विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रुपमा स्थापित गर्नेगरी काम गर्ने बताएका छन्।

IMG_20240714_102906

आइतबार कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेशलाई खेल क्षेत्रका माध्यमबाट अगाडी बढाउन सरकार लागिरहेको बताए ।

IMG_20240714_110517

प्रदेशमा भइरहेको राजनितिक अस्थिरताका कारण खेल क्षेत्रको विकास सोचेजस्तो हुन नसकेको बताउँदै उनले चाँडै प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै प्रदेशलाई खेलकुदको महत्वपुर्ण गन्तब्यका रुपमा स्थापित गर्ने बताए ।

IMG_20240714_124900

खेल क्षेत्रमा राज्यको उल्लेख्य लगानी नहुँदा सोचेजति उपलब्धी हासिँल गर्न नसकेको उनको भनाइ छ । सरकारको निकाय खेलकुद परिषद्ले खेल क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको भएपनि जुन मात्रामा उपलब्धी हुनुपर्ने हो त्यो हुन नसकेको उनले बताए ।

प्रदेशको संरचना बनेपछि सबै प्रदेशमा खेलकुद विकास बोर्ड, परिषद्हरु बने पनि प्रदेशमा देखिएको राजनीतिक अस्थिरताका कारण ६/६ महिनामा हुने सरकार परिवर्तनले खेल क्षेत्रमा काम हुन नसकेको मुख्यमन्त्री कार्कीले बताए।

IMG_20240714_130800

खेलकुदका लागि कोशी प्रदेशमा अन्तराष्ट्रिय मापदण्डको प्रदेश स्तरीय रंगशाला बनाउने, विराटनगरस्थित बैजनाथपुरमा रहेको क्रिकेट रंगशालालाई प्रदेश मातहतमा ल्याएर निर्माण गर्ने, इनडोर र आउटडोर खेलका संरचनाहरु विराटनगरमा निर्माण गर्नेगरी सरकारले तयारी थालेको उनले बताए ।

कार्यक्रममा भर्खरै सम्पन्न अन्तर प्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी,प्रशिक्षक र व्यवस्थापकहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

IMG_20240714_131026

सोहि अवसरमा खेल क्षेत्रमा कलम चलाउने पत्रकार नविन अर्याल, किशोर बुढाथोकी, भुमिका पाख्रीन, भुमिराज पराजुली, चुमन बस्नेत, पुष्पराज थपलियालाई पनि नगदसहित सम्मान गरिएको छ ।