटन गर्दै राईले सरकारले कृषि क्षेत्रमा थप लगानी गरेर रोजगार सिर्जना गर्न काम गर्नुपर्ने बताइन् ।उनले भनिन्, ‘गाउँमा युवालाई रोजगार दिन, व्यवसाय वृद्धि गर्न, बसाइसराइ नियन्त्रण गर्नका लागि कृषिमा लगानी आवश्यक रहेको छ । यसका लागी प्रदेश सरकार योजना नै बनाएर लागि परिरहेको छ । कृषिमा लगानी गरेर बसाइसराइ रोक्न सरकारले योजना बनाएर काम सुरु गरेको छ ।’यस्तै राईले प्
विराटनगर : नेपाली काँग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा टुंगिएकाे छ। जसअनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेकाे छ।नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला, कृषि र वन मन्त्रालय पाउने भएको छ।त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँक
संखुवासभा / संखुवासभा स्थित मादी बहुमुखी क्याम्पसकको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को आयोजनामा उन्नत जातका एक हजार विरुवा वृक्षारोपण गरिएकोे छ । २११ औं भानु जयन्तिको अवसर पारेर स्ववियु कार्यवाहक सभापति मिहिन पौडेलको अध्यक्षता तथा राष्ट्रिय अनुसन्धान आयोग मादी नगर प्रमुख मनिस बुढाथोकीको प्रमुख आतिथ्यमा १ हजार विरुवा रोपन कार्यको सुरुवात गरिएको हो । स्ववियुले संखुवासभा जिल्ला भरिका क्याम्पस मध्ये पहिलो पटक वृक्षारोपण आयोजना गरेको हो । यसरी बृहत वृक्षारोपण कार्यक्रमले बिद्यार्थीले पढाई सँग मात्र नभैइ वातावरण सँग पनि चिर पचित हुने,
विराटनगर / नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) नेपालकाे प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पाैडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।नेकपा (माओवादी केन्द्र)बाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासकाे मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पाैडेलले साेही दिन नै नयाँ सरकार गठनका लागि संविधानकाे धारा ७७ (२) अनुसार आव्हान गरेका थिए ।ओलीले नेपाली काँग्रेससहितका दलहरुकाे समर्थनमा बहुमत सांसदहरुकाे हस्ताक्षरसहित शुक्रबार राति साढे नाै बजे दाबी पेस गरेका थिए। साेही दाबीअनुसार पाैडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर
भोजपुर / भोजपरको पौवादुङमा गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो चौमासिक अवधिसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो ।सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, गाउँपालिकामा सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गर्नुभयो ।सार्वजनिक सुनुवाईकार्यक्रम मार्फत गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमाको बारेमा जानकारी गर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.